मुख्य समाचार
भोटेकोशी बाढीले नुवाकोटमा कटान गरेको मुख्य सडक ३८ दिनमा छिचोलिएको छ
भोटेकोशी बाढीले नुवाकोटमा कटान गरेको मुख्य सडक ३८ दिनमा छिचोलिएको छ

: भोटेकोशी बाढीले नुवाकोटमा कटान गरेको मुख्य सडक ३८ दिनमा छिचोलिएको छ। तीन सातादेखिको निरन्तर नयाँ ट्र्याक खन्ने कार्य शुक्रबार सकिएसँगै पासाङल्हामु मार्ग जोडिएको छ।

सो सडकमार्गअन्तर्गत रहेको ढुंगे–बेत्रावती सडक बाढीले कटान गरेपछि दैनिक रूपमा एक्स्काभेटर लगायतका हेभी इक्विपमेन्टमार्फत नयाँ ट्र्याक खन्ने कार्य सकिएसँगै ढुङ्गे–बेत्रावती आवागमन सुचारु भएको छ। विदुर नगरपालिका–१० स्थित बेत्रावतीमा झन्डै दुई किलोमिटर लामो नयाँ ट्र्याक खनिएको वडाध्यक्ष गणेशकुमार नेपालले जानकारी दिए।

उनका अनुसार दैनिक १० थान एक्स्काभेटरमार्फत बेत्रावती सातबिसेमा नयाँ ट्र्याक खन्ने कार्य गरिएको हो। अब उक्त सडकमार्ग अन्तर्गत बेत्रावतीस्थित फलाखु खोलामा बाढीले क्षति पुर्‍याएको स्थानमा बेलिब्रिज निर्माणको कार्य सुरु भएको छ।




टिपरमा ल्याइएका बेलिब्रिजका सामानहरू निर्माणस्थलमा झार्ने कार्य गरिएको छ। असोज २१ गते बुधबारदेखि सेनाले उक्त बेलिब्रिजको निर्माण कार्य सुरु गर्ने वडाध्यक्ष नेपालले बताए। उक्त बेलिब्रिज निर्माणपछि नुवाकोट र रसुवाको यातायात सम्पर्क जोडिने उनले जानकारी दिए। बेत्रावतीमा निर्माण गरिने बेलिब्रिजको दुवैतर्फको किनारामा आवश्यक बेस ढलान गर्ने कार्य सम्पन्न भएको छ। बेलिब्रिज निर्माणका लागि आवश्यक सामग्रीहरूसमेत निर्माणस्थलमा आइपुगेको स्थानीय युवा दिलकृष्ण श्रेष्ठले जानकारी दिए।

उनका अनुसार बेत्रावतीमा यही असोज २१ गतेदेखि बेलिब्रिज जडान गर्ने कार्य सुरु गरिने सेनाले जानकारी दिएको छ। यस कार्यले पूर्णता पाएसँगै नुवाकोट र रसुवाबीचको आवागमन थप सहज हुने अपेक्षा गरिएको छ। सडक तथा पुल निर्माणमा खटिएका नेपाली सेना, सुरक्षाकर्मी, प्राविधिक टोली, अपरेटरहरू, स्थानीयवासी तथा सहयोगी सम्पूर्णमा नुवाकोटवासीले आभार व्यक्त गरेको बेत्रावतीका बाढीपीडित अष्टमान डंगोलले बताए। उनका अनुसार सबैको संयुक्त प्रयासले बेत्रावतीको सडक तथा यातायात सेवा छिट्टै सहज र नियमित हुने विश्वास लिइएको छ।

बाढीले उक्त सडकखण्डको बीचमा रहेको बेत्रावतीमा दुईवटा पक्की पुल बगाएको थियो। नुवाकोट–बेत्रावती–रसुवा सडकखण्ड पुनः सञ्चालनतर्फ तीव्र गतिमा अघि बढिरहेको विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले जानकारी दिए। यसअघि आवागमनमा समस्या भएपछि स्थानीयवासीले सुरक्षाकर्मीको साथ लिएर बेत्रावतीमा काठ, बाँस र डोरीको फड्के निर्माण गरेका थिए। हाल मानिसहरू सोही फड्केमार्फत नुवाकोट–रसुवा आवतजावत गरिरहेका छन्।

बेत्रावतीमा फड्के निर्माण गरेपछि दुई सातादेखि पैदल यात्रुका लागि आवतजावत सहज भएको हो। नुवाकोटतर्फबाट बेत्रावतीसम्म आउने वैकल्पिक मार्ग पनि प्रयोगमा ल्याइएको छ।

बेत्रावतीको फलाखु खोलामा बेलिब्रिज निर्माण गरी सवारीसाधन आवतजावत सहज बनाउने तयारीका लागि शुक्रबार ५ थान टिपरमार्फत बेलिब्रिजका सामान झारिएको स्थानीयवासीले बताए। नयाँ ट्र्याक खोलिएसँगै बाढीका कारण क्षतिग्रस्त बनेको ढुंगे–बेत्रावती सडकखण्ड पुनः सञ्चालनमा ल्याइएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ।

