मुख्य समाचार
सरकारले सार्वजनिक सवारी साधन चलाउने चालकहरूका लागि छुट्टै व्यावसायिक लाइसेन्सको व्यवस्था गर्ने
सरकारले सार्वजनिक सवारी साधन चलाउने चालकहरूका लागि छुट्टै व्यावसायिक लाइसेन्सको व्यवस्था गर्ने

। सार्वजनिक यातायातमा हुने सडक दुर्घटना न्यूनीकरण गर्न र यात्रुको सुरक्षा सुनिश्चित गर्न सरकारले सार्वजनिक सवारी साधन चलाउने चालकहरूका लागि छुट्टै व्यावसायिक लाइसेन्सको व्यवस्था गर्ने भएको छ।

सङ्घीय संसद्‌मा पेस भएको सडक सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३ ले सार्वजनिक यातायात सेवामा काम गर्ने चालकहरूको दक्षता र स्वास्थ्य अवस्थालाई कडा निगरानीमा राख्ने कानुनी आधार प्रस्ताव गरेको हो।
विधेयकको दफा २४ ले राष्ट्रिय सडक सुरक्षा परिषद्ले यातायात सम्बन्धी निकायलाई दिन सक्ने निर्देशनबारे स्पष्ट व्यवस्था गरेको छ। उक्त दफाको उपदफा (२) मा भनिएको छ, ‘यातायात सम्बन्धी निकायले सार्वजनिक यातायात सेवामा काम गर्ने सवारी चालकको लागि व्यावसायिक सवारी चालक अनुमति पत्रसम्बन्धी छुट्टै प्रकारको मापदण्ड बनाई लागू गर्नु पर्नेछ ।’

यस व्यवस्थापछि सामान्य लाइसेन्स (निजी सवारीसाधनका लागि लिइने अनुमति) को भरमा सार्वजनिक बस वा यात्रुवाहक सवारीसाधन चलाउन पाइने छैन।

यसका साथै, चालकको स्वास्थ्य अवस्था (जस्तै: दृष्टिदोष, उच्च रक्तचाप वा अन्य शारीरिक कमजोरी) का कारण हुन सक्ने दुर्घटना रोक्न लाइसेन्स नवीकरणमा पनि नयाँ नियम प्रस्ताव गरिएको छ।

उपदफा (१) को खण्ड (ग) अनुसार, सवारी चालक अनुमतिपत्रको नवीकरण गर्दा ‘सवारी चालकको स्वास्थ्य तथा शारीरिक क्षमता परीक्षण’ को विषय अनिवार्य रूपमा समावेश गर्नुपर्ने व्यवस्था विधेयकले गरेको छ।

लाइसेन्स वितरण प्रक्रियालाई नै सडक सुरक्षामैत्री बनाउन विधेयकले थप प्रावधानहरू पनि समेटेको छ। उपदफा (१) का अन्य खण्डहरूअनुसार, सवारी चालक प्रशिक्षण केन्द्रले प्रदान गर्ने सैद्धान्तिक तथा प्रयोगात्मक कक्षाहरूको शिक्षण सामग्री, लाइसेन्स परीक्षाको पाठ्यक्रम र परीक्षा प्रणालीमा समेत सडक सुरक्षा विषय अनिवार्य रूपमा समावेश गर्नुपर्नेछ।

यी मापदण्डहरू लागू गर्न राष्ट्रिय सडक सुरक्षा परिषद्ले यातायात सम्बन्धी निकायलाई बाध्यात्मक निर्देशन दिन सक्ने व्यवस्था विधेयकमा छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई ‘एटिएम मेसिन’बाटै १०० रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ । राष्ट्र बैंकको निर्देशनसँगै केही बैंक तथा वित्तीय संस्थाले नयाँ खाले एटिएम मेसिनबाट १०० रुपैयाँका नोट पनि वितरण गर्न थालेका छन् । नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले भोटेकोशीे बाढीले ठूलो जनधनको ...
। कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले संवैधानिक इजलास गठनका क्रममा सर्वोच्च अदालतमा भएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रधानन्यायाधीशले संवैधानिक इजलास गठनलाई व्यक्तिगत तजबिजको विषय बनाइराख्ने प्रवृत्ति देखिएको बारले संवैधानिक इजलास गठनको मापदण्ड तय गर्न माग गरेको हो । बारले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरिनुपर्ने र त्यसो गर्न नसकिने वस्तुगत अवस्था ...
। इजरायल पठाउने भन्दै ठगी गरेको आरोपमा थप दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ज्ञानबहादुर कार्की र शिवराम श्रेष्ठलाई पक्राउ गरेको हो । उनीहरूलाई मुलपानी क्षेत्रबाट पक्राउ गरिएको सीआईबीका एसएसपी अनुपम शमशेर जबराले बताए । योसँगै पक्राउ पर्नेको संख्या चार पुगेको छ । यसअघि सीआईबीले कांग्रेस नेता भरतप्रसाद चौलागाईं र दोलखाकी ...
। मलेसियाले आगामी नोभेम्बर ५ देखि नेपालबाट नयाँ प्रणाली मार्फत श्रमिक लैजाने जनाएको छ । मलेसियाले ‘फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम’ (एफडब्लुसीएमएस) मार्फत श्रमिक लैजाने अन्तिम मिति आगामी ५ नोभेम्बर २०२६ भनेको छ । मलेसिया सरकारका लागि विदेशी श्रमिक भर्तीसम्बन्धी प्रणाली सञ्चालन गर्दै आएको बेस्टिनेट एसडिएन बीएचडीले ६ अक्टोबरमा ‘मेमो’ जारी गर्दै नेपालका लागि ५ नोभेम्बर २०२६ ...
। दाङमा स्कुल बसको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यानको शारदा नगरपालिका –२ खलङ्गा घर भई तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवामा डेरा गरी बस्ने पप्पु नेपालीका २ वर्षीय छोरा आयन रहेका छन् । बुधबार बिहान तुलसीपुर उपमहानगरपालिका–७ गैरापातु झोलुङ्गे पुलस्थित सडकमा लु.प्र.०२–००१ क ०००४ नम्बरको लक्ष्य एकेडेमीको बसले ठक्कर दिँदा बालक गम्भीर घाइते भएका ...