मुख्य समाचार
रुसले युरोपको कुनै पनि देशमाथि आक्रमण गर्ने योजना नबनाइरहेको
रुसले युरोपको कुनै पनि देशमाथि आक्रमण गर्ने योजना नबनाइरहेको

। रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युरोपको कुनै पनि देशमाथि आक्रमण गर्ने योजना नबनाइरहेको स्पष्ट पारे।

बिहीबार वाल्दाई फोरममा बोल्दै उनले रुसको कुनै पनि भूभागमाथि आक्रमण भएमा आफ्नो सुरक्षाका लागि आफूसँग भएका सबै हतियार प्रयोग गर्ने चेतावनी दिए।

उनले पश्चिमी देशहरू र युरोपमाथि तनाव बढाएको आरोप लगाए।

पश्चिमी देशहरूले आगामी वर्षहरूमा रुससँग युद्धको तयारी गरिरहेको, बाल्टिक सागरमा सैन्य अभ्यास गरिरहेको र रुसी पानीजहाजहरू जफत गरिरहेको पुटिनको भनाइ थियो।

नेटोको कुनै पनि सदस्य राष्ट्रले रुसको कालिनिनग्राद क्षेत्रलाई बाँकी रुसबाट अलग गर्ने प्रयास गरेमा रुसले यसको रक्षाका लागि परमाणु हतियारसमेत प्रयोग गर्न सक्ने भन्दै मस्कोले चेतावनी दिएलगत्तै पुटिनको यो भनाइ आएको हो।

पुटिनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लगातार युक्रेन युद्ध अन्त्य गर्ने विषय उठाइरहेको र उनीसँग युद्ध रोक्नका लागि दुवै पक्षले मान्न सक्ने राम्रा सुझावहरू रहेको बताए।

कार्यक्रमका दौरान पुटिनले प्रधानमन्त्री मोदीप्रति आभारसमेत प्रकट गरे। उनले भने, ‘मोदी हाम्रा असल मित्र हुन्, तापनि उनी लगातार युक्रेन युद्ध अन्त्य गर्ने कुरा उठाउँछन्। उनी छिट्टै युद्ध अन्त्य होस् भन्ने पक्षमा छन्। म यसका लागि उहाँप्रति आभार व्यक्त गर्दछु।’

पुटिनले भने, ‘धेरै कम मानिसलाई यो कुरा थाहा छ, तर प्रधानमन्त्री मोदीले मलाई बताउनुभएको थियो कि भारतको १.५ अर्ब जनसङ्ख्यामध्ये करिब ६० करोड मानिस हिन्दी बोल्छन्। बाँकी मानिसहरू फरक-फरक भाषा बोल्छन्। यति हुँदाहुँदै पनि सबैजना मिलेर बसेका छन्।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। फिनल्याण्ड सरकारले वातावरणीय चिन्ता व्यक्त गर्दै गुगलका दुई प्रस्तावित डेटा सेन्टरको निर्माण कार्य रोक्न निर्देशन दिएको छ । डेटा सेन्टर निर्माणको क्रममा ३०० हेक्टरभन्दा बढी जंगल फँडानी गरिएको भन्दै फिनल्यान्डका अधिकारीहरूले काम रोक्न निर्देशन दिएका हुन् । गुगलले डेटा सेन्टरका लागि फिनल्यान्डमा १३ अर्ब युरो लगानी गर्ने घोषणा गरेको थियो । गुगलका अनुसार यो युरोपमा कम्पनीले ...
यमनको सरकारले हुथी विद्रोहीविरुद्ध सञ्चालन गरिएको स्थलगत सैन्य अभियानले प्रगति हासिल गरिरहेको दाबी गरेको छ । सुरक्षा तयारी बढाउने विषयमा अधिकारीहरूबीच छलफल भइरहेका बेला सरकारले यस्तो जानकारी दिएको हो । सरकारी समाचार संस्था साबाका अनुसार प्रधानमन्त्री शाय अल–जिन्दानीले मंगलबार एडेनमा मन्त्रीहरूसँग भेट गरी सैन्य अभियानबारे छलफल गरेका थिए । उनले सुरक्षा तयारी बढाउन, महत्वपूर्ण संरचनाको सुरक्षा ...
। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले रोयटर्ससँगको अन्तर्वार्तामा अमेरिकासँगको युद्ध अन्त्य गर्न इरानी अधिकारीहरूले आफ्नो युरेनियम प्रवर्धन क्षमता उल्लेख्य रूपमा घटाउनुपर्ने बताएका छन्। भान्सले भने, ‘यदि तपाईं आणविक हतियार चाहनुहुन्न भने, ६० प्रतिशत प्रवर्धित इन्धन किन चाहिन्छ? र यदि तपाईं आणविक हतियार नबनाउने प्रतिबद्धता देखाउन चाहनुहुन्छ भने, उच्च प्रवर्धित इन्धन नबनाउनुहोस्। युद्ध अन्त्य गर्दा यो एक धेरै ...
। उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण गर्दा पाँच खानी मजदुरसहित १७ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । मारू जिल्लाको बिन्दिन गाउँबाहिर रहेको खानीमा सोमबार मोटरसाइकलमा आएका दर्जनौँ गिरोहका सदस्यले गोली चलाउँदा पाँच खानी मजदुरको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । त्यसपछि गाउँमा प्रवेश गरेका बन्दुकधारी र सुरक्षाकर्मीबीच भएको ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साइबेरियाको एक प्रयोगशालामा सम्भावित ‘न्युमोनिक प्लेग’ को सङ्क्रमण देखिएपछि अमेरिकाले रुसलाई आवश्यक सहयोग गर्ने बताएका छन्। यद्यपि यस विषयमा उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भने प्रत्यक्ष कुराकानी नगरेको स्पष्ट पारेका छन् । सोमबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘हामीले भर्खरै यसबारे जानकारी पाएका छौँ। हामी उनीहरूलाई सहयोग गर्नेछौं-हामीले सक्ने जति सहयोग ...