मुख्य समाचार
फ्लाईदुबईका पाइलट स्मितलाई भेटेर क्राउन प्रिन्सले भने– 'हामीलाई तपाईँप्रति गर्व छ'
फ्लाईदुबईका पाइलट स्मितलाई भेटेर क्राउन प्रिन्सले भने– 'हामीलाई तपाईँप्रति गर्व छ'

: संयुक्त अरब इमिरेट्स (युएई) का क्राउन प्रिन्स शेख हमदान बिन मोहम्मदले फ्लाईदुबईका भारतीय पाइलट स्मित मच्छारलाई भेट्न शनिबार अस्पताल पुगेका छन्। क्राउन प्रिन्स शेख हमदानले अस्पतालमै पुगेर पाइलट मच्छारको अदम्य साहस र कर्तव्यनिष्ठताको उच्च प्रशंसा गरे।

उडानका क्रममा को-पाइलटले गरेको साङ्घातिक आक्रमण विफल पार्ने क्रममा पाइलट मच्छार गम्भीर घाइते भएका थिए। घटनालगत्तै सुरुमा साउदी अरेबियामा उपचार गराइएका उनलाई थप उच्च स्तरीय उपचारका लागि युएईको राजधानी आबुधाबी ल्याइएको भारतीय दूतावासले जनाएको छ।

युएईका क्राउन प्रिन्स शेख हमदानले सामाजिक सञ्जाल ‘एक्स’ (ट्विटर) मार्फत भेटघाटका तस्बिरहरू सार्वजनिक गर्दै पाइलट मच्छारले देखाएको असाधारण साहस, जिम्मेवारी र मानव जीवनप्रतिको प्रतिबद्धताको मुक्तकण्ठले प्रशंसा गरेका छन्। भेटका क्रममा क्राउन प्रिन्सले उनलाई अँगालो हाल्दै आत्मीय सम्मान व्यक्त गरेका थिए।

'मेरो र सम्पूर्ण देशको नेतृत्वका तर्फबाट उहाँप्रति उच्च सम्मान र प्रशंसा व्यक्त गर्दछु,' क्राउन प्रिन्सले लेखेका छन्, 'उहाँ हाम्रो टोली र देशको यात्राको एक महत्त्वपूर्ण हिस्सा हुनुहुन्छ भन्न पाउँदा हामीलाई गर्व लागेको छ। उहाँले युएईले अङ्गीकार गरेका उच्च मूल्यमान्यताको प्रतिनिधित्व गर्नुभएको छ।' युएईलाई करुणा, शान्ति र मानव जीवनको मूल्य बुझ्ने राष्ट्रका रूपमा चित्रण गर्दै उनले पाइलटको साहसी कदमले तिनै मूल्यलाई उजागर गरेको उल्लेख गरे।

पाइलट मच्छारले देखाएको यस असाधारण तदारुकताको अहिले विश्वभर प्रशंसा भइरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले समेत उनको कदमको सराहना गर्दै उनलाई ‘नायक’ (हिरो) को संज्ञा दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। युक्रेनले रुसको नयाँ हवाई आक्रमण रणनीतिको जवाफमा रुसी तेल प्रशोधन केन्द्र (रिफाइनरी) माथिको आक्रमण बढाउने चेतावनी दिएको छ । त्यसका लागि युक्रेनले लामो दूरीको क्षेप्यास्त्र बनाएको जनाएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रोयटर्ससँगको विशेष अन्तर्वार्तामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी जाडोयामलाई लक्षित गर्दै नागरिक पूर्वाधारमाथि आक्रमण विस्तार गर्ने ‘नयाँ सिद्धान्त’ जारी गरेको दाबी गरेका ...
नेपालमा आएको आकस्मिक बाढीको एक महिनापछि भारतको हिमाली राज्य उत्तराखण्डले एउटा हिमतालमा पूर्वसूचना प्रणाली स्थापना गर्ने तयारी गरेको छ । उत्तराखण्डका उच्च हिमाली क्षेत्रमा हिमताल फुटेर हुने क्षति न्यूनीकरण, तालको निगरानी तथा पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउन यो पहल सुरु गरिएको हो । चमोलीको वसुधारा हिमतालमा पूर्वसूचना प्रणाली जडान गर्न वैज्ञानिकहरूको टोली गत मंगलबार देहरादुनबाट प्रस्थान गरेको ...
: फ्लाईदुबई विमानमा सह-पाइलटले आक्रमण गरेपछि बहादुरीपूर्वक ककपिटको ढोका खोलेर यात्रुहरूको ज्यान बचाएका भारतीय पाइलट क्याप्टेन स्मित मच्छर र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबीच टेलिफोन वार्ता भएको छ। कुराकानीका क्रममा प्रधानमन्त्री नेतान्याहुले क्याप्टेन स्मितको अदम्य साहसको उच्च प्रशंसा गर्दै उनलाई भारत, इजरायल र सम्पूर्ण विश्वकै 'हिरो' को संज्ञा दिएका छन्। इजरायली प्रधानमन्त्री कार्यालयले दुवैजनाबीच भएको उक्त संवादको ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बढ्दो इन्धन लागत घटाउन युरोपेली मुलुकसँग उनीहरूको डिजेल भण्डार उपयोग गर्न आग्रह गर्न सकिने सङ्केत गरेका छन्। पत्रकारहरूसँग कुरा गर्दै उनले बजारमा डिजेलको मूल्य घटाउन आपत्कालीन आपूर्ति जारी गर्न युरोपेली सरकारसँग सम्पर्क गर्ने सम्भावनाबारे सोधिएको प्रश्नमा आफूहरूले त्यसो गर्न सक्ने बताए । “मूल्य घट्दै गइरहेको छ”, उनले भने। ट्रम्पले टेक्सास र ओक्लाहोमा ...
। अस्ट्रेलियामा घरभाडा दर अत्यधिक महँगिनुका साथै उपलब्धता न्यून हुँदा आवास संकट गहिरिएको छ। सिड्नी, मेलबर्न, ब्रिस्बेन र एडिलेडजस्ता प्रमुख सहरहरूमा उपयुक्त मूल्यमा कोठा वा अपार्टमेन्ट पाउन मुस्किल हुँदा अन्तर्राष्ट्रिय विद्यार्थी, नयाँ आप्रवासी तथा न्यून र मध्यम आय भएका परिवारहरू चरम आर्थिक दबाबमा परेका छन्। कमनवेल्थ बैंकको सेप्टेम्बर २०२६ को पछिल्लो विश्लेषणअनुसार देशभर राष्ट्रिय भाडा रिक्तता ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम