मुख्य समाचार
आईसीसी पुरुष टी–२० विश्वकप २०२८ को एसिया छनोटअन्तर्गत उपक्षेत्रीय छनोटका दुई प्रतियोगिता मलेसियामा आगामी सातादेखि सुरु
आईसीसी पुरुष टी–२० विश्वकप २०२८ को एसिया छनोटअन्तर्गत उपक्षेत्रीय छनोटका दुई प्रतियोगिता मलेसियामा आगामी सातादेखि सुरु

। आईसीसी पुरुष टी–२० विश्वकप २०२८ को एसिया छनोटअन्तर्गत उपक्षेत्रीय छनोटका दुई प्रतियोगिता मलेसियामा आगामी सातादेखि सुरु हुँदैछ ।

उपक्षेत्रीय छनोट ‘ए’ र ‘बी’ अक्टोबर ५ देखि १४ सम्म सञ्चालन हुनेछन् । दुवै प्रतियोगितामा गरी १३ टोलीले प्रतिस्पर्धा गर्नेछन् । कुल ३६ खेल मलेसियाका बायुएमास ओभल, यूकेएम ओभल र एसटीसी ओभलमा हुनेछन् ।

उपक्षेत्रीय छनोट ‘ए’ मा बहराइन, भुटान, कुवेत, मंगोलिया, म्यानमार, कतार र थाइल्यान्ड छन् । छनोट ‘बी’ मा हङकङ, चीन, मलेसिया, माल्दिभ्स, साउदी अरेबिया र सिंगापुरले प्रतिस्पर्धा गर्नेछन् ।

दुवै प्रतियोगिता एकल राउन्ड रोबिन ढाँचामा सञ्चालन हुनेछ । प्रत्येक समूहका शीर्ष तीन टोलीले २०२७ मा हुने एसिया छनोटको अर्को चरणमा स्थान बनाउनेछन् ।

मलेसियन क्रिकेट संघका अध्यक्ष महिन्दा भालिपुरमले प्रतियोगिता आयोजना गर्न पाउनु सम्मानको विषय भएको बताएका छन् । उनले यी प्रतियोगिताले एसियाली क्रिकेटको विकास, प्रतिभा र महत्वाकांक्षा प्रस्तुत गर्ने अवसर दिने बताए ।

सबै खेल आईसीसी टिभीमा विश्वभर प्रत्यक्ष प्रसारण हुनेछन् । भारतमा फ्यानकोडबाट पनि खेल हेर्न सकिनेछ ।

उपक्षेत्रीय छनोट ‘ए’ को पहिलो खेल अक्टोबर ५ मा म्यानमार र भुटानबीच तथा थाइल्यान्ड र बहराइनबीच हुनेछ । सोही दिन कुवेत र कतारबीच पनि खेल हुनेछ ।

उपक्षेत्रीय छनोट ‘बी’ को पहिलो खेल अक्टोबर ८ मा हुनेछन् । सो दिन माल्दिभ्स र चीन, साउदी अरेबिया र सिंगापुर तथा मलेसिया र हङकङबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आईसीसी पुरुष एकदिवसीय विश्वकप २०२७ को अन्तिम छनोटका लागि हुने १० टोली सम्मिलित क्वालिफायर दक्षिण अफ्रिका र नामिबियाले संयुक्त रूपमा आयोजना गर्ने भएका छन् । प्रतियोगिता फेब्रुअरी २६ देखि मार्च २१ सम्म सञ्चालन हुनेछ । विश्वकपको मुख्य प्रतियोगिताका लागि दक्षिण अफ्रिका र जिम्बाबेसहित आईसीसी एकदिवसीय वरीयताका शीर्ष आठ टोली स्वतः छनोट भइसकेका छन् । भारत, ...
। पोखरा भ्रमणमा आएको भुटान पुरुष क्रिकेट टोलीले चारवटै अभ्यास खेलमा पराजित भएको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा शुक्रबार भएको आफ्नो चौथो अभ्यास खेलमा भुटान क्यान–११ सँग १०४ रनले पराजित भयो । योसँगै भुटान सबै अभ्यास खेलमा पराजित हुन पुग्यो । क्यान–११ ले दिएको १७७ रनको लक्ष्य पछ्याएको भुटानले १७ ओभर ३ बलमा ७२ रनमा ...
। ओमानमा हुने आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा हुने ओमान, क्यानडा र नेपालबीच हुने शृङ्खलाका लागि नेपालको टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै नेपाली टोलीको घोषणा गरेको हो । यसअघि एसीसी प्रिमियर कपमा खेलेको टोलीबाट एक परिवर्तन गरिएको छ भने एक खेलाडी थपिएका छन् । पेस ...
: अन्तर्राष्ट्रिय फुटबल महासंघ(फिफा)बाट लगाएको प्रतिबन्ध नहट्दा नेपालले पहिलो पटक साफ च्याम्पियनसिपमा भाग लिन नपाउने भएको छ। बंगलादेशमा हुने तय भएको १५ औं साफ च्याम्पियनसिप नेपालले गुमाउने भएको हो। फिफाले अखिल नेपाल फुटबल संघ(एन्फा)माथि लगाएको निलम्ब फुकुवा नहुँदा नेपालले साफ च्याम्पियनसिप खेल्ने मौका गुमाउने पक्का भएको हो। दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले सेप्टेम्बर ३० सम्म ...
: २० औं एसियन गेम्स २०२६ अन्तर्गत कुस्तीमा नेपालकी सुशिला चन्द मंगोलियाकी अल्डिजीन टोगटोखसँग पराजित भएकी छिन्। जापानको नागोया सिटी इनाइ स्पोट्र्स सेन्टरमा सुशिला १०–० ले पराजित भएकी हुन्। उनले स्कोर गर्नै सकिनन्। कुस्तीबाट नेपालका अन्य ४ खेलाडीले खेल्न बाँकी नै रहेको छ। जसमा पुरुष तर्फ सुरेश चुनाराले ७४ केजी तौलमा प्रतिस्पर्धा गर्नेछन्। राज ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम