मुख्य समाचार
नागरिकलाई लक्षित गर्दै सरकारले सहुलियतपूर्ण कर्जा, कर छुट तथा सरल किस्ताबन्दी सुविधासहितको नयाँ कानुनी आधार तयार
नागरिकलाई लक्षित गर्दै सरकारले सहुलियतपूर्ण कर्जा, कर छुट तथा सरल किस्ताबन्दी सुविधासहितको नयाँ कानुनी आधार तयार

। आफ्नै घर बनाउने सपना देखिरहेका नागरिकलाई लक्षित गर्दै सरकारले सहुलियतपूर्ण कर्जा, कर छुट तथा सरल किस्ताबन्दी सुविधासहितको नयाँ कानुनी आधार तयार गरेको छ।

पूर्वाधार विकास मन्त्रालयले सङ्घीय संसद्‌मा पेस गरेको भवन ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयकले आधुनिक, सुरक्षित र भूकम्प प्रतिरोधी स्मार्ट घर निर्माणका लागि बैंक तथा वित्तीय संस्थासँगको सहकार्यमा सहज वित्तीय प्याकेज उपलब्ध गराउने बाटो खोलेको हो।


विधेयक ऐनका रूपमा पारित भएपछि बन्ने कार्यविधिमार्फत पाँच लाख रुपैयाँसम्मको अग्रिम भुक्तानी (डाउनपेमेन्ट) र मासिक करिब ११ हजार रुपैयाँ हाराहारीको सरल किस्ताबन्दी (ईएमआई) जस्ता सहुलियतपूर्ण आवास कर्जा योजनाहरू कार्यान्वयनमा ल्याउन सकिने गरी कानुनी प्रबन्ध मिलाइएको छ।

सहुलियतपूर्ण कर्जा र किस्ताबन्दीको कानुनी प्रबन्ध


विधेयकको दफा १६झ मा ‘स्मार्ट घर निर्माण तथा प्रवर्द्धन’ सम्बन्धी विशेष व्यवस्था प्रस्ताव गरिएको छ। नागरिकको जीवनस्तर गुणस्तरीय बनाउन, सुरक्षित तथा प्रविधिमैत्री आवास विकास गर्न तीनै तहका सरकारले बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी र सहकारीहरूसँग समन्वय गरी सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था गर्न सक्नेछन्।

साथै, यस्ता घर निर्माणलाई प्रोत्साहन गर्न सरकारले अनुदान, कर छुट तथा अन्य वित्तीय सहुलियतसमेत उपलब्ध गराउन सक्नेछ।

यसले न्यून तथा मध्यम आय भएका परिवारलाई ठूलो पुँजी एकमुष्ट जुटाउन नपरे पनि न्यूनतम अग्रिम भुक्तानी र नियमित मासिक किस्ता तिरेर नयाँ घर बनाउने वा खरिद गर्ने अवसर जुटाउनेछ।

नक्सा पास निःशुल्क, दस्तुरमा पूर्ण छुट

विधेयकले घर निर्माणको प्रक्रियालाई आर्थिक रूपमा थप सहज बनाएको छ। विधेयकको दफा ८ को खण्ड (च) ले मानक डिजाइनमा आधारित, सुरक्षित र भूकम्प प्रतिरोधी आवासीय संरचनालाई ‘स्मार्ट घर’ का रूपमा वर्गीकरण गरेको छ।

दफा ११ को उपदफा (२) अनुसार यस्ता स्मार्ट घर तथा परम्परागत प्रविधिका भवन निर्माणका लागि नक्सा स्वीकृतिको दरखास्त दिँदा स्थानीय तहले नक्सा तयारी र नक्सा पास दस्तुरमा शतप्रतिशत (पूर्ण) छुट दिनुपर्ने अनिवार्य व्यवस्था गरिएको छ।

स्थानीय तहले नै त्यस्ता भवनका लागि नमूना नक्सा निःशुल्क उपलब्ध गराउनुपर्नेछ।

पहिलो घर बनाउने विपन्नलाई नगद अनुदान

नागरिक आवास सुनिश्चितताअन्तर्गत परिवारको आफ्नै प्रयोजनका लागि बन्ने पहिलो आवासीय घर निर्माणमा स्थानीय तहले निःशुल्क प्राविधिक परामर्श, नमूना डिजाइन र स्थानीय निर्माण सामग्री उपलब्ध गराउनेछन्।

यति मात्र होइन, स्थानीय तहले सिफारिस गरेका अति विपन्न परिवारले घर बनाउँदा नेपाल सरकार (केन्द्र) ले ५० हजार रुपैयाँ र प्रदेश सरकारले २५ हजार रुपैयाँ नघट्ने गरी सिधै नगद अनुदान उपलब्ध गराउनुपर्ने बाध्यात्मक व्यवस्थासमेत विधेयकमा राखिएको छ।

यो विधेयक संसद्‌बाट पारित भएपछि बन्ने निर्देशिका र वित्तीय कार्यविधिले न्यून आय भएका नागरिकलाई पनि न्यून अग्रिम भुक्तानी र मासिक सरल किस्तामै सुरक्षित आवासको मालिक बन्ने ढोका खोल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जुम्ला हुँदै मनाङ–मुस्ताङसम्म जोड्ने सडकसहित कर्णाली राजमार्ग र नाग्म–गमगडी सडकको स्तरोन्नति तथा निर्माणको सम्झौताअनुसार काम नगर्ने छवटा निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । सडक डिभिजनसँग उक्त राजमार्गको निर्माण गर्नका लागि आर्थिक वर्ष २०७५ देखि २०८० सालसम्म सम्झौता भएका निर्माण कम्पनीले समयमै काम नगर्दा सार्वजनिक खरिद अनुगमन कार्यालय काठमाडौँलाई कालोसूचीमा राख्नका लागि ...
: धनुषाको जटही नाका हुँदै भारतबाट लागूऔषध खैरो हेरोइन ल्याउँदै गरेको अवस्थामा एक एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी–५ घर भएका २८ वर्षीय अरबिन्द साह (कानु) रहेका छन्। जटही नाका हुँदै काठमाडौंका विभिन्न स्थानमा बिक्री वितरण गर्ने उद्देश्यले खैरो हेरोइन लगिरहेको विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्यूरो, बर्दिवासबाट खटिएको प्रहरी टोलीले उनलाई ...
। नेपाली कांग्रेसले सुरु हुने १५ औं महाधिवेशनको प्रमुख अतिथिका लागि पूर्वसभापति शेरबहादुर देउवालाई निमन्त्रणा दिएको छ । सभापति गगनकुमार थापाको हस्ताक्षरसहितको पत्र पूर्वसभाति देउवाको निवासमा पुर्‍याइएको हो । पार्टीका तर्फबाट सहमहामन्त्री योगेन्द्र चौधरी नेतृत्वको टोली देउवालाई निमन्त्रणा दिन चुनदेवीस्थित देउवा निवास पुगेको थियो । शनिबार साँझ देउवानिवास पुग्दा पूर्वसभापति देउवासँग भेट भने हुन नसकेको ...
: ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत सेवा प्रवाहलाई थप प्रभावकारी, चुस्त र सेवामुखी बनाउन नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई निर्देशन दिएका छन्। शनिबार मन्त्री श्रेष्ठले विद्युत आपूर्ति, उपभोक्ता सेवा, डिजिटल भुक्तानी, ऊर्जा माग, लोड व्यवस्थापन, विद्युत चुहावट नियन्त्रण तथा पूर्वाधारको नियमित मर्मतसम्भारमा विशेष ध्यान दिन निर्देशन दिएका हुन्। मन्त्री श्रेष्ठले प्राधिकरणको नेतृत्व उत्कृष्टताको आधारमा ...
: दोलखामा वडा अध्यक्षविरुद्ध यौन दुर्व्यवहारको मुद्दा दर्ता भएको छ। कालिञ्चोक गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष दलबहादुर तामाङविरुद्ध शुक्रबार जिल्ला अदालत दोलखामा यौन दुर्व्यवहारको मुद्दा दर्ता भएको हो। वडामा कार्यरत एक महिला कर्मचारीले उनीविरुद्ध मुद्दा दर्ता गराएकी हुन्। वडा अध्यक्ष तामाङले आफूमाथि पटक-पटक यौन दुर्व्यवहार गरेको ती महिला कर्मचारीको आरोप छ। आफूमाथि दुर्व्यवहार हुँदा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम