मुख्य समाचार
अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)बाट निलम्बनमा परेको सय दिन पूरा
अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)बाट निलम्बनमा परेको सय दिन पूरा

। अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)बाट निलम्बनमा परेको सय दिन पूरा भयो ।

तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफाले गत २४ जुनमा नेपालमाथि अनिश्चित कालका लागि निलम्बन गरेको थियो । तर, सय दिन बितिसक्दा पनि फुकुवा हुने कुनै संकेत देखिएको छैन ।

फिफाले यसअघि नेपालका छिमेकी राष्ट्र भारत र पाकिस्तानलाई पनि निलम्बन गरेको थियो । तर, भारत १० दिन र पाकिस्तान २४ दिनमा निलम्बन हुन सफल भए । तर, नेपाल भने सय दिन बितिसक्दा पनि फुकुवाबारेको अन्यौलताबाट उम्किन सकेको छैन ।

तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै भारतमाथि केही समयअघि फिफा निलम्बन लगाएको थियो । तर, भारत १० दिनमै निलम्बन फुकुवा गर्न सफल भयो ।

तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै १६ अगष्ट २०२२ मा भारतलाई निलम्बन गर्दा त्यसको १० दिनपछि २६ अगष्ट फिफाले भारतमाथि लगाएको निलम्बन फुकुवा गर्‍यो ।

तत्कालीन अध्यक्ष प्रफुल पटेलले तीन कार्यकाल अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ) को नेतृत्व गरिसकेका थिए । भारतको राष्ट्रिय खेलकुद संहिताअनुसार उनी थप कार्यकालका लागि योग्य थिएनन् । कार्यकाल सकिँदासम्म पनि उनले नयाँ निर्वाचन गर्न सकेनन् ।

त्यसपछि त्यसलाई हस्तक्षेप गर्दै भारतको सर्वोच्च अदालतले एआईएफएफको कामकारबाही हेर्ने गरी तत्कालीन पूर्वन्यायाधीश एआर दवेको नेतृत्वमा कमिटी अफ एडमिनिस्ट्रेटर्स (सीओए) गठन गर्‍यो । जसले भारतलाई निलम्बनसम्म पुर्‍यायो ।

फिफाका सदस्य राष्ट्रका फुटबल महासंघहरू कानुनी तथा राजनीतिक हस्तक्षेपबाट स्वतन्त्र हुनुपर्ने व्यवस्था छ । भारतको सर्वोच्च अदालतको उक्त निर्णयलाई फिफाले तेस्रो पक्षको हस्तक्षेप भन्यो । र निलम्बन गर्‍यो । निलम्बन गर्दा फिफाले सीओएको अधिकार पूर्ण रूपमा समाप्त गर्नुपर्ने र एआईएफएफ प्रशासनलाई पुनः जिम्मेवारी दिनुपर्ने सर्त राखेको थियो ।

निलम्बनको ६ दिनपछि भारतको सर्वोच्च अदालतले उक्त समिति विघटन गर्ने निर्णय गर्‍यो । दैनिक प्रशासन एआईएफएफकै जिम्मेवारीमा फर्किनुलाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले लगाएको निलम्बन हटाउने दिशामा महत्वपूर्ण कदम बन्यो । त्यसक्रममा फिफाले भारतको युवा मामिला तथा खेलकुद मन्त्रालयसँग निरन्तर संवाद गरेको थियो ।

सीओए विघटन भएको र एआईएफएफ प्रशासनले आफ्नो दैनिक कामकारबाहीमाथि पूर्ण नियन्त्रण पुनः प्राप्त गरेको पुष्टि भएपछि फिफाले भारतमाथिको निलम्बन हटाउने निर्णय गरेको हो ।

यस्तै ७ फेब्रुअरी २०२५ मा पाकिस्तान फुटबल महासंघ (पिएफएफ) पनि फिफाबाट निलम्बनमा परेको थियो । पाकिस्तानको निलम्बनको विषय नेपाल र भारतको जस्तो तेस्रो हस्तक्षेप थिएन । आन्तरिक विषयका कारण पिएफएफ निलम्बन परेको थियो ।

विश्व फुटबलको सर्वोच्च निकायले प्रस्ताव गरेका संवैधानिक संशोधनलाई पिएफएफ कांग्रेसले अस्वीकार गरेपछि निलम्बन सिकार भएको थियो । पिएफएफको नेतृत्वले पछि फिफा र एसियाली फुटबल महासंघ (एएफसी)को सर्त मान्न तयार भएपछि निलम्बन फुकुवा भयो । २४ दिनपछि अर्थात २ मार्चमा पाकिस्तानमाथिको निलम्बन फुकुवा भयो ।

निलम्बनमा पर्दा फिफाबाट प्राप्त हुने आर्थिक सहयोग, ग्रासरुट फुटबल विकास कार्यक्रम तथा एएफसी वा फिफाको मान्यता आवश्यक पर्ने प्रशिक्षक लाइसेन्ससम्बन्धी कार्यक्रमसमेत रोकिन पुग्छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि भाग लिन पाउँदैनन् । जुन अहिले सय दिन यता नेपाली फुटबलले भोगिरहेको छ ।

भारत र पाकिस्तानको घटना हेर्दा निलम्बन फुकुवाका लागि फिफाको सर्त मान्नुको विकल्प छैन । तर, सरकार र एन्फाबिचको टकरावले नेपाली फुटबल कहिलेसम्म अन्धकारमा धकेलिने हो निश्चित छैन ।

फिफाले नेपाली फुटबल निलम्बनका लागि २५ मार्च २०२६ को राखेपको निर्णय पूर्ण रुपमा फिर्ता लिनुपर्ने र हालको एन्फा कार्यसमितिलाई पुनर्बहाल गर्नुपर्ने सर्त राखेको छ ।

२५ मार्चमा राष्ट्रिय खेलकुद ऐनको उल्लंघन गरेको भन्दै चुनावी प्रक्रिया रोक्न, विधान संशोधन गर्न र जिल्ला संघलाई आफ्नो विधान संशोधन गरी निर्वाचन गर्न राखेपले निर्देशन दिएको थियो । सरकार न उक्त निर्णय फिर्ता लिन चाहन्छ न एन्फा तहगत निर्वाचन गर्न चाहन्छ ।

खेल मिलेमतोको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले एन्फा कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जिव पाण्डेलाई पक्राउ गरेको छ ।

अनुसन्धानको घेरा भएपछि एन्फा पदाधिकारीहरू अहिले सम्पर्कविहीन छन् । जसले नेपाली फुटबल झनै अन्यौलतातर्फ धकेलिएको छ ।

सरकार निलम्बन फुकुवाका लागि एन्फाले सहयोग नगरेको निष्कर्ष निकाल्दा एन्फाले भने सरकारले नै सहकार्य नगरेको दाबी गर्दै आएको छ । तत्काल निलम्बन फुकुवाको संकेत नदेखेपछि सरकार घरेलु लिग आफैले सञ्चालन गर्ने बाटोतिर अगाडि बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली खेलकुदमा कुनै समय अन्तर्राष्ट्रिय पदकको प्रमुख आशा मानिनेमात्रै होइन, पदक लगातार पदक पनि जित्दै आएको तेक्वान्दोले एसियाली खेलकुदमा आफ्नो पुरानो साख कायम राख्न नसकेको लामो समय भइसकेको छ। जापानको आइची–नागोयामा जारी २०औं एसियाली खेलकुदमा पनि नेपाली खेलाडी पदकविहीन बनेपछि तेक्वान्दो लगातार पाँचौं एसियाडमा पदकविहीन भएको हो। शुक्रबार ग्योरोगीको ८० केजीमुनिको तौलसमूहमा अभिषेक बराल ...
। आईसीसी पुरुष टी–२० विश्वकप २०२८ को एसिया छनोटअन्तर्गत उपक्षेत्रीय छनोटका दुई प्रतियोगिता मलेसियामा आगामी सातादेखि सुरु हुँदैछ । उपक्षेत्रीय छनोट ‘ए’ र ‘बी’ अक्टोबर ५ देखि १४ सम्म सञ्चालन हुनेछन् । दुवै प्रतियोगितामा गरी १३ टोलीले प्रतिस्पर्धा गर्नेछन् । कुल ३६ खेल मलेसियाका बायुएमास ओभल, यूकेएम ओभल र एसटीसी ओभलमा हुनेछन् । उपक्षेत्रीय छनोट ‘ए’ मा ...
। आईसीसी पुरुष एकदिवसीय विश्वकप २०२७ को अन्तिम छनोटका लागि हुने १० टोली सम्मिलित क्वालिफायर दक्षिण अफ्रिका र नामिबियाले संयुक्त रूपमा आयोजना गर्ने भएका छन् । प्रतियोगिता फेब्रुअरी २६ देखि मार्च २१ सम्म सञ्चालन हुनेछ । विश्वकपको मुख्य प्रतियोगिताका लागि दक्षिण अफ्रिका र जिम्बाबेसहित आईसीसी एकदिवसीय वरीयताका शीर्ष आठ टोली स्वतः छनोट भइसकेका छन् । भारत, ...
। पोखरा भ्रमणमा आएको भुटान पुरुष क्रिकेट टोलीले चारवटै अभ्यास खेलमा पराजित भएको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा शुक्रबार भएको आफ्नो चौथो अभ्यास खेलमा भुटान क्यान–११ सँग १०४ रनले पराजित भयो । योसँगै भुटान सबै अभ्यास खेलमा पराजित हुन पुग्यो । क्यान–११ ले दिएको १७७ रनको लक्ष्य पछ्याएको भुटानले १७ ओभर ३ बलमा ७२ रनमा ...
। ओमानमा हुने आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा हुने ओमान, क्यानडा र नेपालबीच हुने शृङ्खलाका लागि नेपालको टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै नेपाली टोलीको घोषणा गरेको हो । यसअघि एसीसी प्रिमियर कपमा खेलेको टोलीबाट एक परिवर्तन गरिएको छ भने एक खेलाडी थपिएका छन् । पेस ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम