मुख्य समाचार
दुबईका लागि एल अलका उद्धार उडान रद्द
दुबईका लागि एल अलका उद्धार उडान रद्द

)। संयुक्त अरब इमिरेट्स (यूएई) ले इजरायली विमानलाई दुबईमा अवतरण गर्ने अनुमति नदिएपछि इजरायलको प्रमुख विमान सेवा एल अलले दुबईमा अलपत्र परेका नागरिकलाई स्वदेश फर्काउने शुक्रबारका उद्धार उडान रद्द गरेको छ ।

एल अलले एलवाई ९७४–१ र एलवाई ९७२ उडान रद्द गरिएको जनाएको छ । अर्को साताका लागि निर्धारित उडान भने समयतालिकामै रहेको र ती उडान पूर्ण रूपमा बुक भइसकेको कम्पनीले जनाएको छ । इजरायली र इमिराती अधिकारीबीच लामो छलफलपछि विमान अवतरणका लागि अन्तिम अनुमति प्राप्त हुन नसकेको जनाइएको छ ।




उडान रद्द भएको घटना सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभतर्फ आएको फ्लाई दुबईको विमानमा भएको गम्भीर सुरक्षा घटनापछि भएको हो । उक्त घटनामा ओमानी सहपाइलटले विमानका कमान्डरमाथि आक्रमण गरी विमान तल झार्ने प्रयास गरेको आरोप लगाइएको छ ।

गम्भीर घाइते भए पनि क्याप्टेन स्मिट मच्छरले आक्रमणकारीको प्रतिरोध गरेका थिए । चालक दल र यात्रुको सहयोगमा आक्रमणकारीलाई नियन्त्रणमा लिएपछि विमानको कमान्ड पुनः कायम गरिएको थियो । विमानले साउदी अरबको तबुकमा आपत्कालीन अवतरण गरेको र १८० यात्रु सुरक्षित रहेको जनाइएको छ ।




इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका अनुसार घटनाका बेला विमान इजरायली हवाई क्षेत्रनजिकै थियो । उनले क्याप्टेन मच्छरले सहपाइलटलाई नियन्त्रणबाट हटाउन सफल भएको तथा दुई गैरड्युटी उडानकर्मीले विमान सम्हालेको बताएका छन् । सहपाइलट ओमानमा जन्मिएको र ओमानी नागरिक रहेको एक ओमानी अधिकारीले बताएका छन् ।

नेतान्याहुले सहपाइलट इस्लामवादी कट्टरपन्थी विचारबाट प्रभावित भएको अनुसन्धानबाट देखिएको दाबी गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सहपाइलटको तेहरानसँग सम्बन्ध हुन सक्ने आफूले सुनेको बताएका छन्। यद्यपि इरानको संलग्नताबारे निष्कर्षमा पुग्न अझै समय लाग्ने नेतान्याहुले बताएका छन्।

इजरायली अधिकारीहरूले घटनाको थप अनुसन्धान गरिरहेका छन् । यसैबीच, युएईका लागि भारतका राजदूत दीपक मित्तलले क्याप्टेन मच्छरको अवस्था स्थिर रहेको र उनी यूएईको अस्पतालमा उपचाररत रहेको पुष्टि गरेका छन्। उनले क्याप्टेन मच्छरको साहसको प्रशंसा गर्दै सयौँ यात्रुको ज्यान जोगाउन उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बढ्दो इन्धन लागत घटाउन युरोपेली मुलुकसँग उनीहरूको डिजेल भण्डार उपयोग गर्न आग्रह गर्न सकिने सङ्केत गरेका छन्। पत्रकारहरूसँग कुरा गर्दै उनले बजारमा डिजेलको मूल्य घटाउन आपत्कालीन आपूर्ति जारी गर्न युरोपेली सरकारसँग सम्पर्क गर्ने सम्भावनाबारे सोधिएको प्रश्नमा आफूहरूले त्यसो गर्न सक्ने बताए । “मूल्य घट्दै गइरहेको छ”, उनले भने। ट्रम्पले टेक्सास र ओक्लाहोमा ...
। अस्ट्रेलियामा घरभाडा दर अत्यधिक महँगिनुका साथै उपलब्धता न्यून हुँदा आवास संकट गहिरिएको छ। सिड्नी, मेलबर्न, ब्रिस्बेन र एडिलेडजस्ता प्रमुख सहरहरूमा उपयुक्त मूल्यमा कोठा वा अपार्टमेन्ट पाउन मुस्किल हुँदा अन्तर्राष्ट्रिय विद्यार्थी, नयाँ आप्रवासी तथा न्यून र मध्यम आय भएका परिवारहरू चरम आर्थिक दबाबमा परेका छन्। कमनवेल्थ बैंकको सेप्टेम्बर २०२६ को पछिल्लो विश्लेषणअनुसार देशभर राष्ट्रिय भाडा रिक्तता ...
। अस्ट्रेलियामा रोजगारीका लागि उपलब्ध रिक्त पदको संख्या लगातार दोस्रो तीन महिनाको अवधिमा घटेको छ । यसले देशको श्रम बजारमा केही क्षेत्रमा कामदारको माग कमजोर हुँदै गएको संकेत गरेको छ । अस्ट्रेलियाली तथ्याङ्क ब्युरोले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार अगस्टसम्मको तीन महिनामा रोजगारीका रिक्त पद ०.९ प्रतिशतले घटेका छन्। यस अवधिमा कुल रिक्त पद ३ ...
। रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युरोपको कुनै पनि देशमाथि आक्रमण गर्ने योजना नबनाइरहेको स्पष्ट पारे। बिहीबार वाल्दाई फोरममा बोल्दै उनले रुसको कुनै पनि भूभागमाथि आक्रमण भएमा आफ्नो सुरक्षाका लागि आफूसँग भएका सबै हतियार प्रयोग गर्ने चेतावनी दिए। उनले पश्चिमी देशहरू र युरोपमाथि तनाव बढाएको आरोप लगाए। पश्चिमी देशहरूले आगामी वर्षहरूमा रुससँग युद्धको तयारी गरिरहेको, बाल्टिक सागरमा सैन्य ...
। रूसी ड्रोन आक्रमणपछि युक्रेनको राजधानी किएभका निप्रो नदीमाथिका दुई प्रमुख पुलमा यातायात प्रभावित भएको छ । दक्षिणी पुल दुवै दिशामा पूर्ण रूपमा बन्द गरिएको छ भने प्याटन पुलमा एउटा मात्र बाटो खुला राखिएको मेयर भिटाली क्लिट्स्कोले शुक्रबार बताएका छन्। रूसी ड्रोनले दक्षिणी पुलका संरचनामा आक्रमण गरेपछि त्यसको अवस्था मूल्याङ्कन गर्न पुल बन्द गरिएको थियो । ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम