मुख्य समाचार
ट्रम्पले बढ्दो इन्धन लागत घटाउन युरोपेली मुलुकसँग उनीहरूको डिजेल भण्डार उपयोग गर्न आग्रह गर्न सकिने सङ्केत
ट्रम्पले बढ्दो इन्धन लागत घटाउन युरोपेली मुलुकसँग उनीहरूको डिजेल भण्डार उपयोग गर्न आग्रह गर्न सकिने सङ्केत

। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बढ्दो इन्धन लागत घटाउन युरोपेली मुलुकसँग उनीहरूको डिजेल भण्डार उपयोग गर्न आग्रह गर्न सकिने सङ्केत गरेका छन्।

पत्रकारहरूसँग कुरा गर्दै उनले बजारमा डिजेलको मूल्य घटाउन आपत्कालीन आपूर्ति जारी गर्न युरोपेली सरकारसँग सम्पर्क गर्ने सम्भावनाबारे सोधिएको प्रश्नमा आफूहरूले त्यसो गर्न सक्ने बताए । “मूल्य घट्दै गइरहेको छ”, उनले भने।

ट्रम्पले टेक्सास र ओक्लाहोमा भ्रमणका क्रममा यस्तो धारणा राखेका हुन्। अमेरिकी डिजेलको बढ्दो लागत नियन्त्रण गर्न प्रशासनले निर्यातमा सम्भावित प्रतिबन्धसहित विभिन्न विकल्पबारे समीक्षा गरिरहेको उनले बताए। उनका अनुसार निर्यातमा प्रतिबन्ध लगाउँदा पेट्रोलको मूल्य केही बढ्न सक्ने भएकाले त्यसबारे गम्भीरतापूर्वक विचार भइरहेको छ ।

हालको बजार अवरोधको प्रमुख कारण मध्यपूर्वको अस्थिरता नभई रुसी प्रशोधन पूर्वाधारमाथि युक्रेनले गरिरहेको आक्रमण रहेको ट्रम्पको भनाइ छ । रुसले ठूलो मात्रामा डिजेल प्रशोधन गर्ने भएकाले त्यहाँका रिफाइनरीमा भएका आक्रमणले आपूर्तिमा असर पारेको उनले बताए।

अमेरिकी डिजेल निर्यात सीमित गरी घरेलु भण्डार बढाउने विकल्पप्रति ३० भन्दा बढी अमेरिकी कर्पोरेट, निर्माण तथा ऊर्जा क्षेत्रका सङ्घले विरोध गरेका छन् । त्यस्तो कदमले घरेलु प्रशोधन घट्नुका साथै मूल्य बढ्न सक्ने उनीहरूको चेतावनी छ ।

युरोपेली साझेदार मुलुकका भण्डारबाट डिजेल आपूर्ति बढाउन खोज्दा अमेरिकी निर्यात नियन्त्रण गर्नुको सट्टा बजारमा समग्र उपलब्धता बढाउन सकिने अपेक्षा गरिएको छ । यद्यपि ट्रम्पले कुन युरोपेली मुलुकसँग सम्पर्क गरिने वा कति परिमाणमा डिजेल माग गरिने भन्नेबारे स्पष्ट पारेका छैनन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। फिनल्याण्ड सरकारले वातावरणीय चिन्ता व्यक्त गर्दै गुगलका दुई प्रस्तावित डेटा सेन्टरको निर्माण कार्य रोक्न निर्देशन दिएको छ । डेटा सेन्टर निर्माणको क्रममा ३०० हेक्टरभन्दा बढी जंगल फँडानी गरिएको भन्दै फिनल्यान्डका अधिकारीहरूले काम रोक्न निर्देशन दिएका हुन् । गुगलले डेटा सेन्टरका लागि फिनल्यान्डमा १३ अर्ब युरो लगानी गर्ने घोषणा गरेको थियो । गुगलका अनुसार यो युरोपमा कम्पनीले ...
यमनको सरकारले हुथी विद्रोहीविरुद्ध सञ्चालन गरिएको स्थलगत सैन्य अभियानले प्रगति हासिल गरिरहेको दाबी गरेको छ । सुरक्षा तयारी बढाउने विषयमा अधिकारीहरूबीच छलफल भइरहेका बेला सरकारले यस्तो जानकारी दिएको हो । सरकारी समाचार संस्था साबाका अनुसार प्रधानमन्त्री शाय अल–जिन्दानीले मंगलबार एडेनमा मन्त्रीहरूसँग भेट गरी सैन्य अभियानबारे छलफल गरेका थिए । उनले सुरक्षा तयारी बढाउन, महत्वपूर्ण संरचनाको सुरक्षा ...
। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले रोयटर्ससँगको अन्तर्वार्तामा अमेरिकासँगको युद्ध अन्त्य गर्न इरानी अधिकारीहरूले आफ्नो युरेनियम प्रवर्धन क्षमता उल्लेख्य रूपमा घटाउनुपर्ने बताएका छन्। भान्सले भने, ‘यदि तपाईं आणविक हतियार चाहनुहुन्न भने, ६० प्रतिशत प्रवर्धित इन्धन किन चाहिन्छ? र यदि तपाईं आणविक हतियार नबनाउने प्रतिबद्धता देखाउन चाहनुहुन्छ भने, उच्च प्रवर्धित इन्धन नबनाउनुहोस्। युद्ध अन्त्य गर्दा यो एक धेरै ...
। उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण गर्दा पाँच खानी मजदुरसहित १७ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । मारू जिल्लाको बिन्दिन गाउँबाहिर रहेको खानीमा सोमबार मोटरसाइकलमा आएका दर्जनौँ गिरोहका सदस्यले गोली चलाउँदा पाँच खानी मजदुरको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । त्यसपछि गाउँमा प्रवेश गरेका बन्दुकधारी र सुरक्षाकर्मीबीच भएको ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साइबेरियाको एक प्रयोगशालामा सम्भावित ‘न्युमोनिक प्लेग’ को सङ्क्रमण देखिएपछि अमेरिकाले रुसलाई आवश्यक सहयोग गर्ने बताएका छन्। यद्यपि यस विषयमा उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भने प्रत्यक्ष कुराकानी नगरेको स्पष्ट पारेका छन् । सोमबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘हामीले भर्खरै यसबारे जानकारी पाएका छौँ। हामी उनीहरूलाई सहयोग गर्नेछौं-हामीले सक्ने जति सहयोग ...