मुख्य समाचार
हिमपहिरोमा परेर बेपत्ता भएका १६ जनामध्ये हालसम्म १५ जनाको शव फेला
हिमपहिरोमा परेर बेपत्ता भएका १६ जनामध्ये हालसम्म १५ जनाको शव फेला

: मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थिति हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा परी ज्यान गुमाएका १५ जनाकै पहिचान खुलेको छ। हिमपहिरोमा परेर बेपत्ता भएका १६ जनामध्ये हालसम्म १५ जनाको शव फेला परेको हो। दुर्घटनामा परेका ओखलढुंगाका ३८ वर्षीय पासाङ नुरी शेर्पा भने अझै बेपत्ता छन्। उनी हिमालयन होलिडेज एजेन्सीका कर्मचारी हुन्।

अत्यधिक हिमपात र लगातारको वर्षाका कारण असोज ११ गते दिउँसो बिहानको समयमा आधार शिविरमा भीषण हिमपहिरो खसेको थियो। अघिल्लो साता हिमलुङ आधार शिविर क्षेत्रमा अचानक हिमपहिरो जाँदा ट्रेकिङ र आरोहण टोलीमा खटिएका हिमालयन होलिडेज कम्पनीका १४ जना र इम्याजिन नेपालका २ जना गरी कुल १६ जना बेपत्ता भएका थिए। घटनालगत्तै स्थानीय प्रशासन, सुरक्षा निकाय र विशेषज्ञ टोलीको समन्वयमा खोज तथा उद्धार तीव्र पारिएको थियो।

हिमपहिरोपछि कठिन भौगोलिक बनावट र प्रतिकूल मौसमका बीच उद्धार टोली खटाइएको थियो। खोज कार्यको नेपाल नेशनल माउन्टेन गाइड एसोसिएसन एनएनएमजीए टोलीले बिहीबार बिहान ४ वटा र दिउँसो थप ४ वटा गरी एकै दिन ८ वटा शव फेला पारेको हो। अत्यधिक हिउँ र कठिन भौगोलिक परिस्थितिका बीच जोखिम मोलेर उद्धार टोलीले शव निकालेको थियो।

यसअघि नै फेला परेका ७ वटा शवसहित हालसम्म भेटिएका १५ वटै शवको कानुनी प्रक्रिया अघि बढाइएको छ।

बिहीबार भेटिएका ८ वटामध्ये २ वटा शव बिहीबार नै हेलिकोप्टरमार्फत सदरमुकाम चामे ल्याइएको थियो। बाँकी ६ वटा शव पनि नजिकैको फु गाउँमा पुर्‍याई शुक्रबार हेलिकोप्टरमार्फत नै चामे ल्याइएको हो। मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार चामेमा शवको मुचुल्का तथा आवश्यक कानूनी प्रक्रिया पूरा गरी १५ वटै शवलाई परीक्षण (पोस्टमार्टम) र आफन्तलाई बुझाउनका लागि काठमाडौंस्थित शिक्षण अस्पताल पठाइएको छ।

बेपत्ता शेर्पाको खोजी जारी

अहिलेसम्म भेटिएका शवमध्ये हिमालयन होलिडेजका १३ जना र इम्याजिन नेपालका २ जनाको पहिचान भइसकेको भए पनि ओखलढुंगाका पासाङ नुरी शेर्पाको अझै अत्तोपत्तो हुन सकेको छैन।

बेपत्ता शेर्पाको खोजीका लागि घटनास्थल आसपासको क्षेत्रमा उद्धार टोलीले खोजी कार्यलाई जारी राखेको मनाङ प्रशासनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जबर्जस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय ठहर भई कैद भुक्तान गरिरहेका एक फरार कैदी पक्राउ परेका छन् । धादिङको सिद्धलेक गाउँपालिका–३ स्थायी ठेगाना भएका ३८ वर्षीय गणेश श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । श्रेष्ठ केन्द्रीय कार्यालय सुन्धारामा २०८१ माघ १८ गतेदेखि कैद भुक्तान गरिरहेका थिए । तर, २०८२ भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा ...
: नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको ६ महिनामा ’फासीवादी’ प्रवृत्ति देखिएको भन्दै आलोचना गरेका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा नेता थापाले वर्तमान सरकारको ६ महिना पूर्वप्रधानमन्त्रीको गैरकानुनी गिरफ्तारीबाट सुरू भई पूर्वप्रधानन्यायाधीशको नाटक मञ्चनसम्म पुगेको टिप्पणी गरे । फासीवादको मार्गबाट लोकतन्त्रको मार्गमा फर्कन,संसद् तथा जनताप्रति उत्तरदायी बन्न र लोकतन्त्रको पूर्ण पुनर्वहाली गर्न सरकारलाई उनले ...
। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले लुम्बिनी बौद्ध विश्वविद्यालयको विशिष्ट पहिचानलाई कायम राख्दै बौद्ध दर्शनको अध्ययन, अध्यापन र अनुसन्धानलाई प्राथमिकतामा राख्न निर्देशन दिएका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयको शुक्रबार अवलोकन भ्रमणका क्रममा मन्त्री पोखरेलले विश्वविद्यालय स्थापनाको उद्देश्यअनुरूप बौद्ध दर्शनमा केन्द्रित शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएका हुन् । विश्वविद्यालयले हाल सञ्चालन गरिरहेका शैक्षिक कार्यक्रमलाई क्रमश: बौद्ध दर्शनसँग सम्बन्धित ...
: हुम्लाको हल्जी र लिमी क्षेत्रबाट पाँच जना विदेशी नागरिकको उद्धार गरिएको छ। लेक लागेर बिरामी परेपछि उनीहरूको उद्धार गरिएको हो। उनीहरूलाई सिम्रिक एयरको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो। उद्धार गरिनेमा दुई जना इटालीका र ३ जना जमर्नीका नागरिक रहेको सिम्रिक एयरका महाप्रबन्धक मुरलीधर जोशीले जानकारी दिए। उनीहरूलाई हुम्लाको हल्जी र लिमी क्षेत्रबाट सुर्खेत ल्याइएको थियो।
। सिरहाको कर्जन्हामा यात्रुवाहक विद्युतीय गाडी (ईभी) लाई टिपरले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत कर्जन्हा नगरपालिका–४ भुल्केमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको म.प्र.०१–००१ ज.०१२४ नम्बरको ईभीलाई विपरीत दिशाबाट आउँदै गरेको म.प्र.०३–००२ ख.३९९६ नम्बरको टिफरले ठक्कर दिएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी गोलबजार नगरपालिका–४ निवासी महेन्द्र ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम