मुख्य समाचार
२० औं एसियन गेम्स २०२६ अन्तर्गत कुस्तीमा नेपालकी सुशिला चन्द मंगोलियाकी अल्डिजीन टोगटोखसँग पराजित
२० औं एसियन गेम्स २०२६ अन्तर्गत कुस्तीमा नेपालकी सुशिला चन्द मंगोलियाकी अल्डिजीन टोगटोखसँग पराजित

: २० औं एसियन गेम्स २०२६ अन्तर्गत कुस्तीमा नेपालकी सुशिला चन्द मंगोलियाकी अल्डिजीन टोगटोखसँग पराजित भएकी छिन्।

जापानको नागोया सिटी इनाइ स्पोट्र्स सेन्टरमा सुशिला १०–० ले पराजित भएकी हुन्। उनले स्कोर गर्नै सकिनन्।

कुस्तीबाट नेपालका अन्य ४ खेलाडीले खेल्न बाँकी नै रहेको छ। जसमा पुरुष तर्फ सुरेश चुनाराले ७४ केजी तौलमा प्रतिस्पर्धा गर्नेछन्। राज यादवले १२५ केजी, निखिल राज पटेलले ८६ केजीमा प्रतिस्पर्धा गर्नेछन्। महिला तर्फ सिवांगी दुबेले ५७ केजी तौलमा प्रतिस्पर्धा गर्नेछिन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अन्तर्राष्ट्रिय फुटबल महासंघ(फिफा)बाट लगाएको प्रतिबन्ध नहट्दा नेपालले पहिलो पटक साफ च्याम्पियनसिपमा भाग लिन नपाउने भएको छ। बंगलादेशमा हुने तय भएको १५ औं साफ च्याम्पियनसिप नेपालले गुमाउने भएको हो। फिफाले अखिल नेपाल फुटबल संघ(एन्फा)माथि लगाएको निलम्ब फुकुवा नहुँदा नेपालले साफ च्याम्पियनसिप खेल्ने मौका गुमाउने पक्का भएको हो। दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले सेप्टेम्बर ३० सम्म ...
: २० औं जुडोतर्फ नेपालले कमजोर प्रदर्शन गरेको छ । बुधबार आइची अन्तर्राष्ट्रिय एरिनामा भएको खेलमा नेपालका चार खेलाडीले लगातार कमजोर प्रदर्शन गर्दै पहिलो चरणबाटै बाहिरिएका छन् । आइची इन्टरनेसनलमा भएको खेलमा महिला ४८ केजीमूनीको प्रतिस्पर्धामा निशा श्रेष्ठ हङहङकी वोङ कालीसँग इप्पोनको आधारमा पराजित भइन् । महिलाकै ५२ केजीतर्फको महिला प्रतिस्पर्धामा देवकी माया श्रेष्ठ भियतनामकी लाम ...
: पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य (सांसद) सुशील साह कानुले वर्षौंदेखि जीर्णोद्धारको पर्खाइमा रहेको वीरगन्जको नारायणी रंगशाला र टीबी शाह क्रिकेट मैदानका लागि विशेष प्याकेजसहितको बजेट उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै सांसद कानुले वीरगन्जले मुलुकको अर्थतन्त्रमा ठूलो योगदान पु¥याउँदै आएको भए पनि वीरगन्जमै रहेको देशकै ...
। भारतीय टोली एसियन गेम्स पुरुष क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको सेमिफाइनलमा श्रीलंकालाई ४५ रनमै अलआउट गरेर फराकिलो जित निकाल्दै भारतले पाकिस्तानसँगको स्वर्ण भिडन्त पक्का गरेको हो । भारतले दिएको १७० रनको लक्ष्य पछ्याएको श्रीलंका ९.५ ओभरमा ४५ रनमै अलआउट भएको हो । नुवानिदु फर्नान्डोले सर्वाधिक १५ रन बनाए । अन्यले दोहोरो अंकमा रन ...
। नेपाली क्रिकेट टोलीका बाँयाहाते स्पीनर ललित राजवंशी आईसीसी टी-२०आई बलिङ वरियतामा ३८ स्थान फड्को मारेका छन् । आईसीसीले बुधबार अध्यावधि गरेको नयाँ वरीयताअनुसार ललित ३८ स्थान माथि उक्लिएका हुन् । उनी ८०औं स्थानमा पुगेका छन् । उनको रेटिङ अंक ४६८ छ । जापानमा भएको एसियन गेम्समा दुई खेल मात्र खेलेको नेपालले एक खेलमा मात्र बलिङ गरेको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम