मुख्य समाचार
सडकमा ठक्कर दिएर सवारी साधन भागेमा वा बिमा नभएको सवारी साधनले दुर्घटना गराएमा अब पीडितले सरकारी कोषबाटै क्षतिपूर्ति पाउने
सडकमा ठक्कर दिएर सवारी साधन भागेमा वा बिमा नभएको सवारी साधनले दुर्घटना गराएमा अब पीडितले सरकारी कोषबाटै क्षतिपूर्ति पाउने

। सडकमा ठक्कर दिएर सवारी साधन भागेमा वा बिमा नभएको सवारी साधनले दुर्घटना गराएमा अब पीडितले सरकारी कोषबाटै क्षतिपूर्ति पाउने भएका छन्।

सङ्घीय संसद्‌मा पेस भएको सडक सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३ ले दुर्घटनाका असहाय पीडितलाई राहत दिन यस्तो नयाँ व्यवस्था प्रस्ताव गरेको हो।

विधेयकको दफा ३१ ले सडक दुर्घटनाको हानि–नोक्सानी तथा क्षतिपूर्तिसम्बन्धी महत्त्वपूर्ण व्यवस्था गरेको छ। उक्त दफाको उपदफा (१) अनुसार, सडक दुर्घटना गराउने सवारी साधनको पहिचान हुन नसकेको (हिट एण्ड रन) कारणबाट वा बीमा नभएको सवारी साधनको सवारी धनी वा चालकको कुनै सम्पत्ति नभएको कारणबाट क्षतिपूर्ति प्राप्त गर्न नसकेका घाइतेलाई राष्ट्रिय सडक सुरक्षा परिषद्‌ले आफ्नो कोषबाट क्षतिपूर्ति दिन सक्नेछ।

यसले गर्दा ठक्कर दिने सवारी नभेटिँदा वा चालक गरिब हुँदा उपचार र राहत नपाएर छटपटाउनुपर्ने अवस्थाको अन्त्य हुनेछ।

त्यसैगरी, जथाभावी पार्किङ गर्ने र सडकमा निर्माण सामग्री वा अन्य सामान थुपार्ने प्रवृत्तिलाई निरुत्साहित गर्न विधेयकले कडा हर्जानाको व्यवस्था गरेको छ।

उपदफा (२) बमोजिम सडकको सवारी गुड्ने भाग वा पार्किङ निषेधित क्षेत्रमा पार्किङ गराई राखेका सवारी साधनको कारणले दुर्घटना भई कुनै हानि–नोक्सानी भएमा त्यसरी पार्किङ गर्ने सवारीको धनी तथा चालकबाटै क्षतिपूर्ति असुल उपर गरी दुर्घटनाका घाइते वा क्षति पुगेका व्यक्तिलाई प्रदान गरिनेछ।

यति मात्र नभई, सडक वा सडकपेटीलाई गोदाम बनाउनेहरूले पनि अब दुर्घटनाको आर्थिक दायित्व बोक्नुपर्नेछ।

उपदफा (३) ले सडकको सवारी गुड्ने भाग वा सडकपेटीमा अनाधिकृत रूपमा मालसामान राखेका कारण सडक दुर्घटना भई हानि नोक्सानी भएमा त्यस्तो मालसामान राख्ने व्यक्ति वा संस्थाबाट क्षतिपूर्ति असुल गरी त्यस्तो सडक दुर्घटनाका घाइते वा क्षति पुगेका व्यक्तिलाई प्रदान गरिने बाध्यात्मक व्यवस्था गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रधानमन्त्री बालेन शाहले अब हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिने बताएका छन् । उनका अनुसार, यसका निम्ति भवन (दोस्रो संशोधन) विधेयक २०८३ प्रतिनिधिसभामा दर्ता भएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भवन (दोस्रो संशोधन) विधेयक २०८३ प्रतिनिधिसभामा दर्ता गरेका छन् । शुक्रबार दर्ता भएको यो विधेयकबारे जानकारी दिँदै प्रधानमन्त्री वालेन्द्रले यो विधेयकको उदेश्य हरेक नागरिकको आवासको अधिकार ...
। बाटो खन्ने बहानामा वा अन्जानमै सडकका सुरक्षा संरचना, ट्राफिक चिह्न र बारहरू भत्काएर अलपत्र छाड्ने प्रवृत्तिलाई सरकारले कानुनी दायरामा ल्याउने भएको छ। सङ्घीय संसद्‌मा पेस भएको सडक सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३ ले सडकका संरचना बिगारेर वा मासेर दुर्घटना निम्त्याउने व्यक्ति वा संस्थालाई कडा सजाय गर्ने व्यवस्था प्रस्ताव गरेको हो। विधेयकको दफा १३ मा ...
। हवाई दुर्घटना हुँदा यात्रु तथा सम्पत्तिको क्षतिपूर्ति सुनिश्चित गर्न र सेवा प्रदायकलाई थप उत्तरदायी बनाउन सरकारले बीमासम्बन्धी कडा कानुनी व्यवस्था प्रस्ताव गरेको छ। सङ्घीय संसद्‌मा पेस भएको नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८३ ले बीमा नगरी जहाज उडाउने वायुसेवा कम्पनीलाई २५ लाख रुपैयाँसम्मको भारी जरिबाना गर्ने व्यवस्था अघि ...
। हवाई दुर्घटना रोक्न र उडान सुरक्षा मापदण्डको पूर्ण पालना गराउन सरकारले फिल्डमा खटिने प्राविधिक निरीक्षक (इन्स्पेक्टर) लाई विशेषाधिकार दिने कानुन प्रस्ताव गरेको छ। सङ्घीय संसद्‌मा पेस भएको नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८३ ले उडान सुरक्षामा सम्झौता नहोस् भन्नका लागि निरीक्षकहरूलाई तत्काल कारबाही गर्न सक्ने अधिकारसहित शक्तिशाली बनाएको ...
। सडक दुर्घटनाको वास्तविक तथ्याङ्क सङ्कलन गर्न र घाइतेको उद्धारलाई प्रभावकारी बनाउन सरकारले एकीकृत डिजिटल अभिलेख प्रणाली निर्माण गर्ने भएको छ। सङ्घीय संसद्‌मा पेस भएको सडक सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३ ले दुर्घटनाको सम्पूर्ण विवरण एउटै प्लेटफर्ममा सुरक्षित राख्न यस्तो प्रणाली स्थापना गर्ने कानुनी आधार अघि सारेको हो। विधेयकको दफा ३३ ले सडक दुर्घटना अभिलेख ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम