मुख्य समाचार
प्रदेश सरकारमा भइरहेको एमालेसँगको राजनीतिक सहकार्यलाई स्थानीय निर्वाचनसम्म विस्तार गर्नुपर्ने
प्रदेश सरकारमा भइरहेको एमालेसँगको राजनीतिक सहकार्यलाई स्थानीय निर्वाचनसम्म विस्तार गर्नुपर्ने

। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल‘प्रचण्ड’ले प्रदेश सरकारमा भइरहेको एमालेसँगको राजनीतिक सहकार्यलाई स्थानीय निर्वाचनसम्म विस्तार गर्नुपर्ने बताएका छन् ।

धुलिखेलमा शनिबार आयोजित कार्यक्रममा बोल्दै उनले प्रदेश सरकारको सहकार्यलाई सरकार सञ्चालनमा मात्र सीमित नराखेर राजनीतिक तथा वैचारिक रूपमा थप सुदृढ गर्नुपर्नेमा जोड दिएका हुन् ।


‘यो सहकार्यलाई प्रदेश सरकारमा मात्रै होइन, आउने दिनमा सदनभित्रको बहसमा र निर्वाचनसम्म सुदृढ गर्दै लैजानुपर्ने हुन्छ’, प्रचण्डले भने । उनले बदलिँदो राजनीतिक परिस्थितिअनुसार सङ्गठन विस्तारलाई प्राथमिकता दिनुपर्ने बताए ।

सूचना प्रविधिको प्रयोगमार्फत पार्टीको विचार र सङ्गठन विस्तार गर्न सकिने उल्लेख गर्दै प्रचण्डले उपलब्ध जनशक्ति, सङ्गठन र क्षमताको प्रभावकारी उपयोग गर्न नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले बेपत्ता भएका व्यक्तिहरूलाई मृतक घोषणा गर्ने समयावधि घटाउनेगरी ऐन संशोधन गर्ने भएको छ । जसका लागि बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार, हाल १२ वर्ष बेपत्ता भएका व्यक्तिलाई मृतक घोषणा गर्ने व्यवस्था छ । उक्त व्यवस्थालाई छोट्याएर करिब ...
। सरकारले तीन वटा अध्यादेश जारी गर्नका लागि सिफारिस गरेको छ । बुधबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले तीन वटा अध्यादेश जारी गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । उनका अनुसार, भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र विपद्सम्बन्धी केही नेपाल ...
। वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन(भ्यान)ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार वीरगञ्जबाट पथलैयातर्फ जाँदै गरेको बा प्र ०३–००१ ज ०७२० नम्बरको भ्यानले पैदलयात्रामा रहेका गुप्तालाई ठक्कर दिएको थियो । दुर्घटनामा टाउको र दाहिने गोडामा गम्भीर चोट लागि घाइते भएकी गुप्ताको ...
: भारतीय विदेश मन्त्रालयले नेपालका लागि भारतीय राजदूतमा सुधाकर दलेला सिफारिस गरेको छ। भारत सरकारले देलाललाई नेपालको राजदूतमा नियुक्त गर्न लागेको हो। नेपाल सरकारले सहमति दिएपछि उनी राजदूतमा नियुक्त भएर काठमाडौंस्थित भारतीय दूतावासमा जिम्मेवारी सम्हाल्न आउनेछन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार यसअघिका राजदूत नवीन श्रीवास्तव कार्यकाल पूरा गरेर फर्किएपछि भारतले नयाँ राजदूत प्रस्ताव अगाडि बढाएको हो। दलेला सन् ...
। नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई ‘एटिएम मेसिन’बाटै १०० रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ । राष्ट्र बैंकको निर्देशनसँगै केही बैंक तथा वित्तीय संस्थाले नयाँ खाले एटिएम मेसिनबाट १०० रुपैयाँका नोट पनि वितरण गर्न थालेका छन् । नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले भोटेकोशीे बाढीले ठूलो जनधनको ...