मुख्य समाचार
एकदिवसीय विश्वकप २०२७ को अन्तिम छनोटका लागि हुने १० टोली सम्मिलित क्वालिफायर दक्षिण अफ्रिका र नामिबियाले संयुक्त रूपमा आयोजना गर्ने
एकदिवसीय विश्वकप २०२७ को अन्तिम छनोटका लागि हुने १० टोली सम्मिलित क्वालिफायर दक्षिण अफ्रिका र नामिबियाले संयुक्त रूपमा आयोजना गर्ने

। आईसीसी पुरुष एकदिवसीय विश्वकप २०२७ को अन्तिम छनोटका लागि हुने १० टोली सम्मिलित क्वालिफायर दक्षिण अफ्रिका र नामिबियाले संयुक्त रूपमा आयोजना गर्ने भएका छन् । प्रतियोगिता फेब्रुअरी २६ देखि मार्च २१ सम्म सञ्चालन हुनेछ ।

विश्वकपको मुख्य प्रतियोगिताका लागि दक्षिण अफ्रिका र जिम्बाबेसहित आईसीसी एकदिवसीय वरीयताका शीर्ष आठ टोली स्वतः छनोट भइसकेका छन् । भारत, न्युजिल्यान्ड, पाकिस्तान, अस्ट्रेलिया, इंग्ल्यान्ड, श्रीलंका, अफगानिस्तान र बंगलादेश स्वतः छनोट भएका छन् ।

बाँकी चार स्थानका लागि १० टोलीले क्वालिफायर खेल्नेछन् । क्वालिफायरमा वेस्ट इन्डिज र आयरल्यान्डसहित विश्व क्रिकेट लिग २ का शीर्ष चार टोली तथा विश्वकप छनोट प्लेअफबाट आउने चार टोली सहभागी हुनेछन् ।

हाल लिग २ को शीर्ष चारमा स्कटल्यान्ड, अमेरिका, नेदरल्यान्ड्स र ओमान छन् । नामिबिया, क्यानडा, नेपाल र यूएई बटम फोरमा रहेका छन् । लिग २ का केही शृङ्खलाहरू अझै बाँकी छन् ।

लिग २ को पुछारमा रहने चार टोलीसँगै च्यालेन्ज लिगका शीर्ष चार टोली इटाली, युगान्डा, जर्सी र कुवेतले विश्वकप छनोटमा स्थान बनाउने छन् ।

विश्वकप छनोट प्लेअफ डिसेम्बर १ देखि २२ सम्म हुने तय भएको छ । यसको आयोजना स्थल भने तय भइसकेको छैन ।

क्वालिफायरको विजेता सिधै विश्वकपको मुख्य समूह चरणमा पुग्नेछ । बाँकी तीन टोलीले नामिबियामा तीन खेलको सुपर सिरिज खेल्नेछन् । त्यसको विजेता पनि विश्वकपको मुख्य समूह चरणमा पुग्नेछ ।

विश्वकप छनोटको क्वालिफायरमा पुग्न नामिबियाले भने प्लेअफ खेल्नुपर्ने अवस्था टार्न सक्छ । त्यसका लागि उसले अक्टोबर ३ देखि सुरु हुने खेलमा अमेरिका र यूएईविरुद्ध दुई–दुई खेल जित्नुपर्नेछ भने ओमान, नेपाल र क्यानडाबीचको खेलको नतिजा पनि आफ्नो पक्षमा आउनुपर्नेछ ।

यसअघि आईसीसीले क्वालिफायर फेब्रुअरी २२ देखि मार्च २३ सम्म हुने संकेत गरेको थियो। गत साता दुबईमा बसेको आईसीसी बैठकले भने फेब्रुअरी २६ देखि मार्च २१ सम्मको नयाँ मिति तय गरेको हो ।

-क्रिकइन्फोको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अर्जेन्टिनाका कप्तान तथा विश्व फुटबलका महान् खेलाडी लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका छन् । अन्तिम अन्तर्राष्ट्रिय खेलमा मेसीले एक गोल र दुई असिस्ट गर्दै अर्जेन्टिनालाई बेनिनमाथि ३–० को सहज जित दिलाएपछि उनको भावुक बिदाइ गरिएको छ । ब्युनस आयर्सस्थित मोनुमेन्टल स्टेडियममा ८५ हजारभन्दा बढी दर्शकबीच ३९ वर्षीय मेसीले आफ्नो २१ वर्ष लामो अन्तर्राष्ट्रिय करियरको अन्तिम ...
: १० औं राष्ट्रिय खेलकुदको लागि सुर्खेतको विरेन्द्रनगरमा सचिवालय स्थापना गरिएको छ। १० औं राष्ट्रिय खेलकुदको आयोजनाको लागि हाल राखेप सदस्य सचिव रामचरित्र मेहेताको टोलीले विरेन्द्रनगरको रंगशाला परिसरमा सचिवालय स्थापना गरेको हो। कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले सचिवालयको उद्घाटन गरे। सचिवालय स्थापनाका क्रममा कर्णाली प्रदेशका माननीय सामाजिक विकास मन्त्री जितबहादुर मल्ल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव ...
। सर्बियन स्टार नोभाक जोकोभिच चाइना ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । सोमबार भएको सेमिफाइनलमा रुसका डानिल मेडभेडेभलाई २-० को सेटमा पराजित गर्दै ३९ वर्षीय जोकोभिच उपाधिको नजिक पुगेका हुन् । जोकोभिचले पहिलो सेट ७-५ ले जितेका थिए । दोस्रो सेट ५-३ मा चलिरहँदा उनले म्याचका लागि सर्भ गर्दै थिए र १५-१५ को स्कोर थियो । सोही ...
: आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा हुने श्रृंखलाको लागि नेपाली टोलीको बिदाई गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार टोलीको बिदाइ गरेको हो। क्यान अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का लगायतले टोलीलाई शुभकामना दिँदै बिदाइ गरे। नेपाल, ओमान र क्यानडाबीचको शृङ्खला अक्टोबर ९ देखि १९ सम्म ओमानमा हुनेछ। बिदाई कार्यक्रममा बोल्दै क्यानका ...
: वर्षौंदेखि मिति तोकिने र सर्ने क्रमले अन्योलमा परेको १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता अब भने कर्णालीमा हुने सुनिश्चितता भएको छ। आइतबार कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रहेको प्रदेश रंगशालामा भएको १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मुल आयोजक समितिको बैठकले कर्णालीमा खेलकुदको महाकुम्भ हुने कुराको सुनिश्चितता गरेको हो। कर्णालीको राजधानीमा संघीय सरकारका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, कर्णाली ...