मुख्य समाचार
दुर्घटनाको दोष चालकलाई मात्र दिएर उम्किन नपाइने, अनुसन्धान गर्न विशेष समिति बन्ने
दुर्घटनाको दोष चालकलाई मात्र दिएर उम्किन नपाइने, अनुसन्धान गर्न विशेष समिति बन्ने

। सडक दुर्घटना हुनासाथ सम्पूर्ण दोष चालकको टाउकोमा थोपरेर पूर्वाधार वा प्रणालीगत कमजोरीबाट उम्किने प्रवृत्तिको अन्त्य गर्न सरकारले नयाँ कानुनी व्यवस्था गर्ने प्रस्ताव गरेको छ ।

सङ्घीय संसद्‌मा पेस भएको सडक सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३ ले दुर्घटनाको वास्तविक र वैज्ञानिक कारण पत्ता लगाउन विभिन्न क्षेत्रका विशेषज्ञहरू सम्मिलित उच्चस्तरीय सडक दुर्घटना अध्ययन समिति गठन गर्ने नयाँ प्रस्ताव अघि सारेको हो।

विधेयकको दफा ३४ ले सडक दुर्घटनाहरूको प्रकृति तथा कारणहरू पहिचान गरी रोकथामका उपाय सिफारिस गर्न यस्तो अधिकारसम्पन्न समिति गठन गर्ने अधिकार राष्ट्रिय सडक सुरक्षा परिषद्लाई दिएको छ।

उपदफा (१) बमोजिम गठन हुने यस समितिमा सडक सुरक्षासम्बन्धी विशेषज्ञलाई संयोजक बनाइनेछ भने सदस्यहरूमा सडक पूर्वाधारसम्बन्धी विशेषज्ञ इन्जिनियर र यातायात व्यवस्थासम्बन्धी विशेषज्ञ इन्जिनियर रहनेछन्।

त्यसैगरी, घाइतेको अवस्था र मेडिकल पाटो केलाउन सडक दुर्घटना उपचारसम्बन्धी विशेषज्ञ चिकित्सक (डाक्टर) लाई पनि अनुसन्धान टोलीमा राखिनेछ।

दुर्घटनामा मानवीय व्यवहार र मनोवैज्ञानिक पाटोको समेत विश्लेषण गर्न समाजशास्त्र तथा मानव व्यवहार विषयका विज्ञ र सडक सुरक्षामा अनुभव भएका अवकाश प्राप्त प्रहरी अधिकारीसमेत यस अनुसन्धान समितिका सदस्य हुनेछन्।

यसअघि ट्राफिक प्रहरीले मात्र मुचुल्का उठाएर गर्ने प्राविधिक अनुसन्धानलाई अब यो विशेषज्ञ समितिले बहुआयामिक कोणबाट हेर्नेछ। उपदफा (२) ले तोकेको काम, कर्तव्य र अधिकारअनुसार यो समितिले दुर्घटनास्थलको स्थलगत अवलोकन गर्ने, प्रत्यक्षदर्शी वा सम्बन्धित व्यक्तिसँग सोधपुछ गर्ने तथा दुर्घटनासम्बन्धी विवरण सङ्कलन गर्नेछ।

यसरी सङ्कलित तथ्यका आधारमा समितिले सडक दुर्घटनाको प्रकृति तथा सम्भावित (वास्तविक) कारण पत्ता लगाउने र सडक दुर्घटना न्यूनीकरणका लागि गर्नुपर्ने सुधारसहितको विस्तृत प्रतिवेदन तयार गरी परिषद्‌मा पेस गर्नुपर्ने बाध्यात्मक व्यवस्था विधेयकमा गरिएको छ।

यसले सडकको इन्जिनियरिङ त्रुटि, गाडीको यान्त्रिक गडबडी वा मानवीय व्यवहारमध्ये दुर्घटनाको मुख्य कारण कुन हो भन्ने खुट्याउन मद्दत गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रधानमन्त्री बालेन शाहले अब हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिने बताएका छन् । उनका अनुसार, यसका निम्ति भवन (दोस्रो संशोधन) विधेयक २०८३ प्रतिनिधिसभामा दर्ता भएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भवन (दोस्रो संशोधन) विधेयक २०८३ प्रतिनिधिसभामा दर्ता गरेका छन् । शुक्रबार दर्ता भएको यो विधेयकबारे जानकारी दिँदै प्रधानमन्त्री वालेन्द्रले यो विधेयकको उदेश्य हरेक नागरिकको आवासको अधिकार ...
। बाटो खन्ने बहानामा वा अन्जानमै सडकका सुरक्षा संरचना, ट्राफिक चिह्न र बारहरू भत्काएर अलपत्र छाड्ने प्रवृत्तिलाई सरकारले कानुनी दायरामा ल्याउने भएको छ। सङ्घीय संसद्‌मा पेस भएको सडक सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३ ले सडकका संरचना बिगारेर वा मासेर दुर्घटना निम्त्याउने व्यक्ति वा संस्थालाई कडा सजाय गर्ने व्यवस्था प्रस्ताव गरेको हो। विधेयकको दफा १३ मा ...
। हवाई दुर्घटना हुँदा यात्रु तथा सम्पत्तिको क्षतिपूर्ति सुनिश्चित गर्न र सेवा प्रदायकलाई थप उत्तरदायी बनाउन सरकारले बीमासम्बन्धी कडा कानुनी व्यवस्था प्रस्ताव गरेको छ। सङ्घीय संसद्‌मा पेस भएको नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८३ ले बीमा नगरी जहाज उडाउने वायुसेवा कम्पनीलाई २५ लाख रुपैयाँसम्मको भारी जरिबाना गर्ने व्यवस्था अघि ...
। हवाई दुर्घटना रोक्न र उडान सुरक्षा मापदण्डको पूर्ण पालना गराउन सरकारले फिल्डमा खटिने प्राविधिक निरीक्षक (इन्स्पेक्टर) लाई विशेषाधिकार दिने कानुन प्रस्ताव गरेको छ। सङ्घीय संसद्‌मा पेस भएको नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८३ ले उडान सुरक्षामा सम्झौता नहोस् भन्नका लागि निरीक्षकहरूलाई तत्काल कारबाही गर्न सक्ने अधिकारसहित शक्तिशाली बनाएको ...
। सडक दुर्घटनाको वास्तविक तथ्याङ्क सङ्कलन गर्न र घाइतेको उद्धारलाई प्रभावकारी बनाउन सरकारले एकीकृत डिजिटल अभिलेख प्रणाली निर्माण गर्ने भएको छ। सङ्घीय संसद्‌मा पेस भएको सडक सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३ ले दुर्घटनाको सम्पूर्ण विवरण एउटै प्लेटफर्ममा सुरक्षित राख्न यस्तो प्रणाली स्थापना गर्ने कानुनी आधार अघि सारेको हो। विधेयकको दफा ३३ ले सडक दुर्घटना अभिलेख ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम