मुख्य समाचार
भारतसँग आर्थिक सहकार्यको ठूलो सम्भावना छ : पुटिन
भारतसँग आर्थिक सहकार्यको ठूलो सम्भावना छ : पुटिन

। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारतसँग आर्थिक सहकार्य विस्तारको ठूलो सम्भावना रहेको उल्लेख गर्दै प्रमुख अन्तर्राष्ट्रिय पारवहन तथा ढुवानी मार्गको विकासमा नयाँदिल्लीसँग साझेदारी गर्न रुस इच्छुक रहेको बताएका छन्।

विश्वव्यापी यातायात मार्गको विकाससम्बन्धी कार्यक्रममा बिहीबार बोल्दै उनले भारतसँगको सहकार्य रसद व्यवस्थापनमा मात्र सीमित नरहेको उल्लेख गरे । चीन र दक्षिण कोरियाका व्यावसायिक जहाजसँग सहकार्य अघि बढाइसकेको जानकारी दिँदै उनले यस्ता अन्तर्राष्ट्रिय करिडोर संयुक्त रूपमा प्रयोग गर्न भारतसँग पनि छलफल भइरहेको बताए।




अन्तर्राष्ट्रिय उत्तर–दक्षिण यातायात करिडोर (आइएनएसटीसी) को विकासमा रुस ऋण स्रोत उपलब्ध गराउन तयार रहेको तर इरानले आफ्नोतर्फको काम पूरा गर्नुपर्ने उनले बताए। उक्त करिडोरको केही हिस्सा अजरबैजान हुँदै जाने भएकाले राष्ट्रपति इल्हाम अलियेभसँग सम्पर्क भइरहेको र अजरबैजान सहमत रहेको पनि उनले स्पष्ट पारे।

यसैबीच पुटिनले युक्रेन द्वन्द्व अन्त्यका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरिरहेको प्रयासको प्रशंसा गरेका छन्। मोदीले पारस्परिक रूपमा स्वीकार्य र शान्तिपूर्ण समाधान खोज्न निरन्तर जोड दिइरहेको उल्लेख गर्दै उनले द्वन्द्व सकेसम्म चाँडो अन्त्य गर्ने भारतीय प्रधानमन्त्रीको इच्छाका लागि आफूहरू आभारी रहेको बताए।

यसअघि अगस्टको सुरुमा रुसी उपप्रधानमन्त्री मारात खुसनुलिनले बोस्फोरस र हर्मुज जलघाँटीसँग सम्बन्धित पारवहन जोखिम कम गर्न हिन्द महासागरमा प्रत्यक्ष रेलमार्ग निर्माणको सम्भाव्यता अध्ययन गर्नुपर्ने बताएका थिए। उनले तुर्कमेनिस्तान, इरान, अफगानिस्तान र पाकिस्तान हुँदै भारतसम्म पुग्ने वैकल्पिक मार्गको प्रस्ताव गरेका थिए।

अमेरिका, इजरायल र इरानबीचको सशस्त्र वैमनस्यपछि हर्मुज जलघाँटीमा बढेको समुद्री अवरोधका कारण वैकल्पिक व्यापार मार्गको चर्चा बढेको हो । उक्त जलघाँटीबाट विश्वव्यापी तेल व्यापारको करिब २५ प्रतिशत तथा एलएनजी ढुवानीको करिब २० प्रतिशत हिस्सा हुने भएकाले यसको पारवहन व्यवस्था अन्तर्राष्ट्रिय व्यापारका लागि महत्त्वपूर्ण मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जबर्जस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय ठहर भई कैद भुक्तान गरिरहेका एक फरार कैदी पक्राउ परेका छन् । धादिङको सिद्धलेक गाउँपालिका–३ स्थायी ठेगाना भएका ३८ वर्षीय गणेश श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । श्रेष्ठ केन्द्रीय कार्यालय सुन्धारामा २०८१ माघ १८ गतेदेखि कैद भुक्तान गरिरहेका थिए । तर, २०८२ भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा ...
: नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको ६ महिनामा ’फासीवादी’ प्रवृत्ति देखिएको भन्दै आलोचना गरेका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा नेता थापाले वर्तमान सरकारको ६ महिना पूर्वप्रधानमन्त्रीको गैरकानुनी गिरफ्तारीबाट सुरू भई पूर्वप्रधानन्यायाधीशको नाटक मञ्चनसम्म पुगेको टिप्पणी गरे । फासीवादको मार्गबाट लोकतन्त्रको मार्गमा फर्कन,संसद् तथा जनताप्रति उत्तरदायी बन्न र लोकतन्त्रको पूर्ण पुनर्वहाली गर्न सरकारलाई उनले ...
। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले लुम्बिनी बौद्ध विश्वविद्यालयको विशिष्ट पहिचानलाई कायम राख्दै बौद्ध दर्शनको अध्ययन, अध्यापन र अनुसन्धानलाई प्राथमिकतामा राख्न निर्देशन दिएका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयको शुक्रबार अवलोकन भ्रमणका क्रममा मन्त्री पोखरेलले विश्वविद्यालय स्थापनाको उद्देश्यअनुरूप बौद्ध दर्शनमा केन्द्रित शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएका हुन् । विश्वविद्यालयले हाल सञ्चालन गरिरहेका शैक्षिक कार्यक्रमलाई क्रमश: बौद्ध दर्शनसँग सम्बन्धित ...
: हुम्लाको हल्जी र लिमी क्षेत्रबाट पाँच जना विदेशी नागरिकको उद्धार गरिएको छ। लेक लागेर बिरामी परेपछि उनीहरूको उद्धार गरिएको हो। उनीहरूलाई सिम्रिक एयरको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो। उद्धार गरिनेमा दुई जना इटालीका र ३ जना जमर्नीका नागरिक रहेको सिम्रिक एयरका महाप्रबन्धक मुरलीधर जोशीले जानकारी दिए। उनीहरूलाई हुम्लाको हल्जी र लिमी क्षेत्रबाट सुर्खेत ल्याइएको थियो।
। सिरहाको कर्जन्हामा यात्रुवाहक विद्युतीय गाडी (ईभी) लाई टिपरले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत कर्जन्हा नगरपालिका–४ भुल्केमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको म.प्र.०१–००१ ज.०१२४ नम्बरको ईभीलाई विपरीत दिशाबाट आउँदै गरेको म.प्र.०३–००२ ख.३९९६ नम्बरको टिफरले ठक्कर दिएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी गोलबजार नगरपालिका–४ निवासी महेन्द्र ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम