मुख्य समाचार
चाडपर्वमा हुनसक्ने आपराधीक गतिविधिलाई नियन्त्रण गर्न काठमाडौं प्रहरी परिसरले चाडपर्व लक्षित विशेष सुरक्षा योजना
चाडपर्वमा हुनसक्ने आपराधीक गतिविधिलाई नियन्त्रण गर्न काठमाडौं प्रहरी परिसरले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

: जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना ल्याएको छ। चाडपर्वमा हुनसक्ने आपराधीक गतिविधिलाई नियन्त्रण गर्न काठमाडौं प्रहरी परिसरले चाडपर्व लक्षित विशेष सुरक्षा योजना ल्याएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार पत्रकार सम्मेलन गर्दै चाडपर्वका बेला सम्भावित आपराधिक गतिविधि नियन्त्रण गरी सुरक्षित, मर्यादित र सुव्यवस्थित वातावरण बनाउन ३ हजार ५०६ जना सुरक्षाकर्मी परिचालन गरिने जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।

उनले काठमाडौंका विभिन्न स्थानमा जडान गरिएका १ हजार २४२ वटा सिसीटिभी क्यामेरा र ३ वटा ड्रोनमार्फत आकाशबाट समेत निगरानी गरिने भन्दै काठमाडौंका प्रमुख नाका तथा अत्यधिक भीडभाड हुने संवेदनशील स्थानहरूमा तालिमप्राप्त कुकुर सहितको टोलीले नियमित ‘डग स्निफिङ’ गर्ने जानकारी दिए। सुरक्षा कायम गर्न १६६ वटा मोबाइल भ्यान, ५०८ स्थानमा स्ट्याटिक पिकेट, २१० वटा पैदल गस्ती र १५२ स्थानमा मोटरसाइकल परिचालन हुने प्रवक्ता थापाले उल्लेख गरे।

त्यस्तै जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलिप घिमिरेले चाडपर्वलाई लक्षित गरी सामान्य अवस्थाको भन्दा अझ व्यवस्थित, परिष्कृत र प्रविधि–मैत्री विशेष सुरक्षा योजना बनाएर लागू गरिएको जानकारी दिए। उनले चाडपर्वका बेला हुन सक्ने चोरी, लुटपाट, गुण्डागर्दी, जुवातास, टिकटमा हुने ठगी, ओभरलोड र सवारी दुर्घटना जस्ता विकृति–विसङ्गतिहरूलाई न्यूनीकरण तथा नियन्त्रण गर्ने लक्ष्य राखिएको गरे।

यात्रुहरूलाई ठगी र असुविधाबाट बचाउन तथा सहजीकरण गर्नका लागि नागरिक सहायता कक्षहरू स्थापना गरी प्रहरी परिचालनलाई व्यापक बनाइएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई ‘एटिएम मेसिन’बाटै १०० रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ । राष्ट्र बैंकको निर्देशनसँगै केही बैंक तथा वित्तीय संस्थाले नयाँ खाले एटिएम मेसिनबाट १०० रुपैयाँका नोट पनि वितरण गर्न थालेका छन् । नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले भोटेकोशीे बाढीले ठूलो जनधनको ...
। कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले संवैधानिक इजलास गठनका क्रममा सर्वोच्च अदालतमा भएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रधानन्यायाधीशले संवैधानिक इजलास गठनलाई व्यक्तिगत तजबिजको विषय बनाइराख्ने प्रवृत्ति देखिएको बारले संवैधानिक इजलास गठनको मापदण्ड तय गर्न माग गरेको हो । बारले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरिनुपर्ने र त्यसो गर्न नसकिने वस्तुगत अवस्था ...
। इजरायल पठाउने भन्दै ठगी गरेको आरोपमा थप दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ज्ञानबहादुर कार्की र शिवराम श्रेष्ठलाई पक्राउ गरेको हो । उनीहरूलाई मुलपानी क्षेत्रबाट पक्राउ गरिएको सीआईबीका एसएसपी अनुपम शमशेर जबराले बताए । योसँगै पक्राउ पर्नेको संख्या चार पुगेको छ । यसअघि सीआईबीले कांग्रेस नेता भरतप्रसाद चौलागाईं र दोलखाकी ...
। मलेसियाले आगामी नोभेम्बर ५ देखि नेपालबाट नयाँ प्रणाली मार्फत श्रमिक लैजाने जनाएको छ । मलेसियाले ‘फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम’ (एफडब्लुसीएमएस) मार्फत श्रमिक लैजाने अन्तिम मिति आगामी ५ नोभेम्बर २०२६ भनेको छ । मलेसिया सरकारका लागि विदेशी श्रमिक भर्तीसम्बन्धी प्रणाली सञ्चालन गर्दै आएको बेस्टिनेट एसडिएन बीएचडीले ६ अक्टोबरमा ‘मेमो’ जारी गर्दै नेपालका लागि ५ नोभेम्बर २०२६ ...
। दाङमा स्कुल बसको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यानको शारदा नगरपालिका –२ खलङ्गा घर भई तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवामा डेरा गरी बस्ने पप्पु नेपालीका २ वर्षीय छोरा आयन रहेका छन् । बुधबार बिहान तुलसीपुर उपमहानगरपालिका–७ गैरापातु झोलुङ्गे पुलस्थित सडकमा लु.प्र.०२–००१ क ०००४ नम्बरको लक्ष्य एकेडेमीको बसले ठक्कर दिँदा बालक गम्भीर घाइते भएका ...