मुख्य समाचार
जनकपुर बोल्ट्सले इंग्ल्यान्डका पूर्व अन्तर्राष्ट्रिय अलराउन्डर मोइन अलीलाई नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका लागि अनुबन्ध
जनकपुर बोल्ट्सले इंग्ल्यान्डका पूर्व अन्तर्राष्ट्रिय अलराउन्डर मोइन अलीलाई नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका लागि अनुबन्ध

: जनकपुर बोल्ट्सले इंग्ल्यान्डका पूर्व अन्तर्राष्ट्रिय अलराउन्डर मोइन अलीलाई नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका लागि अनुबन्ध गरेको छ ।

अली यस सिजनका लागि बोल्ट्समा आबद्ध हुने चौथो विदेशी खेलाडी हुन् । यसअघि बोल्ट्सले कप्तानका रूपमा हरमित सिंह, न्युजिल्यान्डका अलराउन्डर जिमी निशाम र पाकिस्तानका ब्याटर इफ्तिखार अहमदलाई अनुबन्ध गरिसकेको छ ।

बायाँ हाते ब्याटर र अफस्पिन बलर मोइन इंग्ल्यान्ड क्रिकेटको सफल युगका प्रमुख खेलाडी थिए । उनी सन् २०१९ मा घरेलु मैदानमा एकदिवसीय विश्वकप जित्ने इंग्ल्यान्ड टोलीका सदस्य थिए। सन् २०२२ मा अस्ट्रेलियामा भएको टी२० विश्वकपमा उपाधि जित्दा उनी इंग्ल्यान्डका उपकप्तान थिए ।
तीनै ढाँचामा इंग्ल्यान्डको प्रतिनिधित्व गरेका मोइन टेस्ट क्रिकेटमा ३ हजारभन्दा बढी रन र २ सयभन्दा बढी विकेट लिने थोरै अंग्रेज खेलाडीमध्ये पर्छन्। उनले टी२० अन्तर्राष्ट्रियमा इंग्ल्यान्डको कप्तानी पनि गरिसकेका छन् । सन् २०२४ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका मोइन विश्वका प्रमुख फ्रेन्चाइज लिगमा निरन्तर सक्रिय छन् । इन्डियन प्रिमियर लिगमा उनले चेन्नई सुपर किंग्सबाट खेल्दै सन् २०२१ र २०२३ मा उपाधि जितेका थिए।

अलीले नेपाली क्रिकेटको माहोल आफैं अनुभव गर्न आतुर रहेको बताए । 'नेपाली क्रिकेट समर्थकहरूको अपार जोश र आफ्नो टोलीलाई समर्थन गर्न जहाँसुकै पुग्ने उनीहरूको समर्पण मैले देखेको छु । अब त्यो अद्भुत माहोल आफैँ अनुभव गर्न आतुर छु । बोल्ट्सका लागि यो सिजन रोमाञ्चक रहने अपेक्षा छ । म मैदानमा टोलीका लागि आफ्नो शतप्रतिशत दिन तयार छु,' उनले भने ।

जनकपुर बोल्ट्सका प्रमुख कार्यकारी अधिकृत निरोज खतिवडाले मधेशका क्रिकेट प्रेमीलाई अलीको अनुबन्धन एक उपहार रहेको बताए । 'अलीको आगमन नेपाली क्रिकेट र एनपीएलको बढ्दो विश्वव्यापी पहिचानको प्रमाण हो । यो अनुबन्ध हाम्रा समर्थक र आफ्नो टोलीलाई मुटुभन्दा प्यारो मान्ने मधेशका जनताप्रति समर्पित छ । तपाईंहरूको माया र विश्वासका लागि यो हाम्रो उपहार हो। यसपटक जनकपुरको गर्जन अझ ठूलो हुनेछ,' उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अर्जेन्टिनाका कप्तान तथा विश्व फुटबलका महान् खेलाडी लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका छन् । अन्तिम अन्तर्राष्ट्रिय खेलमा मेसीले एक गोल र दुई असिस्ट गर्दै अर्जेन्टिनालाई बेनिनमाथि ३–० को सहज जित दिलाएपछि उनको भावुक बिदाइ गरिएको छ । ब्युनस आयर्सस्थित मोनुमेन्टल स्टेडियममा ८५ हजारभन्दा बढी दर्शकबीच ३९ वर्षीय मेसीले आफ्नो २१ वर्ष लामो अन्तर्राष्ट्रिय करियरको अन्तिम ...
: १० औं राष्ट्रिय खेलकुदको लागि सुर्खेतको विरेन्द्रनगरमा सचिवालय स्थापना गरिएको छ। १० औं राष्ट्रिय खेलकुदको आयोजनाको लागि हाल राखेप सदस्य सचिव रामचरित्र मेहेताको टोलीले विरेन्द्रनगरको रंगशाला परिसरमा सचिवालय स्थापना गरेको हो। कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले सचिवालयको उद्घाटन गरे। सचिवालय स्थापनाका क्रममा कर्णाली प्रदेशका माननीय सामाजिक विकास मन्त्री जितबहादुर मल्ल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव ...
। सर्बियन स्टार नोभाक जोकोभिच चाइना ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । सोमबार भएको सेमिफाइनलमा रुसका डानिल मेडभेडेभलाई २-० को सेटमा पराजित गर्दै ३९ वर्षीय जोकोभिच उपाधिको नजिक पुगेका हुन् । जोकोभिचले पहिलो सेट ७-५ ले जितेका थिए । दोस्रो सेट ५-३ मा चलिरहँदा उनले म्याचका लागि सर्भ गर्दै थिए र १५-१५ को स्कोर थियो । सोही ...
: आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा हुने श्रृंखलाको लागि नेपाली टोलीको बिदाई गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार टोलीको बिदाइ गरेको हो। क्यान अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का लगायतले टोलीलाई शुभकामना दिँदै बिदाइ गरे। नेपाल, ओमान र क्यानडाबीचको शृङ्खला अक्टोबर ९ देखि १९ सम्म ओमानमा हुनेछ। बिदाई कार्यक्रममा बोल्दै क्यानका ...
: वर्षौंदेखि मिति तोकिने र सर्ने क्रमले अन्योलमा परेको १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता अब भने कर्णालीमा हुने सुनिश्चितता भएको छ। आइतबार कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रहेको प्रदेश रंगशालामा भएको १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मुल आयोजक समितिको बैठकले कर्णालीमा खेलकुदको महाकुम्भ हुने कुराको सुनिश्चितता गरेको हो। कर्णालीको राजधानीमा संघीय सरकारका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, कर्णाली ...