मुख्य समाचार
सरकारले सडक दुर्घटनाको सम्पूर्ण रेकर्ड एकीकृत डिजिटल अभिलेख प्रणाली निर्माण गर्ने
सरकारले सडक दुर्घटनाको सम्पूर्ण रेकर्ड एकीकृत डिजिटल अभिलेख प्रणाली निर्माण गर्ने

। सडक दुर्घटनाको वास्तविक तथ्याङ्क सङ्कलन गर्न र घाइतेको उद्धारलाई प्रभावकारी बनाउन सरकारले एकीकृत डिजिटल अभिलेख प्रणाली निर्माण गर्ने भएको छ।

सङ्घीय संसद्‌मा पेस भएको सडक सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३ ले दुर्घटनाको सम्पूर्ण विवरण एउटै प्लेटफर्ममा सुरक्षित राख्न यस्तो प्रणाली स्थापना गर्ने कानुनी आधार अघि सारेको हो।

विधेयकको दफा ३३ ले सडक दुर्घटना अभिलेख व्यवस्थापन प्रणालीसम्बन्धी महत्त्वपूर्ण व्यवस्था प्रस्ताव गरेको छ।

उक्त दफाको उपदफा (१) अनुसार, सडक दुर्घटनाको अध्ययन तथा अनुसन्धान गर्न, न्यूनीकरणका उपायहरू अवलम्बन गर्न, भौतिक तथा मानवीय क्षतिको व्यवस्थित अभिलेख राख्न र घाइतेको उद्धार कार्यलाई प्रभावकारी बनाउन राष्ट्रिय सडक सुरक्षा परिषद्ले सडक दुर्घटना अभिलेख तथा घाइतेको उद्धार व्यवस्थापन प्रणाली स्थापना तथा सञ्चालन गर्नेछ।

यस विद्युतीय प्रणालीमा दुर्घटनाको जानकारी सबैभन्दा पहिले प्रविष्ट गर्ने जिम्मेवारी नेपाल प्रहरीलाई तोकिएको छ। विधेयकले प्रणालीमा तथ्याङ्क राख्ने पहिलो दायित्व नेपाल प्रहरीको हुने स्पष्ट पारेको छ।

प्रहरीले मात्र नभई दुर्घटनासँग सरोकार राख्ने सबै निकाय यो प्रणालीमा जोडिनेछन्। दुर्घटनापछिको उद्धारमा खटिने निकाय, उपचारमा संलग्न स्वास्थ्य संस्था, बिमासम्बन्धी संस्था, सडकसँग सम्बन्धित निकाय र स्थानीय तहलेसमेत आ–आफ्नो तर्फबाट तोकिएबमोजिमका तथ्याङ्क यस प्रणालीमा अनिवार्य रूपमा प्रविष्ट गर्नुपर्नेछ।

यति मात्र होइन, अन्य निकायका सिस्टमलाई पनि यसमा लिङ्क गरिनेछ। उपदफा (५) ले अन्य सरकारी तथा गैरसरकारी निकायद्वारा सञ्चालित प्रणालीहरूमा रहेका आवश्यक तथ्याङ्कहरू तोकिएका प्रक्रिया पूरा गरी स्वचालित रूपमा यस अभिलेख प्रणालीमा उपलब्ध गराउनुपर्ने बाध्यात्मक व्यवस्था गरेको छ।

यसले गर्दा दुर्घटनाको सङ्ख्या, घाइतेको उपचार र बिमा दाबी भुक्तानीको अवस्थाबारे राज्यसँग यकिन तथ्याङ्क हुने र फर्जी बिमा दाबीलगायतका विकृति रोक्नसमेत मद्दत पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रधानमन्त्री बालेन शाहले अब हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिने बताएका छन् । उनका अनुसार, यसका निम्ति भवन (दोस्रो संशोधन) विधेयक २०८३ प्रतिनिधिसभामा दर्ता भएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भवन (दोस्रो संशोधन) विधेयक २०८३ प्रतिनिधिसभामा दर्ता गरेका छन् । शुक्रबार दर्ता भएको यो विधेयकबारे जानकारी दिँदै प्रधानमन्त्री वालेन्द्रले यो विधेयकको उदेश्य हरेक नागरिकको आवासको अधिकार ...
। बाटो खन्ने बहानामा वा अन्जानमै सडकका सुरक्षा संरचना, ट्राफिक चिह्न र बारहरू भत्काएर अलपत्र छाड्ने प्रवृत्तिलाई सरकारले कानुनी दायरामा ल्याउने भएको छ। सङ्घीय संसद्‌मा पेस भएको सडक सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३ ले सडकका संरचना बिगारेर वा मासेर दुर्घटना निम्त्याउने व्यक्ति वा संस्थालाई कडा सजाय गर्ने व्यवस्था प्रस्ताव गरेको हो। विधेयकको दफा १३ मा ...
। हवाई दुर्घटना हुँदा यात्रु तथा सम्पत्तिको क्षतिपूर्ति सुनिश्चित गर्न र सेवा प्रदायकलाई थप उत्तरदायी बनाउन सरकारले बीमासम्बन्धी कडा कानुनी व्यवस्था प्रस्ताव गरेको छ। सङ्घीय संसद्‌मा पेस भएको नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८३ ले बीमा नगरी जहाज उडाउने वायुसेवा कम्पनीलाई २५ लाख रुपैयाँसम्मको भारी जरिबाना गर्ने व्यवस्था अघि ...
। हवाई दुर्घटना रोक्न र उडान सुरक्षा मापदण्डको पूर्ण पालना गराउन सरकारले फिल्डमा खटिने प्राविधिक निरीक्षक (इन्स्पेक्टर) लाई विशेषाधिकार दिने कानुन प्रस्ताव गरेको छ। सङ्घीय संसद्‌मा पेस भएको नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८३ ले उडान सुरक्षामा सम्झौता नहोस् भन्नका लागि निरीक्षकहरूलाई तत्काल कारबाही गर्न सक्ने अधिकारसहित शक्तिशाली बनाएको ...
। सार्वजनिक यातायातमा हुने सडक दुर्घटना न्यूनीकरण गर्न र यात्रुको सुरक्षा सुनिश्चित गर्न सरकारले सार्वजनिक सवारी साधन चलाउने चालकहरूका लागि छुट्टै व्यावसायिक लाइसेन्सको व्यवस्था गर्ने भएको छ। सङ्घीय संसद्‌मा पेस भएको सडक सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३ ले सार्वजनिक यातायात सेवामा काम गर्ने चालकहरूको दक्षता र स्वास्थ्य अवस्थालाई कडा निगरानीमा राख्ने कानुनी आधार प्रस्ताव ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम