मुख्य समाचार
सरकारले सार्वजनिक सवारी साधन चलाउने चालकहरूका लागि छुट्टै व्यावसायिक लाइसेन्सको व्यवस्था गर्ने
सरकारले सार्वजनिक सवारी साधन चलाउने चालकहरूका लागि छुट्टै व्यावसायिक लाइसेन्सको व्यवस्था गर्ने

। सार्वजनिक यातायातमा हुने सडक दुर्घटना न्यूनीकरण गर्न र यात्रुको सुरक्षा सुनिश्चित गर्न सरकारले सार्वजनिक सवारी साधन चलाउने चालकहरूका लागि छुट्टै व्यावसायिक लाइसेन्सको व्यवस्था गर्ने भएको छ।

सङ्घीय संसद्‌मा पेस भएको सडक सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३ ले सार्वजनिक यातायात सेवामा काम गर्ने चालकहरूको दक्षता र स्वास्थ्य अवस्थालाई कडा निगरानीमा राख्ने कानुनी आधार प्रस्ताव गरेको हो।
विधेयकको दफा २४ ले राष्ट्रिय सडक सुरक्षा परिषद्ले यातायात सम्बन्धी निकायलाई दिन सक्ने निर्देशनबारे स्पष्ट व्यवस्था गरेको छ। उक्त दफाको उपदफा (२) मा भनिएको छ, ‘यातायात सम्बन्धी निकायले सार्वजनिक यातायात सेवामा काम गर्ने सवारी चालकको लागि व्यावसायिक सवारी चालक अनुमति पत्रसम्बन्धी छुट्टै प्रकारको मापदण्ड बनाई लागू गर्नु पर्नेछ ।’

यस व्यवस्थापछि सामान्य लाइसेन्स (निजी सवारीसाधनका लागि लिइने अनुमति) को भरमा सार्वजनिक बस वा यात्रुवाहक सवारीसाधन चलाउन पाइने छैन।

यसका साथै, चालकको स्वास्थ्य अवस्था (जस्तै: दृष्टिदोष, उच्च रक्तचाप वा अन्य शारीरिक कमजोरी) का कारण हुन सक्ने दुर्घटना रोक्न लाइसेन्स नवीकरणमा पनि नयाँ नियम प्रस्ताव गरिएको छ।

उपदफा (१) को खण्ड (ग) अनुसार, सवारी चालक अनुमतिपत्रको नवीकरण गर्दा ‘सवारी चालकको स्वास्थ्य तथा शारीरिक क्षमता परीक्षण’ को विषय अनिवार्य रूपमा समावेश गर्नुपर्ने व्यवस्था विधेयकले गरेको छ।

लाइसेन्स वितरण प्रक्रियालाई नै सडक सुरक्षामैत्री बनाउन विधेयकले थप प्रावधानहरू पनि समेटेको छ। उपदफा (१) का अन्य खण्डहरूअनुसार, सवारी चालक प्रशिक्षण केन्द्रले प्रदान गर्ने सैद्धान्तिक तथा प्रयोगात्मक कक्षाहरूको शिक्षण सामग्री, लाइसेन्स परीक्षाको पाठ्यक्रम र परीक्षा प्रणालीमा समेत सडक सुरक्षा विषय अनिवार्य रूपमा समावेश गर्नुपर्नेछ।

यी मापदण्डहरू लागू गर्न राष्ट्रिय सडक सुरक्षा परिषद्ले यातायात सम्बन्धी निकायलाई बाध्यात्मक निर्देशन दिन सक्ने व्यवस्था विधेयकमा छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रधानमन्त्री बालेन शाहले अब हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिने बताएका छन् । उनका अनुसार, यसका निम्ति भवन (दोस्रो संशोधन) विधेयक २०८३ प्रतिनिधिसभामा दर्ता भएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भवन (दोस्रो संशोधन) विधेयक २०८३ प्रतिनिधिसभामा दर्ता गरेका छन् । शुक्रबार दर्ता भएको यो विधेयकबारे जानकारी दिँदै प्रधानमन्त्री वालेन्द्रले यो विधेयकको उदेश्य हरेक नागरिकको आवासको अधिकार ...
। बाटो खन्ने बहानामा वा अन्जानमै सडकका सुरक्षा संरचना, ट्राफिक चिह्न र बारहरू भत्काएर अलपत्र छाड्ने प्रवृत्तिलाई सरकारले कानुनी दायरामा ल्याउने भएको छ। सङ्घीय संसद्‌मा पेस भएको सडक सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३ ले सडकका संरचना बिगारेर वा मासेर दुर्घटना निम्त्याउने व्यक्ति वा संस्थालाई कडा सजाय गर्ने व्यवस्था प्रस्ताव गरेको हो। विधेयकको दफा १३ मा ...
। हवाई दुर्घटना हुँदा यात्रु तथा सम्पत्तिको क्षतिपूर्ति सुनिश्चित गर्न र सेवा प्रदायकलाई थप उत्तरदायी बनाउन सरकारले बीमासम्बन्धी कडा कानुनी व्यवस्था प्रस्ताव गरेको छ। सङ्घीय संसद्‌मा पेस भएको नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८३ ले बीमा नगरी जहाज उडाउने वायुसेवा कम्पनीलाई २५ लाख रुपैयाँसम्मको भारी जरिबाना गर्ने व्यवस्था अघि ...
। हवाई दुर्घटना रोक्न र उडान सुरक्षा मापदण्डको पूर्ण पालना गराउन सरकारले फिल्डमा खटिने प्राविधिक निरीक्षक (इन्स्पेक्टर) लाई विशेषाधिकार दिने कानुन प्रस्ताव गरेको छ। सङ्घीय संसद्‌मा पेस भएको नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८३ ले उडान सुरक्षामा सम्झौता नहोस् भन्नका लागि निरीक्षकहरूलाई तत्काल कारबाही गर्न सक्ने अधिकारसहित शक्तिशाली बनाएको ...
। सडक दुर्घटनाको वास्तविक तथ्याङ्क सङ्कलन गर्न र घाइतेको उद्धारलाई प्रभावकारी बनाउन सरकारले एकीकृत डिजिटल अभिलेख प्रणाली निर्माण गर्ने भएको छ। सङ्घीय संसद्‌मा पेस भएको सडक सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३ ले दुर्घटनाको सम्पूर्ण विवरण एउटै प्लेटफर्ममा सुरक्षित राख्न यस्तो प्रणाली स्थापना गर्ने कानुनी आधार अघि सारेको हो। विधेयकको दफा ३३ ले सडक दुर्घटना अभिलेख ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम