मुख्य समाचार
मन्त्री सुनिल लम्सालले सरकारले विद्यमान कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्न खोजेको बताए
मन्त्री सुनिल लम्सालले सरकारले विद्यमान कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्न खोजेको बताए

। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले विद्यमान कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्न खोजेको बताएका छन् ।

शुक्रबार पूर्वाधार विकास मन्त्रालयले आयोजना गरेको ‘नेपाल पूर्वाधार सम्मेलन २०२६ सम्बन्धी लगानी र विकासका लागि कानूनी सुधार’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै मन्त्री लम्सालले यस्तो बताएका हुन् ।
उनले कानुनअनुसार नै राज्यको प्रणाली चल्नुका साथै परिणाम समेत देखिने भन्दै सरकार नागरिकमैत्री कानून निर्माणमा केन्द्रित रहेको बताए । ऐन देशको ऐना भएकोले जस्तो ऐन निर्माण गर्न सकियो त्यस्तै राष्ट्र बन्ने मन्त्री लम्सालको भनाइ छ ।

‘ऐन भनेको देशको ऐन हो । जस्तो ऐन हुन्छ, त्यस्तै राष्ट्र हुन्छ । अहिले हाम्रो ऐन जस्ता छन्, हाम्रो समाज पनि त्यस्तै छ के । अहिलेको हाम्रो शहरी ऐन हेर्यो भने हाम्रो शहर पनि त्यस्तै छ । हाम्रो अहिले शिक्षा ऐन जस्ता छ, हाम्रो विद्यालय पनि सोहीअनुसार छन् । हामीले जस्तो ऐन बनायो परिणाम पनि त सोहीअनुसार आउँदो रहेछ । मैले अहिले परिमार्जन गर्न खोजेको कानुनहरू अहिले सोहीअनुुसार सुधार गर्न खोजेका हौं,’ उनले भने ।




मन्त्री लम्सालले सार्वजनिक खरिद ऐन संशोधनका क्रममा सरोकारवाला निकायबाट प्राप्त सुझावहरूको सरकारले अध्ययन गरेपनि त्यसले नीतिगत आवश्यकता पूरा गर्न नसकेको कारण समेट्न नसकिएको बताए ।

मुलुकको पूर्वाधार निर्माणको कामलाई थप गतिशील र प्रभावकारी रुपमा सम्पन्न गर्न आवश्यक सुधारको यस गोष्ठीले महत्वपूर्ण भूमिका खेल्ने पनि बताए । साथै, विचौलियाले लाभ लिनेगरी कानुन निर्माण नगर्ने कुरामा सरकार स्पष्ट रहेको पनि उनको भनाइ छ ।

‘अहिले हामीले तयार गरेको मस्यौदाको अक्षरश: अध्ययन गरेर कानूनलाई त्योभन्दा उत्कृष्ट कसरी बनाउने भन्नेबारेमा सोच्नुपर्यो । हामीले खरिद ऐन पास गरिरहेका थियौँ त्यो बेला निर्माण व्यवसायी संघले एउटा सुझाव ल्यायो । तर हामीले त्यो सुझाव आत्मसाथ गरेनौं । किनभने उहाँहरूको सुझावले पोलिसी डिपार्चर नै दिँदैन थियो,’ उनले भने, ‘उहाँहरूले दिएको सुझाव पनि पढियो र हाम्रो तयारी पनि पढियो । उहाँहरूलाई हामीले धेरै कुरा दिन खोजेका थियौँ उहाँहरूले लिनै नखोजेको जस्तो पनि देखियो । सरकारले खास पब्लिक सेन्ट्रिक पोलिसी डिर्पाचर खोजेको हो ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको वर्तमान सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदै गएको दाबी गरेका छन् । शुक्रवार पूर्वाधार विकास मन्त्रालयले आयोजना गरेको ‘नेपाल पूर्वाधार सम्मेलन २०२६ सम्बन्धी लगानी र विकासका लागि कानुनी सुधार’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीलाई ...
। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अच्युतम लामिछानेले सांसदहरूको भूमिका केवल आफ्नो निर्वाचन क्षेत्रका लागि बजेट माग्नेमा मात्र सीमित हुन नहुने बताएका छन् । शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सांसदहरूले राष्ट्रिय ढुकुटी भर्ने नीति निर्माणमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिएका हुन् । सांसद लामिछानेले आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि बजेट माग्नु स्वभाविक भएपनि राष्ट्रिय अर्थतन्त्रको अवस्थाबारे गम्भीर ...
। नेपाल प्रहरीले चाडपर्वलक्षित सुरक्षा योजना सुरु गरेको छ। जसका लागि प्रहरीले तीन हजार पाँच सय ६ जना प्रहरी परिचालन गर्ने जनाएको छ। यसका लागि प्रहरी परिसर काठमाडौंले सुरक्षा चुनौतीहरू पहिचान गरी योजना बनाएको जनाएको छ। प्रहरीले हत्या, बलात्कार, मानव बेचबिखन, अपहरण, धम्की, पकेटमार, चोरी, जुवा, लुटपाट, वैदेशिक मुद्रा ठगी, पेय पदार्थमा नसालु पदार्थ मिसाउनेलगायत सुरक्षा चुनौती ...
। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरले झापाका जनता जंगली हात्तीको त्रास र सुकुमवासी समस्याबाट पीडित रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन् । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा उनले बाली भित्र्याउने समयमा हात्तीले निम्त्याएको क्षति नियन्त्रण गर्न र जग्गा निस्सा पाइसकेका नागरिकलाई लालपुर्जा प्रदान गर्न तत्काल प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेकी हुन् । सांसद राना मगरले ...
। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले मुलुकमा लगानीमैत्री र विकासको वातावरण निर्माण गर्न कानुनी स्थिरता आवश्यक रहेको बताएकी छिन् । शुक्रबार पूर्वाधार विकास मन्त्रालयले आयोजना गरेको ‘नेपाल पूर्वाधार सम्मेलन २०२६ सम्बन्धी लगानी र विकासका लागि कानुनी सुधार’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै मन्त्री गौतमले यस्तो बताएकी हुन् । लगानीकर्ताले जुनसुकै सरकार आएपनि आफूले गरेको सम्झौता कार्यान्वयन ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम