मुख्य समाचार
हवाई दुर्घटना रोक्न र उडान सुरक्षा मापदण्डको पूर्ण पालना गराउन सरकारले फिल्डमा खटिने प्राविधिक निरीक्षक (इन्स्पेक्टर) लाई विशेषाधिकार दिने कानुन प्रस्ताव
हवाई दुर्घटना रोक्न र उडान सुरक्षा मापदण्डको पूर्ण पालना गराउन सरकारले फिल्डमा खटिने प्राविधिक निरीक्षक (इन्स्पेक्टर) लाई विशेषाधिकार दिने कानुन प्रस्ताव

। हवाई दुर्घटना रोक्न र उडान सुरक्षा मापदण्डको पूर्ण पालना गराउन सरकारले फिल्डमा खटिने प्राविधिक निरीक्षक (इन्स्पेक्टर) लाई विशेषाधिकार दिने कानुन प्रस्ताव गरेको छ।

सङ्घीय संसद्‌मा पेस भएको नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८३ ले उडान सुरक्षामा सम्झौता नहोस् भन्नका लागि निरीक्षकहरूलाई तत्काल कारबाही गर्न सक्ने अधिकारसहित शक्तिशाली बनाएको हो।

विधेयकको दफा ४४ ले निरीक्षकसम्बन्धी विशेष व्यवस्था गरेको छ। उक्त दफाको उपदफा (४) अनुसार, आकस्मिक वा नियमित निरीक्षण गर्दा निरीक्षकले विमानस्थल क्षेत्र, सेवा प्रदायक संस्था, वायुयान, कार्गो क्षेत्र र वायुयान मर्मतसम्भार गर्ने संस्थामा निर्वाध रूपमा प्रवेश (अनरेस्ट्रिक्टेड एण्ड अनलिमिटेड एक्सेस) गर्न पाउनेछन्।

यसरी निरीक्षण गर्ने क्रममा गम्भीर उडान सुरक्षा जोखिम, दुर्घटनाको सम्भावना वा नियम उल्लङ्घन भएको देखेमा निरीक्षकले सिधै वायुयान सञ्चालनमा रोक लगाउन र उडान निलम्बन गर्न सक्नेछन्।

यति मात्र होइन, जोखिमको गाम्भीर्यता हेरी निरीक्षकले विमानस्थल वा त्यसको कुनै क्षेत्र नै तत्काल बन्द गर्नेसम्मको कडा आदेश जारी गर्न सक्ने अधिकार उपदफा (५) मा प्रस्ताव गरिएको छ।

वायुसेवा कम्पनी वा सेवा प्रदायकहरूले नियम पालना गरे/नगरेको छड्के जाँच गर्न निरीक्षकलाई ‘गोप्य परीक्षण’ को समेत अधिकार दिइने भएको छ। उपदफा (७) अनुसार, निरीक्षकले उडान सुरक्षा तथा हवाई सुरक्षा सुनिश्चितताको निक्र्योल गर्न महानिर्देशकको अग्रिम स्वीकृति लिई आवश्यकताअनुसार यस्तो गोप्य परीक्षण (कोभर्ट टेस्ट) गर्न सक्नेछन्।

यसका साथै, गल्ती र कमीकमजोरीको स्तर हेरी निरीक्षकले जरिवाना सिफारिस गर्नेदेखि इजाजतपत्र आंशिक वा पूर्ण रूपमा निलम्बन वा खारेज गर्न महानिर्देशकसमक्ष सिफारिस गर्न सक्ने व्यवस्थासमेत विधेयकको उपदफा (८) ले सुनिश्चित गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई ‘एटिएम मेसिन’बाटै १०० रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ । राष्ट्र बैंकको निर्देशनसँगै केही बैंक तथा वित्तीय संस्थाले नयाँ खाले एटिएम मेसिनबाट १०० रुपैयाँका नोट पनि वितरण गर्न थालेका छन् । नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले भोटेकोशीे बाढीले ठूलो जनधनको ...
। कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले संवैधानिक इजलास गठनका क्रममा सर्वोच्च अदालतमा भएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रधानन्यायाधीशले संवैधानिक इजलास गठनलाई व्यक्तिगत तजबिजको विषय बनाइराख्ने प्रवृत्ति देखिएको बारले संवैधानिक इजलास गठनको मापदण्ड तय गर्न माग गरेको हो । बारले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरिनुपर्ने र त्यसो गर्न नसकिने वस्तुगत अवस्था ...
। इजरायल पठाउने भन्दै ठगी गरेको आरोपमा थप दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ज्ञानबहादुर कार्की र शिवराम श्रेष्ठलाई पक्राउ गरेको हो । उनीहरूलाई मुलपानी क्षेत्रबाट पक्राउ गरिएको सीआईबीका एसएसपी अनुपम शमशेर जबराले बताए । योसँगै पक्राउ पर्नेको संख्या चार पुगेको छ । यसअघि सीआईबीले कांग्रेस नेता भरतप्रसाद चौलागाईं र दोलखाकी ...
। मलेसियाले आगामी नोभेम्बर ५ देखि नेपालबाट नयाँ प्रणाली मार्फत श्रमिक लैजाने जनाएको छ । मलेसियाले ‘फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम’ (एफडब्लुसीएमएस) मार्फत श्रमिक लैजाने अन्तिम मिति आगामी ५ नोभेम्बर २०२६ भनेको छ । मलेसिया सरकारका लागि विदेशी श्रमिक भर्तीसम्बन्धी प्रणाली सञ्चालन गर्दै आएको बेस्टिनेट एसडिएन बीएचडीले ६ अक्टोबरमा ‘मेमो’ जारी गर्दै नेपालका लागि ५ नोभेम्बर २०२६ ...
। दाङमा स्कुल बसको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यानको शारदा नगरपालिका –२ खलङ्गा घर भई तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवामा डेरा गरी बस्ने पप्पु नेपालीका २ वर्षीय छोरा आयन रहेका छन् । बुधबार बिहान तुलसीपुर उपमहानगरपालिका–७ गैरापातु झोलुङ्गे पुलस्थित सडकमा लु.प्र.०२–००१ क ०००४ नम्बरको लक्ष्य एकेडेमीको बसले ठक्कर दिँदा बालक गम्भीर घाइते भएका ...