मुख्य समाचार
नेपाली कांग्रेसका नेता गोविन्द भट्टराई १५ औं महाधिवेशनमा उपसभापति पदमा निर्वाचन लड्ने
नेपाली कांग्रेसका नेता गोविन्द भट्टराई १५ औं महाधिवेशनमा उपसभापति पदमा निर्वाचन लड्ने

: नेपाली कांग्रेसका नेता गोविन्द भट्टराई १५ औं महाधिवेशनमा उपसभापति पदमा निर्वाचन लड्ने घोषणा गरेका छन् । नेविसंघका पूर्व केन्द्रीय सदस्य तथा पूर्व पार्टी केन्द्रीय सदस्यसमेत रहेका भट्टराईले सबैबाट उपसभापति पदमा लड्न सुझाव आएकाले उम्मेदवारी दिने जानकारी गराएका हुन्।

‘देश तथा विदेशबाटसमेत पार्टीलाई बलियो बनाएर एकताबद्ध गर्न तपाईंको नेतृत्व आवश्यक छ भनेर साथीहरुबाट सुझाव आएको छ।’, उनले भने, ‘मैले त्यसलाई सम्मान गरेर उम्मेदवारी दिने निर्णय गरेको छु ।’

भट्टराईले नेविसंघको अध्यक्ष रहँदा भ्रष्टाचारविरुद्ध अभियानको नेतृत्व गरेका थिए । उनको नेतृत्वमा भएको स्ववियु निर्वाचनमा ८० प्रतिशत स्ववियुमा नेविसंघको पक्षमा नतिजा आएको थियो । अहिले प्रियतावादीको लोकरिझ्याईं र पुरातनवादी सोच दुवै पार्टी र देशका लागि घातक रहेको भट्टराईको बुझाई छ। उनले कांग्रेसलाई आम मान्छेको पार्टीका रुपमा पुर्नपरिभाषित गराउनु आवश्यक रहेको र आफ्नो शक्ति त्यसैमा लगाउने बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई ‘एटिएम मेसिन’बाटै १०० रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ । राष्ट्र बैंकको निर्देशनसँगै केही बैंक तथा वित्तीय संस्थाले नयाँ खाले एटिएम मेसिनबाट १०० रुपैयाँका नोट पनि वितरण गर्न थालेका छन् । नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले भोटेकोशीे बाढीले ठूलो जनधनको ...
। कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले संवैधानिक इजलास गठनका क्रममा सर्वोच्च अदालतमा भएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रधानन्यायाधीशले संवैधानिक इजलास गठनलाई व्यक्तिगत तजबिजको विषय बनाइराख्ने प्रवृत्ति देखिएको बारले संवैधानिक इजलास गठनको मापदण्ड तय गर्न माग गरेको हो । बारले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरिनुपर्ने र त्यसो गर्न नसकिने वस्तुगत अवस्था ...
। इजरायल पठाउने भन्दै ठगी गरेको आरोपमा थप दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ज्ञानबहादुर कार्की र शिवराम श्रेष्ठलाई पक्राउ गरेको हो । उनीहरूलाई मुलपानी क्षेत्रबाट पक्राउ गरिएको सीआईबीका एसएसपी अनुपम शमशेर जबराले बताए । योसँगै पक्राउ पर्नेको संख्या चार पुगेको छ । यसअघि सीआईबीले कांग्रेस नेता भरतप्रसाद चौलागाईं र दोलखाकी ...
। मलेसियाले आगामी नोभेम्बर ५ देखि नेपालबाट नयाँ प्रणाली मार्फत श्रमिक लैजाने जनाएको छ । मलेसियाले ‘फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम’ (एफडब्लुसीएमएस) मार्फत श्रमिक लैजाने अन्तिम मिति आगामी ५ नोभेम्बर २०२६ भनेको छ । मलेसिया सरकारका लागि विदेशी श्रमिक भर्तीसम्बन्धी प्रणाली सञ्चालन गर्दै आएको बेस्टिनेट एसडिएन बीएचडीले ६ अक्टोबरमा ‘मेमो’ जारी गर्दै नेपालका लागि ५ नोभेम्बर २०२६ ...
। दाङमा स्कुल बसको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यानको शारदा नगरपालिका –२ खलङ्गा घर भई तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवामा डेरा गरी बस्ने पप्पु नेपालीका २ वर्षीय छोरा आयन रहेका छन् । बुधबार बिहान तुलसीपुर उपमहानगरपालिका–७ गैरापातु झोलुङ्गे पुलस्थित सडकमा लु.प्र.०२–००१ क ०००४ नम्बरको लक्ष्य एकेडेमीको बसले ठक्कर दिँदा बालक गम्भीर घाइते भएका ...