मुख्य समाचार
सुशासनका सवालमा सरकार असफल देखिएको टिप्पणी
सुशासनका सवालमा सरकार असफल देखिएको टिप्पणी

: राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले सुशासनका सवालमा सरकार असफल देखिएको टिप्पणी गरेकी छन्।

शुक्रबार सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै ओलीले महङ्गी र कालाबजारीका कारण जनताको जीवनयापनमा प्रभाव परेको र सुशासनका सवालमा समेत सरकार असफल देखिएको टिप्पणी गरेकी हुन्। उनले देशमा महँगी चरम विन्दुमा पुगेकाले सामान्य र मध्यमवर्गीय परिवारलाई खाद्यान्न तथा ग्यास आपूर्तिका कारण दैनिक जीविकोपार्जन गर्न गाह्रो भइरहेको टिप्पणी गरिन्।

त्यस्तै, ओलीले सरकारले ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने र स्वदेश तथा विदेशमा रहेका नेपालीहरूका लागि रोजगारीका अवसर सिर्जना गर्ने प्रतिबद्धता र लक्ष्य पूरा गर्न नसकेको आरोप लगाइन्। सरकारले सुशासनको धज्जी उडाएको र प्रधानमन्त्री कार्यालय मातहतको सफ्टवेयर कम्पनीका सीईओ नियुक्ति प्रकरण जस्ता घटनाले सरकारको इमानदारितामाथि गम्भीर प्रश्न उठाएको उनको भनाइ छ।

साथै, उनले प्रधानमन्त्रीले संसद्लाई पूर्ण रूपमा उपेक्षा गरेको, संसदीय नियमावली अनुसार संसद्मा उपस्थित भएर जबाफ नदिएको र संसद् छलेर अध्यादेश ल्याउने जस्ता गैर–लोकतान्त्रिक अभ्यास गरेको बताइन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना ल्याएको छ। चाडपर्वमा हुनसक्ने आपराधीक गतिविधिलाई नियन्त्रण गर्न काठमाडौं प्रहरी परिसरले चाडपर्व लक्षित विशेष सुरक्षा योजना ल्याएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार पत्रकार सम्मेलन गर्दै चाडपर्वका बेला सम्भावित आपराधिक गतिविधि नियन्त्रण गरी सुरक्षित, मर्यादित र सुव्यवस्थित वातावरण बनाउन ३ हजार ५०६ जना सुरक्षाकर्मी परिचालन ...
। काठमाडौंका विभिन्न स्थानबाट मोबाइल चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । उनीहरूसँगै २५ थान चोरीका मोबाइल पनि बरामद भएको प्रहरीले भनेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा काभ्रे घर भई हाल काठमाडौंको कलंकी बस्ने २४ वर्षीय सुरेश हुमागाईँ र दैलेखको महाबु गाउँपालिका–१ घर भई हाल काठमाडौंको चन्द्रागिरि बस्ने १९ ...
: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन गरिएको जनाएको छ। शुक्रबार सिंहदरबारमा आयोजित नियमित ‘प्रेस बिफ्रिङ’ मा हालसम्म गरेका कार्यप्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालले असोज ५ गते बसेको सचिवस्तरीय बैठकको निर्णय अनुसार कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय ...
। कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीले पूर्वाधार विकासलाई गति दिन कानुनी सुधारसँगै आयोजना कार्यान्वयनको कार्यशैली नै परिवर्तन गर्नुपर्ने बताएका छन् । शुक्रबार पूर्वाधार विकास मन्त्रालयले आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति चौधरीले कानुनका दफा संशोधन गर्दैमा पूर्वाधार विकासले गति लिन नसक्ने बताएका हुन् । उनले पूर्वाधार आयोजना निर्माणमा हुने ढिलाइ, जटिल प्रशासनिक प्रक्रिया र निर्णय ...
। अन्तर व्यवस्थापकीय संघ (आईपीयू) मा नेपालले प्राकृतिक विपद्बारे ‘इमर्जेन्सी प्रस्ताव’ राख्ने भएको छ । आईपीयूको १५३ औं महासभा तान्जानियामा हुँदैछ । उक्त महासभामा नेपालको तर्फबाट सभामुख डोलप्रसाद अर्याल त्यसतर्फ जाँदैछन् । सभामुख अर्याल नेतृत्वको भ्रमण टोलीमा सांसद र संसद सचिवालयका अधिकारीहरू रहेका छन् । उक्त मञ्चमा जलवायु परिवर्तनले पारेको असर र क्षतिपूर्तिसम्बन्धी विषयलाई ‘इमर्जेन्सी एजेन्डा’का रूपमा पेस ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम