मुख्य समाचार
झापाका जनता जंगली हात्तीको त्रास र सुकुमवासी समस्याबाट पीडित रहेको भन्दै सरकारको ध्यानाकर्षण
झापाका जनता जंगली हात्तीको त्रास र सुकुमवासी समस्याबाट पीडित रहेको भन्दै सरकारको ध्यानाकर्षण

। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरले झापाका जनता जंगली हात्तीको त्रास र सुकुमवासी समस्याबाट पीडित रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा उनले बाली भित्र्याउने समयमा हात्तीले निम्त्याएको क्षति नियन्त्रण गर्न र जग्गा निस्सा पाइसकेका नागरिकलाई लालपुर्जा प्रदान गर्न तत्काल प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेकी हुन् ।
सांसद राना मगरले दशैं नजिकिँदै गर्दा झापाका किसान बाली जोगाउन रातभर जाग्राम बस्नुपर्ने बाध्यतामा रहेको बताइन् ।

हात्ती आतंकका अतिरिक्त जग्गा सम्बन्धी समस्या पनि उत्तिकै जटिल रहेको उनले उल्लेख गरिन् ।

जग्गाको निस्सा पाइसकेका सुकुम्वासीहरूलाई पुन: नापीको नाममा दु:ख दिने काम भइरहेको भन्दै उहाँले यस्तो कार्यप्रति असन्तुष्टि जनाइन् ।

‘किसानहरू अहिले बाली जोगाउन रातभर निद्रा त्यागेर हात्ती रुङ्न बाध्य छन्, तर सरकारबाट ठोस राहतको प्रत्याभूति हुन सकेको छैन । निस्सा पाइसकेका सुकुम्वासीले अब छिटो लालपुर्जा पाउनुपर्छ, प्रक्रियामाथि प्रक्रिया थपेर उनीहरूलाई थप कष्ट दिनु हुँदैन,’ उनले भनिन् ।

केही स्थानीय तहबाट ‘माथिबाट आदेश आएको’ भन्दै भ्रम फैलाउने काम भएको जनगुनासो सुनिएको बताउँदै उनले यस विषयमा सम्बन्धित मन्त्रालयले स्पष्ट धारणा राख्नुपर्नेमा जोड दिइन् ।

हात्तीबाट पीडित किसानलाई राहत र लालपुर्जाको पर्खाइमा रहेका नागरिकलाई तत्काल स्वामित्वको प्रमाणपत्र उपलब्ध गराउन सरकारले अविलम्ब कार्ययोजना सार्वजनिक गर्नुपर्ने माग उनले गरिन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको वर्तमान सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदै गएको दाबी गरेका छन् । शुक्रवार पूर्वाधार विकास मन्त्रालयले आयोजना गरेको ‘नेपाल पूर्वाधार सम्मेलन २०२६ सम्बन्धी लगानी र विकासका लागि कानुनी सुधार’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीलाई ...
। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अच्युतम लामिछानेले सांसदहरूको भूमिका केवल आफ्नो निर्वाचन क्षेत्रका लागि बजेट माग्नेमा मात्र सीमित हुन नहुने बताएका छन् । शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सांसदहरूले राष्ट्रिय ढुकुटी भर्ने नीति निर्माणमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिएका हुन् । सांसद लामिछानेले आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि बजेट माग्नु स्वभाविक भएपनि राष्ट्रिय अर्थतन्त्रको अवस्थाबारे गम्भीर ...
। नेपाल प्रहरीले चाडपर्वलक्षित सुरक्षा योजना सुरु गरेको छ। जसका लागि प्रहरीले तीन हजार पाँच सय ६ जना प्रहरी परिचालन गर्ने जनाएको छ। यसका लागि प्रहरी परिसर काठमाडौंले सुरक्षा चुनौतीहरू पहिचान गरी योजना बनाएको जनाएको छ। प्रहरीले हत्या, बलात्कार, मानव बेचबिखन, अपहरण, धम्की, पकेटमार, चोरी, जुवा, लुटपाट, वैदेशिक मुद्रा ठगी, पेय पदार्थमा नसालु पदार्थ मिसाउनेलगायत सुरक्षा चुनौती ...
। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले मुलुकमा लगानीमैत्री र विकासको वातावरण निर्माण गर्न कानुनी स्थिरता आवश्यक रहेको बताएकी छिन् । शुक्रबार पूर्वाधार विकास मन्त्रालयले आयोजना गरेको ‘नेपाल पूर्वाधार सम्मेलन २०२६ सम्बन्धी लगानी र विकासका लागि कानुनी सुधार’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै मन्त्री गौतमले यस्तो बताएकी हुन् । लगानीकर्ताले जुनसुकै सरकार आएपनि आफूले गरेको सम्झौता कार्यान्वयन ...
। ड्युटीमा रहेका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको आरोपमा काठमाडौं प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका–४ बस्ने ४१ वर्षीय रामकुमार बुढाथोकी, २३ वर्षीय आयुष बुढाथोकी र २७ वर्षीय सचिन बुढाथोकी छन् । उनीहरूमाथि असोज १४ गते राति १ बजे टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आकस्मिक ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम