मुख्य समाचार
काठमाडौंमा गुणस्तरहीन खाद्य सामाग्री बिक्री गर्ने २ जना पक्राउ
काठमाडौंमा गुणस्तरहीन खाद्य सामाग्री बिक्री गर्ने २ जना पक्राउ

: काठमाडौंमा गुणस्तरहीन खाद्य सामाग्री बिक्री गर्ने २ जना पक्राउ परेका छन्। चन्द्रगिरी नगरपालिका-१५ तिनथाना स्थित सिद्धि विनायक खाद्य स्टोरमा मापदण्ड विपरीत म्याद गुजारिएका खाद्यान्नमा नयाँ मिति राखेर बिक्री गरेको आरोपमा बाराको प्रसौनि गाउपालिका-१ का विजेन्द्र साह र पर्साको बिन्दाबासिनी गाउपालिका-२ बहुअरुवा भाठाका अखिलेस प्रसाद कलवार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दान बहादुर थापाले जानकारी दिए।

उनका अनुसार जिल्ला प्रहरी परिसर, काठमार्डी र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोली स्थलगत अनुगमन गर्दा मिति गुजारिएका, मिति उल्लेख नगरिएका, खाद्यान्नहरूमा नयाँ मिति र लेबलिङ गरी बिक्री वितरण गरिरहेको अवस्थामा फेला पारि नियन्त्रणमा लिइएको हो।

उनीहरुमाथि थप अनुसन्धान कार्य भइरहेको प्रहरीको भनाई छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बाटो खन्ने बहानामा वा अन्जानमै सडकका सुरक्षा संरचना, ट्राफिक चिह्न र बारहरू भत्काएर अलपत्र छाड्ने प्रवृत्तिलाई सरकारले कानुनी दायरामा ल्याउने भएको छ। सङ्घीय संसद्‌मा पेस भएको सडक सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३ ले सडकका संरचना बिगारेर वा मासेर दुर्घटना निम्त्याउने व्यक्ति वा संस्थालाई कडा सजाय गर्ने व्यवस्था प्रस्ताव गरेको हो। विधेयकको दफा १३ मा ...
। हवाई दुर्घटना हुँदा यात्रु तथा सम्पत्तिको क्षतिपूर्ति सुनिश्चित गर्न र सेवा प्रदायकलाई थप उत्तरदायी बनाउन सरकारले बीमासम्बन्धी कडा कानुनी व्यवस्था प्रस्ताव गरेको छ। सङ्घीय संसद्‌मा पेस भएको नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८३ ले बीमा नगरी जहाज उडाउने वायुसेवा कम्पनीलाई २५ लाख रुपैयाँसम्मको भारी जरिबाना गर्ने व्यवस्था अघि ...
। हवाई दुर्घटना रोक्न र उडान सुरक्षा मापदण्डको पूर्ण पालना गराउन सरकारले फिल्डमा खटिने प्राविधिक निरीक्षक (इन्स्पेक्टर) लाई विशेषाधिकार दिने कानुन प्रस्ताव गरेको छ। सङ्घीय संसद्‌मा पेस भएको नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८३ ले उडान सुरक्षामा सम्झौता नहोस् भन्नका लागि निरीक्षकहरूलाई तत्काल कारबाही गर्न सक्ने अधिकारसहित शक्तिशाली बनाएको ...
। सडक दुर्घटनाको वास्तविक तथ्याङ्क सङ्कलन गर्न र घाइतेको उद्धारलाई प्रभावकारी बनाउन सरकारले एकीकृत डिजिटल अभिलेख प्रणाली निर्माण गर्ने भएको छ। सङ्घीय संसद्‌मा पेस भएको सडक सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३ ले दुर्घटनाको सम्पूर्ण विवरण एउटै प्लेटफर्ममा सुरक्षित राख्न यस्तो प्रणाली स्थापना गर्ने कानुनी आधार अघि सारेको हो। विधेयकको दफा ३३ ले सडक दुर्घटना अभिलेख ...
। सार्वजनिक यातायातमा हुने सडक दुर्घटना न्यूनीकरण गर्न र यात्रुको सुरक्षा सुनिश्चित गर्न सरकारले सार्वजनिक सवारी साधन चलाउने चालकहरूका लागि छुट्टै व्यावसायिक लाइसेन्सको व्यवस्था गर्ने भएको छ। सङ्घीय संसद्‌मा पेस भएको सडक सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३ ले सार्वजनिक यातायात सेवामा काम गर्ने चालकहरूको दक्षता र स्वास्थ्य अवस्थालाई कडा निगरानीमा राख्ने कानुनी आधार प्रस्ताव ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम