मुख्य समाचार
दुर्घटनाको दोष चालकलाई मात्र दिएर उम्किन नपाइने, अनुसन्धान गर्न विशेष समिति बन्ने
दुर्घटनाको दोष चालकलाई मात्र दिएर उम्किन नपाइने, अनुसन्धान गर्न विशेष समिति बन्ने

। सडक दुर्घटना हुनासाथ सम्पूर्ण दोष चालकको टाउकोमा थोपरेर पूर्वाधार वा प्रणालीगत कमजोरीबाट उम्किने प्रवृत्तिको अन्त्य गर्न सरकारले नयाँ कानुनी व्यवस्था गर्ने प्रस्ताव गरेको छ ।

सङ्घीय संसद्‌मा पेस भएको सडक सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३ ले दुर्घटनाको वास्तविक र वैज्ञानिक कारण पत्ता लगाउन विभिन्न क्षेत्रका विशेषज्ञहरू सम्मिलित उच्चस्तरीय सडक दुर्घटना अध्ययन समिति गठन गर्ने नयाँ प्रस्ताव अघि सारेको हो।

विधेयकको दफा ३४ ले सडक दुर्घटनाहरूको प्रकृति तथा कारणहरू पहिचान गरी रोकथामका उपाय सिफारिस गर्न यस्तो अधिकारसम्पन्न समिति गठन गर्ने अधिकार राष्ट्रिय सडक सुरक्षा परिषद्लाई दिएको छ।

उपदफा (१) बमोजिम गठन हुने यस समितिमा सडक सुरक्षासम्बन्धी विशेषज्ञलाई संयोजक बनाइनेछ भने सदस्यहरूमा सडक पूर्वाधारसम्बन्धी विशेषज्ञ इन्जिनियर र यातायात व्यवस्थासम्बन्धी विशेषज्ञ इन्जिनियर रहनेछन्।

त्यसैगरी, घाइतेको अवस्था र मेडिकल पाटो केलाउन सडक दुर्घटना उपचारसम्बन्धी विशेषज्ञ चिकित्सक (डाक्टर) लाई पनि अनुसन्धान टोलीमा राखिनेछ।

दुर्घटनामा मानवीय व्यवहार र मनोवैज्ञानिक पाटोको समेत विश्लेषण गर्न समाजशास्त्र तथा मानव व्यवहार विषयका विज्ञ र सडक सुरक्षामा अनुभव भएका अवकाश प्राप्त प्रहरी अधिकारीसमेत यस अनुसन्धान समितिका सदस्य हुनेछन्।

यसअघि ट्राफिक प्रहरीले मात्र मुचुल्का उठाएर गर्ने प्राविधिक अनुसन्धानलाई अब यो विशेषज्ञ समितिले बहुआयामिक कोणबाट हेर्नेछ। उपदफा (२) ले तोकेको काम, कर्तव्य र अधिकारअनुसार यो समितिले दुर्घटनास्थलको स्थलगत अवलोकन गर्ने, प्रत्यक्षदर्शी वा सम्बन्धित व्यक्तिसँग सोधपुछ गर्ने तथा दुर्घटनासम्बन्धी विवरण सङ्कलन गर्नेछ।

यसरी सङ्कलित तथ्यका आधारमा समितिले सडक दुर्घटनाको प्रकृति तथा सम्भावित (वास्तविक) कारण पत्ता लगाउने र सडक दुर्घटना न्यूनीकरणका लागि गर्नुपर्ने सुधारसहितको विस्तृत प्रतिवेदन तयार गरी परिषद्‌मा पेस गर्नुपर्ने बाध्यात्मक व्यवस्था विधेयकमा गरिएको छ।

यसले सडकको इन्जिनियरिङ त्रुटि, गाडीको यान्त्रिक गडबडी वा मानवीय व्यवहारमध्ये दुर्घटनाको मुख्य कारण कुन हो भन्ने खुट्याउन मद्दत गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई ‘एटिएम मेसिन’बाटै १०० रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ । राष्ट्र बैंकको निर्देशनसँगै केही बैंक तथा वित्तीय संस्थाले नयाँ खाले एटिएम मेसिनबाट १०० रुपैयाँका नोट पनि वितरण गर्न थालेका छन् । नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले भोटेकोशीे बाढीले ठूलो जनधनको ...
। कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले संवैधानिक इजलास गठनका क्रममा सर्वोच्च अदालतमा भएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रधानन्यायाधीशले संवैधानिक इजलास गठनलाई व्यक्तिगत तजबिजको विषय बनाइराख्ने प्रवृत्ति देखिएको बारले संवैधानिक इजलास गठनको मापदण्ड तय गर्न माग गरेको हो । बारले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरिनुपर्ने र त्यसो गर्न नसकिने वस्तुगत अवस्था ...
। इजरायल पठाउने भन्दै ठगी गरेको आरोपमा थप दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ज्ञानबहादुर कार्की र शिवराम श्रेष्ठलाई पक्राउ गरेको हो । उनीहरूलाई मुलपानी क्षेत्रबाट पक्राउ गरिएको सीआईबीका एसएसपी अनुपम शमशेर जबराले बताए । योसँगै पक्राउ पर्नेको संख्या चार पुगेको छ । यसअघि सीआईबीले कांग्रेस नेता भरतप्रसाद चौलागाईं र दोलखाकी ...
। मलेसियाले आगामी नोभेम्बर ५ देखि नेपालबाट नयाँ प्रणाली मार्फत श्रमिक लैजाने जनाएको छ । मलेसियाले ‘फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम’ (एफडब्लुसीएमएस) मार्फत श्रमिक लैजाने अन्तिम मिति आगामी ५ नोभेम्बर २०२६ भनेको छ । मलेसिया सरकारका लागि विदेशी श्रमिक भर्तीसम्बन्धी प्रणाली सञ्चालन गर्दै आएको बेस्टिनेट एसडिएन बीएचडीले ६ अक्टोबरमा ‘मेमो’ जारी गर्दै नेपालका लागि ५ नोभेम्बर २०२६ ...
। दाङमा स्कुल बसको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यानको शारदा नगरपालिका –२ खलङ्गा घर भई तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवामा डेरा गरी बस्ने पप्पु नेपालीका २ वर्षीय छोरा आयन रहेका छन् । बुधबार बिहान तुलसीपुर उपमहानगरपालिका–७ गैरापातु झोलुङ्गे पुलस्थित सडकमा लु.प्र.०२–००१ क ०००४ नम्बरको लक्ष्य एकेडेमीको बसले ठक्कर दिँदा बालक गम्भीर घाइते भएका ...