मुख्य समाचार
चाडपर्वमा हुनसक्ने आपराधीक गतिविधिलाई नियन्त्रण गर्न काठमाडौं प्रहरी परिसरले चाडपर्व लक्षित विशेष सुरक्षा योजना
चाडपर्वमा हुनसक्ने आपराधीक गतिविधिलाई नियन्त्रण गर्न काठमाडौं प्रहरी परिसरले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

: जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना ल्याएको छ। चाडपर्वमा हुनसक्ने आपराधीक गतिविधिलाई नियन्त्रण गर्न काठमाडौं प्रहरी परिसरले चाडपर्व लक्षित विशेष सुरक्षा योजना ल्याएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार पत्रकार सम्मेलन गर्दै चाडपर्वका बेला सम्भावित आपराधिक गतिविधि नियन्त्रण गरी सुरक्षित, मर्यादित र सुव्यवस्थित वातावरण बनाउन ३ हजार ५०६ जना सुरक्षाकर्मी परिचालन गरिने जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।

उनले काठमाडौंका विभिन्न स्थानमा जडान गरिएका १ हजार २४२ वटा सिसीटिभी क्यामेरा र ३ वटा ड्रोनमार्फत आकाशबाट समेत निगरानी गरिने भन्दै काठमाडौंका प्रमुख नाका तथा अत्यधिक भीडभाड हुने संवेदनशील स्थानहरूमा तालिमप्राप्त कुकुर सहितको टोलीले नियमित ‘डग स्निफिङ’ गर्ने जानकारी दिए। सुरक्षा कायम गर्न १६६ वटा मोबाइल भ्यान, ५०८ स्थानमा स्ट्याटिक पिकेट, २१० वटा पैदल गस्ती र १५२ स्थानमा मोटरसाइकल परिचालन हुने प्रवक्ता थापाले उल्लेख गरे।

त्यस्तै जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलिप घिमिरेले चाडपर्वलाई लक्षित गरी सामान्य अवस्थाको भन्दा अझ व्यवस्थित, परिष्कृत र प्रविधि–मैत्री विशेष सुरक्षा योजना बनाएर लागू गरिएको जानकारी दिए। उनले चाडपर्वका बेला हुन सक्ने चोरी, लुटपाट, गुण्डागर्दी, जुवातास, टिकटमा हुने ठगी, ओभरलोड र सवारी दुर्घटना जस्ता विकृति–विसङ्गतिहरूलाई न्यूनीकरण तथा नियन्त्रण गर्ने लक्ष्य राखिएको गरे।

यात्रुहरूलाई ठगी र असुविधाबाट बचाउन तथा सहजीकरण गर्नका लागि नागरिक सहायता कक्षहरू स्थापना गरी प्रहरी परिचालनलाई व्यापक बनाइएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल सरकारले मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली (एफडब्लूसीएमएस) मा सूचीकृत नेपाली म्यानपावर कम्पनीलाई प्रणालीबाट हटाउन मलेसिया सरकारलाई आग्रह गरेको छ । मलेसियाले नेपाली श्रमिक भर्नाका लागि २५ वटा म्यानपावर कम्पनीलाई ‘प्रिन्सिपल’ र ती अन्तर्गत २ सय ५० कम्पनीलाई ‘सपोर्टिङ’ वा सहायक संस्थाका रूपमा सूचीकृत गरेपछि उत्पन्न विवाद समाधान गर्न नेपालले यस्तो पहल गरेको हो ...
। जबर्जस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय ठहर भई कैद भुक्तान गरिरहेका एक फरार कैदी पक्राउ परेका छन् । धादिङको सिद्धलेक गाउँपालिका–३ स्थायी ठेगाना भएका ३८ वर्षीय गणेश श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । श्रेष्ठ केन्द्रीय कार्यालय सुन्धारामा २०८१ माघ १८ गतेदेखि कैद भुक्तान गरिरहेका थिए । तर, २०८२ भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा ...
: नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको ६ महिनामा ’फासीवादी’ प्रवृत्ति देखिएको भन्दै आलोचना गरेका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा नेता थापाले वर्तमान सरकारको ६ महिना पूर्वप्रधानमन्त्रीको गैरकानुनी गिरफ्तारीबाट सुरू भई पूर्वप्रधानन्यायाधीशको नाटक मञ्चनसम्म पुगेको टिप्पणी गरे । फासीवादको मार्गबाट लोकतन्त्रको मार्गमा फर्कन,संसद् तथा जनताप्रति उत्तरदायी बन्न र लोकतन्त्रको पूर्ण पुनर्वहाली गर्न सरकारलाई उनले ...
। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले लुम्बिनी बौद्ध विश्वविद्यालयको विशिष्ट पहिचानलाई कायम राख्दै बौद्ध दर्शनको अध्ययन, अध्यापन र अनुसन्धानलाई प्राथमिकतामा राख्न निर्देशन दिएका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयको शुक्रबार अवलोकन भ्रमणका क्रममा मन्त्री पोखरेलले विश्वविद्यालय स्थापनाको उद्देश्यअनुरूप बौद्ध दर्शनमा केन्द्रित शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएका हुन् । विश्वविद्यालयले हाल सञ्चालन गरिरहेका शैक्षिक कार्यक्रमलाई क्रमश: बौद्ध दर्शनसँग सम्बन्धित ...
: हुम्लाको हल्जी र लिमी क्षेत्रबाट पाँच जना विदेशी नागरिकको उद्धार गरिएको छ। लेक लागेर बिरामी परेपछि उनीहरूको उद्धार गरिएको हो। उनीहरूलाई सिम्रिक एयरको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो। उद्धार गरिनेमा दुई जना इटालीका र ३ जना जमर्नीका नागरिक रहेको सिम्रिक एयरका महाप्रबन्धक मुरलीधर जोशीले जानकारी दिए। उनीहरूलाई हुम्लाको हल्जी र लिमी क्षेत्रबाट सुर्खेत ल्याइएको थियो।
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम