मुख्य समाचार
प्रतिबन्ध नहट्दा नेपालले पहिलो पटक साफ च्याम्पियनसिपमा भाग लिन नपाउने
प्रतिबन्ध नहट्दा नेपालले पहिलो पटक साफ च्याम्पियनसिपमा भाग लिन नपाउने

: अन्तर्राष्ट्रिय फुटबल महासंघ(फिफा)बाट लगाएको प्रतिबन्ध नहट्दा नेपालले पहिलो पटक साफ च्याम्पियनसिपमा भाग लिन नपाउने भएको छ।

बंगलादेशमा हुने तय भएको १५ औं साफ च्याम्पियनसिप नेपालले गुमाउने भएको हो। फिफाले अखिल नेपाल फुटबल संघ(एन्फा)माथि लगाएको निलम्ब फुकुवा नहुँदा नेपालले साफ च्याम्पियनसिप खेल्ने मौका गुमाउने पक्का भएको हो।

दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले सेप्टेम्बर ३० सम्म निलम्बन फुकुवा भए नेपाललाई प्रतियोगितामा सहभागी गराउने जनाएको थियो । तर, उक्त समयसीमाभित्र निलम्बन फुकुवा नभएपछि नेपालले प्रतियोगिता खेल्न नपाउने पक्का भएको हो।

फिफाले तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै गत असार ११ गते एन्फालाई निलम्बन गरेको थियो । निलम्बनकै कारण नेपालले साफ च्याम्पियनसिपमा सहभागिता जनाउने वा नजनाउने विषय अनिश्चित बनेको थियो ।

गत अगस्ट १ मा भुटानको थिम्पुमा भएको समूह विभाजनमा नेपाललाई आयोजक बंगलादेश, श्रीलंका र भुटानसँगै समूह ‘ए’मा राखिएको थियो । साफले उक्त ‘ड्र’ सार्वजनिक हुँदा नेपालले खेल्न पाउने कि नपाउने भन्ने सर्तको बारेमा स्पष्ट जानकारी दिएको थियो। दुई महिनापछि पनि निलम्बन कायमै रहँदा नेपालले पहिलो पटक प्रतियोगिता गुमाउने भएको हो ।

सन् १९९३ मा सुरु भएको दक्षिण एसियाको फुटबल महोत्सवका यसअघिका सबै संस्करणमा नेपाल सहभागी हुँदै आएको थियो । साफ च्याम्पियनसिपको १५औं संस्करण नोभेम्बर ९ देखि १७ सम्म बंगलादेशको ढाकामा हुँदैछ । समूह ‘बी’मा साविक विजेता भारत, माल्दिभ्स र पाकिस्तान छन् । सिंगल राउन्ड रोविन लिगपछि दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अर्जेन्टिनाका कप्तान तथा विश्व फुटबलका महान् खेलाडी लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका छन् । अन्तिम अन्तर्राष्ट्रिय खेलमा मेसीले एक गोल र दुई असिस्ट गर्दै अर्जेन्टिनालाई बेनिनमाथि ३–० को सहज जित दिलाएपछि उनको भावुक बिदाइ गरिएको छ । ब्युनस आयर्सस्थित मोनुमेन्टल स्टेडियममा ८५ हजारभन्दा बढी दर्शकबीच ३९ वर्षीय मेसीले आफ्नो २१ वर्ष लामो अन्तर्राष्ट्रिय करियरको अन्तिम ...
: १० औं राष्ट्रिय खेलकुदको लागि सुर्खेतको विरेन्द्रनगरमा सचिवालय स्थापना गरिएको छ। १० औं राष्ट्रिय खेलकुदको आयोजनाको लागि हाल राखेप सदस्य सचिव रामचरित्र मेहेताको टोलीले विरेन्द्रनगरको रंगशाला परिसरमा सचिवालय स्थापना गरेको हो। कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले सचिवालयको उद्घाटन गरे। सचिवालय स्थापनाका क्रममा कर्णाली प्रदेशका माननीय सामाजिक विकास मन्त्री जितबहादुर मल्ल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव ...
। सर्बियन स्टार नोभाक जोकोभिच चाइना ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । सोमबार भएको सेमिफाइनलमा रुसका डानिल मेडभेडेभलाई २-० को सेटमा पराजित गर्दै ३९ वर्षीय जोकोभिच उपाधिको नजिक पुगेका हुन् । जोकोभिचले पहिलो सेट ७-५ ले जितेका थिए । दोस्रो सेट ५-३ मा चलिरहँदा उनले म्याचका लागि सर्भ गर्दै थिए र १५-१५ को स्कोर थियो । सोही ...
: आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा हुने श्रृंखलाको लागि नेपाली टोलीको बिदाई गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार टोलीको बिदाइ गरेको हो। क्यान अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का लगायतले टोलीलाई शुभकामना दिँदै बिदाइ गरे। नेपाल, ओमान र क्यानडाबीचको शृङ्खला अक्टोबर ९ देखि १९ सम्म ओमानमा हुनेछ। बिदाई कार्यक्रममा बोल्दै क्यानका ...
: वर्षौंदेखि मिति तोकिने र सर्ने क्रमले अन्योलमा परेको १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता अब भने कर्णालीमा हुने सुनिश्चितता भएको छ। आइतबार कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रहेको प्रदेश रंगशालामा भएको १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मुल आयोजक समितिको बैठकले कर्णालीमा खेलकुदको महाकुम्भ हुने कुराको सुनिश्चितता गरेको हो। कर्णालीको राजधानीमा संघीय सरकारका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, कर्णाली ...