: धनुषामा विद्युत् मर्मतका लागि पोलमा चढेका एक युवकको करेन्ट लागेर मृत्यु भएको छ । क्षिरेश्वरनाथ नगरपालिका–९ औराहा टोलका ३२ वर्षीय श्रवण साहको बिहीबार बिहान करेन्ट लागेर मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
छिमेकीको घरमा विद्युत् नआएपछि मर्मत गरिदिन आग्रह गरेपछि साह पोलमा चढेका थिए । मर्मत गर्ने क्रममा अचानक करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक खनालले बताए ।
मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको प्रहरीले जनाएको छ ।