बाढीले सातबिसे बेत्रावतीको उत्तरगया बोर्डिङ स्कुलनजिकै कटान गरेको र खसेको ठूलो पहिरो पन्छाउने कार्य दैनिक १० थान एक्स्काभेटरमार्फत गरिएको थियो। हाल गेर्खुको शुभघाटमा एक्स्काभेटरको सहायताले ट्र्याक खोल्ने काम युद्धस्तरमा निरन्तर जारी रहेको छ।

नेपाली सेना र सडक विभागका उच्च प्राविधिक तथा दक्ष जनशक्तिले संयुक्त रूपमा उक्त काम गरिरहेको गल्छी–रसुवागढी सडक योजना कार्यालय विदुरले जनाएको छ। यससँगै नुवाकोट–बेत्रावती–रसुवा सडकखण्डको पुनर्निर्माण तथा आवागमन सहज बनाउने कार्य तीव्र गतिमा अघि बढिरहेको छ।
बाढीबाट क्षतिग्रस्त गल्छी–ढुंगे–बेत्रावती सडकखण्डको नयाँ ट्र्याक खुलेसँगै बेत्रावतीमा बेलिब्रिज जडानको काम सुरु गरिएको हो। नयाँ ट्र्याक खोल्ने कार्यसँगै बेलिब्रिजको फाउन्डेसन निर्माण पनि अघि बढाइएको थियो। हाल दुवैतर्फको फाउन्डेसन निर्माण सम्पन्न भइसकेको छ। नयाँ ट्र्याकमार्फत बेलिब्रिजका सामग्री निर्माणस्थलसम्म पुर्‍याउने काम तीव्र गतिमा भइरहेको छ।

बेलिब्रिज जडान सम्पन्न भएसँगै बाढीका कारण टुटेको रसुवासँगको मुख्य सडक सञ्जाल पुनः औपचारिक रूपमा जोडिने सडक डिभिजन नुवाकोटले जनाएको छ। पहाडी नुवाकोट र हिमाली रसुवा जोड्ने फलाखु खोलामा बेलिब्रिज निर्माणका लागि सामग्री शुक्रवारदेखि आउन सुरु भएको हो। त्रिदेशीय मार्ग अन्तर्गत वीरगन्ज–गल्छी–ढुंगे–बेत्रावती–स्याफ्रुबेंसी–रसुवागढी जोड्ने फलाखु खोलामा बेलिब्रिज राख्नका लागि आवश्यक पर्ने निर्माण सामग्रीहरू ढुवानी सुरु भएसँगै नुवाकोट र रसुवावासी निकै खुसी भएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई ‘एटिएम मेसिन’बाटै १०० रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ । राष्ट्र बैंकको निर्देशनसँगै केही बैंक तथा वित्तीय संस्थाले नयाँ खाले एटिएम मेसिनबाट १०० रुपैयाँका नोट पनि वितरण गर्न थालेका छन् । नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले भोटेकोशीे बाढीले ठूलो जनधनको ...
। कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले संवैधानिक इजलास गठनका क्रममा सर्वोच्च अदालतमा भएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रधानन्यायाधीशले संवैधानिक इजलास गठनलाई व्यक्तिगत तजबिजको विषय बनाइराख्ने प्रवृत्ति देखिएको बारले संवैधानिक इजलास गठनको मापदण्ड तय गर्न माग गरेको हो । बारले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरिनुपर्ने र त्यसो गर्न नसकिने वस्तुगत अवस्था ...
। इजरायल पठाउने भन्दै ठगी गरेको आरोपमा थप दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ज्ञानबहादुर कार्की र शिवराम श्रेष्ठलाई पक्राउ गरेको हो । उनीहरूलाई मुलपानी क्षेत्रबाट पक्राउ गरिएको सीआईबीका एसएसपी अनुपम शमशेर जबराले बताए । योसँगै पक्राउ पर्नेको संख्या चार पुगेको छ । यसअघि सीआईबीले कांग्रेस नेता भरतप्रसाद चौलागाईं र दोलखाकी ...
। मलेसियाले आगामी नोभेम्बर ५ देखि नेपालबाट नयाँ प्रणाली मार्फत श्रमिक लैजाने जनाएको छ । मलेसियाले ‘फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम’ (एफडब्लुसीएमएस) मार्फत श्रमिक लैजाने अन्तिम मिति आगामी ५ नोभेम्बर २०२६ भनेको छ । मलेसिया सरकारका लागि विदेशी श्रमिक भर्तीसम्बन्धी प्रणाली सञ्चालन गर्दै आएको बेस्टिनेट एसडिएन बीएचडीले ६ अक्टोबरमा ‘मेमो’ जारी गर्दै नेपालका लागि ५ नोभेम्बर २०२६ ...
। दाङमा स्कुल बसको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यानको शारदा नगरपालिका –२ खलङ्गा घर भई तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवामा डेरा गरी बस्ने पप्पु नेपालीका २ वर्षीय छोरा आयन रहेका छन् । बुधबार बिहान तुलसीपुर उपमहानगरपालिका–७ गैरापातु झोलुङ्गे पुलस्थित सडकमा लु.प्र.०२–००१ क ०००४ नम्बरको लक्ष्य एकेडेमीको बसले ठक्कर दिँदा बालक गम्भीर घाइते भएका ...