मुख्य समाचार
फ्लाईदुबईका पाइलट स्मितलाई भेटेर क्राउन प्रिन्सले भने– 'हामीलाई तपाईँप्रति गर्व छ'
फ्लाईदुबईका पाइलट स्मितलाई भेटेर क्राउन प्रिन्सले भने– 'हामीलाई तपाईँप्रति गर्व छ'

: संयुक्त अरब इमिरेट्स (युएई) का क्राउन प्रिन्स शेख हमदान बिन मोहम्मदले फ्लाईदुबईका भारतीय पाइलट स्मित मच्छारलाई भेट्न शनिबार अस्पताल पुगेका छन्। क्राउन प्रिन्स शेख हमदानले अस्पतालमै पुगेर पाइलट मच्छारको अदम्य साहस र कर्तव्यनिष्ठताको उच्च प्रशंसा गरे।

उडानका क्रममा को-पाइलटले गरेको साङ्घातिक आक्रमण विफल पार्ने क्रममा पाइलट मच्छार गम्भीर घाइते भएका थिए। घटनालगत्तै सुरुमा साउदी अरेबियामा उपचार गराइएका उनलाई थप उच्च स्तरीय उपचारका लागि युएईको राजधानी आबुधाबी ल्याइएको भारतीय दूतावासले जनाएको छ।

युएईका क्राउन प्रिन्स शेख हमदानले सामाजिक सञ्जाल ‘एक्स’ (ट्विटर) मार्फत भेटघाटका तस्बिरहरू सार्वजनिक गर्दै पाइलट मच्छारले देखाएको असाधारण साहस, जिम्मेवारी र मानव जीवनप्रतिको प्रतिबद्धताको मुक्तकण्ठले प्रशंसा गरेका छन्। भेटका क्रममा क्राउन प्रिन्सले उनलाई अँगालो हाल्दै आत्मीय सम्मान व्यक्त गरेका थिए।

'मेरो र सम्पूर्ण देशको नेतृत्वका तर्फबाट उहाँप्रति उच्च सम्मान र प्रशंसा व्यक्त गर्दछु,' क्राउन प्रिन्सले लेखेका छन्, 'उहाँ हाम्रो टोली र देशको यात्राको एक महत्त्वपूर्ण हिस्सा हुनुहुन्छ भन्न पाउँदा हामीलाई गर्व लागेको छ। उहाँले युएईले अङ्गीकार गरेका उच्च मूल्यमान्यताको प्रतिनिधित्व गर्नुभएको छ।' युएईलाई करुणा, शान्ति र मानव जीवनको मूल्य बुझ्ने राष्ट्रका रूपमा चित्रण गर्दै उनले पाइलटको साहसी कदमले तिनै मूल्यलाई उजागर गरेको उल्लेख गरे।

पाइलट मच्छारले देखाएको यस असाधारण तदारुकताको अहिले विश्वभर प्रशंसा भइरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले समेत उनको कदमको सराहना गर्दै उनलाई ‘नायक’ (हिरो) को संज्ञा दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। फिनल्याण्ड सरकारले वातावरणीय चिन्ता व्यक्त गर्दै गुगलका दुई प्रस्तावित डेटा सेन्टरको निर्माण कार्य रोक्न निर्देशन दिएको छ । डेटा सेन्टर निर्माणको क्रममा ३०० हेक्टरभन्दा बढी जंगल फँडानी गरिएको भन्दै फिनल्यान्डका अधिकारीहरूले काम रोक्न निर्देशन दिएका हुन् । गुगलले डेटा सेन्टरका लागि फिनल्यान्डमा १३ अर्ब युरो लगानी गर्ने घोषणा गरेको थियो । गुगलका अनुसार यो युरोपमा कम्पनीले ...
यमनको सरकारले हुथी विद्रोहीविरुद्ध सञ्चालन गरिएको स्थलगत सैन्य अभियानले प्रगति हासिल गरिरहेको दाबी गरेको छ । सुरक्षा तयारी बढाउने विषयमा अधिकारीहरूबीच छलफल भइरहेका बेला सरकारले यस्तो जानकारी दिएको हो । सरकारी समाचार संस्था साबाका अनुसार प्रधानमन्त्री शाय अल–जिन्दानीले मंगलबार एडेनमा मन्त्रीहरूसँग भेट गरी सैन्य अभियानबारे छलफल गरेका थिए । उनले सुरक्षा तयारी बढाउन, महत्वपूर्ण संरचनाको सुरक्षा ...
। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले रोयटर्ससँगको अन्तर्वार्तामा अमेरिकासँगको युद्ध अन्त्य गर्न इरानी अधिकारीहरूले आफ्नो युरेनियम प्रवर्धन क्षमता उल्लेख्य रूपमा घटाउनुपर्ने बताएका छन्। भान्सले भने, ‘यदि तपाईं आणविक हतियार चाहनुहुन्न भने, ६० प्रतिशत प्रवर्धित इन्धन किन चाहिन्छ? र यदि तपाईं आणविक हतियार नबनाउने प्रतिबद्धता देखाउन चाहनुहुन्छ भने, उच्च प्रवर्धित इन्धन नबनाउनुहोस्। युद्ध अन्त्य गर्दा यो एक धेरै ...
। उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण गर्दा पाँच खानी मजदुरसहित १७ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । मारू जिल्लाको बिन्दिन गाउँबाहिर रहेको खानीमा सोमबार मोटरसाइकलमा आएका दर्जनौँ गिरोहका सदस्यले गोली चलाउँदा पाँच खानी मजदुरको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । त्यसपछि गाउँमा प्रवेश गरेका बन्दुकधारी र सुरक्षाकर्मीबीच भएको ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साइबेरियाको एक प्रयोगशालामा सम्भावित ‘न्युमोनिक प्लेग’ को सङ्क्रमण देखिएपछि अमेरिकाले रुसलाई आवश्यक सहयोग गर्ने बताएका छन्। यद्यपि यस विषयमा उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भने प्रत्यक्ष कुराकानी नगरेको स्पष्ट पारेका छन् । सोमबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘हामीले भर्खरै यसबारे जानकारी पाएका छौँ। हामी उनीहरूलाई सहयोग गर्नेछौं-हामीले सक्ने जति सहयोग ...