मुख्य समाचार
शेरबहादुर देउवाबाट पार्टीको १५ औँ महाधिवेशन उद्घाटन गराउने आफूहरूको इच्छा रहेको बताए
शेरबहादुर देउवाबाट पार्टीको १५ औँ महाधिवेशन उद्घाटन गराउने आफूहरूको इच्छा रहेको बताए

: नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले निवर्तमान सभापति शेरबहादुर देउवाबाट पार्टीको १५ औँ महाधिवेशन उद्घाटन गराउने आफूहरूको इच्छा रहेको बताएका छन्।

आफूहरूले देउवालाई अग्रज नेताका रूपमा सम्मान र सम्बोधन गरेको उल्लेख गर्दै चालिसेले देउवा महाधिवेशनमा आएमा सिङ्गो पार्टीले सम्मान अनुभव गर्ने बताए। पार्टी सभापति गगनकुमार थापाले सार्वजनिक समारोहहरूबाटै देउवालाई महाधिवेशन उद्घाटनका लागि आग्रह गरिसकेको उल्लेख गर्दै उनले बाँकी कुरा देउवाकै हातमा रहेको बताए।

‘पार्टीको परम्परामा सभापतिले नै उद्घाटन गर्ने चलन थियो। उहाँ (देउवा)बाटै उद्घाटन गरौँ भन्ने हाम्रो इच्छा हो, त्यो इच्छा अनुरोधका रूपमा छ। उहाँले के गर्ने भन्ने कुरा उहाँको व्यक्तिगत कुरा रह्यो,’ प्रवक्ता चालिसेले भने।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सार्वजनिक यातायातमा हुने सडक दुर्घटना न्यूनीकरण गर्न र यात्रुको सुरक्षा सुनिश्चित गर्न सरकारले सार्वजनिक सवारी साधन चलाउने चालकहरूका लागि छुट्टै व्यावसायिक लाइसेन्सको व्यवस्था गर्ने भएको छ। सङ्घीय संसद्‌मा पेस भएको सडक सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३ ले सार्वजनिक यातायात सेवामा काम गर्ने चालकहरूको दक्षता र स्वास्थ्य अवस्थालाई कडा निगरानीमा राख्ने कानुनी आधार प्रस्ताव ...
। कैलालीमा ड्यूटीमै रहेका नेपाल प्रहरीमाथि कुटपिट गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । बिहीबार दिउँसो भजनी नगरपालिका–३ ठेकीपुरचोकमा भारतबाट मोटरसाइकलमा ल्याइरहेको अवैध सामान नियन्त्रणमा लिन खोज्दा इलाका प्रहरी कार्यालय भजनीमा कार्यरत दुई जना प्रहरीमाथि कुटपिट गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भजनी नगरपालिका–३ पडरियाका लोकबहादुर साउँद, धन्या साउद र गम्भीर ...
। सडक दुर्घटना हुनासाथ सम्पूर्ण दोष चालकको टाउकोमा थोपरेर पूर्वाधार वा प्रणालीगत कमजोरीबाट उम्किने प्रवृत्तिको अन्त्य गर्न सरकारले नयाँ कानुनी व्यवस्था गर्ने प्रस्ताव गरेको छ । सङ्घीय संसद्‌मा पेस भएको सडक सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३ ले दुर्घटनाको वास्तविक र वैज्ञानिक कारण पत्ता लगाउन विभिन्न क्षेत्रका विशेषज्ञहरू सम्मिलित उच्चस्तरीय सडक दुर्घटना अध्ययन समिति गठन ...
। नेपालमा नयाँ विमानस्थल निर्माण तथा सञ्चालनका लागि राज्यको सीमित बजेटमा मात्र भर पर्नुपर्ने अवस्थाको अन्त्य हुने भएको छ। सङ्घीय संसद्‌मा पेस भएको नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक, २०८३ ले स्वदेशी तथा विदेशी निजी क्षेत्रको लगानी भित्र्याएर सार्वजनिक–निजी साझेदारी मार्फत विमानस्थल बनाउन र सञ्चालन गर्न सक्ने बाटो खुला गर्ने प्रस्ताव गरेको ...
। सडक दुर्घटनामा परेका घाइतेलाई भर्ना लिन नमान्ने वा उपचारमा आलटाल गर्ने अस्पतालहरूलाई सरकारले कानुनी दायरामा ल्याउने भएको छ। सङ्घीय संसद्‌मा पेस भएको सडक सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३ ले दुर्घटनाका घाइतेलाई अस्पताल पुर्‍याउनासाथ उपचार गर्नुपर्ने बाध्यात्मक कानुनी दायित्व तोकेको हो। विधेयकको दफा २९ मा घाइतेको उपचार गर्ने कर्तव्य र स्वास्थ्य पूर्वाधारसम्बन्धी महत्त्वपूर्ण व्यवस्था गरिएको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम