मुख्य समाचार
आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा हुने ओमान, क्यानडा र नेपालबीच हुने शृङ्खलाका लागि नेपालको टोली घोषणा
आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा हुने ओमान, क्यानडा र नेपालबीच हुने शृङ्खलाका लागि नेपालको टोली घोषणा

। ओमानमा हुने आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा हुने ओमान, क्यानडा र नेपालबीच हुने शृङ्खलाका लागि नेपालको टोली घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै नेपाली टोलीको घोषणा गरेको हो ।

यसअघि एसीसी प्रिमियर कपमा खेलेको टोलीबाट एक परिवर्तन गरिएको छ भने एक खेलाडी थपिएका छन् । पेस बलर हेमन्त धामीको स्थानमा नन्दन यादव आएका छन् । बाँयाहाते स्पीनर शाहब आलम पनि टिममा आएका छन् ।

ओपनिङ ब्याटर कुशल भुर्तेल र पेस बलर सोमपाल कामी यो शृङ्खलाका लागि पनि टिममा परेनन् । ओपनर अर्जुन कुमाल र आसिफ शेखले टिममा निरन्तरता पाएका छन् ।

लिग २ को यो शृङ्खला अक्टोबर ७ (असोज २१) देखि ओमानमा सुरु हुनेछ । शृङ्खलाका लागि क्यानडाको पनि टोली घोषणा भइसकेको छ ।

नेपालको टोली : सन्दीप लामिछाने (कप्तान), दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आसिफ शेख, अर्जुन कुमाल, इशान पान्डे, देव खनाल, सन्दीप जोरा, बसिर अहमद, गुल्शन झा, करण केसी, नन्दन यादव, ललित राजवंशी, शाहब आलम, शेर मल्ल

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आईसीसी पुरुष एकदिवसीय विश्वकप २०२७ को अन्तिम छनोटका लागि हुने १० टोली सम्मिलित क्वालिफायर दक्षिण अफ्रिका र नामिबियाले संयुक्त रूपमा आयोजना गर्ने भएका छन् । प्रतियोगिता फेब्रुअरी २६ देखि मार्च २१ सम्म सञ्चालन हुनेछ । विश्वकपको मुख्य प्रतियोगिताका लागि दक्षिण अफ्रिका र जिम्बाबेसहित आईसीसी एकदिवसीय वरीयताका शीर्ष आठ टोली स्वतः छनोट भइसकेका छन् । भारत, ...
। पोखरा भ्रमणमा आएको भुटान पुरुष क्रिकेट टोलीले चारवटै अभ्यास खेलमा पराजित भएको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा शुक्रबार भएको आफ्नो चौथो अभ्यास खेलमा भुटान क्यान–११ सँग १०४ रनले पराजित भयो । योसँगै भुटान सबै अभ्यास खेलमा पराजित हुन पुग्यो । क्यान–११ ले दिएको १७७ रनको लक्ष्य पछ्याएको भुटानले १७ ओभर ३ बलमा ७२ रनमा ...
: अन्तर्राष्ट्रिय फुटबल महासंघ(फिफा)बाट लगाएको प्रतिबन्ध नहट्दा नेपालले पहिलो पटक साफ च्याम्पियनसिपमा भाग लिन नपाउने भएको छ। बंगलादेशमा हुने तय भएको १५ औं साफ च्याम्पियनसिप नेपालले गुमाउने भएको हो। फिफाले अखिल नेपाल फुटबल संघ(एन्फा)माथि लगाएको निलम्ब फुकुवा नहुँदा नेपालले साफ च्याम्पियनसिप खेल्ने मौका गुमाउने पक्का भएको हो। दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले सेप्टेम्बर ३० सम्म ...
: २० औं एसियन गेम्स २०२६ अन्तर्गत कुस्तीमा नेपालकी सुशिला चन्द मंगोलियाकी अल्डिजीन टोगटोखसँग पराजित भएकी छिन्। जापानको नागोया सिटी इनाइ स्पोट्र्स सेन्टरमा सुशिला १०–० ले पराजित भएकी हुन्। उनले स्कोर गर्नै सकिनन्। कुस्तीबाट नेपालका अन्य ४ खेलाडीले खेल्न बाँकी नै रहेको छ। जसमा पुरुष तर्फ सुरेश चुनाराले ७४ केजी तौलमा प्रतिस्पर्धा गर्नेछन्। राज ...
: २० औं जुडोतर्फ नेपालले कमजोर प्रदर्शन गरेको छ । बुधबार आइची अन्तर्राष्ट्रिय एरिनामा भएको खेलमा नेपालका चार खेलाडीले लगातार कमजोर प्रदर्शन गर्दै पहिलो चरणबाटै बाहिरिएका छन् । आइची इन्टरनेसनलमा भएको खेलमा महिला ४८ केजीमूनीको प्रतिस्पर्धामा निशा श्रेष्ठ हङहङकी वोङ कालीसँग इप्पोनको आधारमा पराजित भइन् । महिलाकै ५२ केजीतर्फको महिला प्रतिस्पर्धामा देवकी माया श्रेष्ठ भियतनामकी लाम ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम