मुख्य समाचार
दोहोरो अंकमा पदक जित्ने र एसियाली खेलकुदमा पहिलो स्वर्णको खोजी पूरा गर्ने लक्ष्यसहित जापान पुगेको नेपाल दुई कास्य पदकमै सीमित
दोहोरो अंकमा पदक जित्ने र एसियाली खेलकुदमा पहिलो स्वर्णको खोजी पूरा गर्ने लक्ष्यसहित जापान पुगेको नेपाल दुई कास्य पदकमै सीमित

: जापानको आइची–नागोयामा जारी २०औं एसियाली खेलकुदका प्रतिस्पर्धा शनिबार सकिएका छन्। आइतबार समापन समारोह हुँदै गर्दा नेपालको प्रदर्शन भने अपेक्षाअनुसार हुन सकेन। दोहोरो अंकमा पदक जित्ने र एसियाली खेलकुदमा पहिलो स्वर्णको खोजी पूरा गर्ने लक्ष्यसहित जापान पुगेको नेपाल दुई कास्य पदकमै सीमित भएको छ।

पुरुष करातेमा तेन्जिङ शेर्पा र महिला कबड्डी टोलीले कास्य जित्दा पदकका प्रमुख दाबेदार मानिएका खेलाडीले अपेक्षित नतिजा निकाल्न सकेनन्। नेपालको प्रदर्शनले पदकको संख्यामात्र होइन, तयारी र प्रतिस्पर्धात्मक क्षमतामाथि पनि प्रश्न उठाएको छ। पदकको आशा गरिएका खेलाडीको असफलता, अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको अनुभव र तयारीमा गरिएको लगानीलाई उपलब्धिमा बदल्न नसक्नु नेपाली खेलकुदका मुख्य चुनौतीका रूपमा देखिएका छन्।

नेपालले अघिल्लो अर्थात् १९औं एसियाली खेलकुदमा एक रजत र एक कास्य गरी दुई पदक जितेको थियो। यसपटक पदक संख्या उस्तै रहे पनि रजतसमेत जित्न सकेन। यससँगै एसियाली खेलकुदमा नेपालको पहिलो स्वर्णको प्रतीक्षा पनि लम्बिएको छ।

तेन्जिङको कास्यले जोगाएको साख

नेपालका लागि पहिलो पदक जित्ने खेलाडी बने तेन्जिङ शेर्पा। पुरुष करातेको ८४ केजीमाथिको कुमितेमा उनले लाओसका खेलाडीलाई ९–१ ले पराजित गर्दै कांस्य पदक पक्का गरेका थिए। उनको सफलताले नेपाललाई पदकविहीन हुनबाट जोगाउनुका साथै पदकको आशा गरिएको करातेलाई पनि निराशाजनक नतिजाबाट जोगाएको थियो।

पदकका प्रमुख दाबेदार असफल हुँदा तेन्जिङको उपलब्धि नेपालको मुख्य व्यक्तिगत सफलता बन्यो। तर, एक खेलाडीको सफलताले समग्र प्रदर्शनमा देखिएको कमजोरीलाई भने ढाक्न सकेन।

महिला कबड्डीको निरन्तर सफलता

महिला कबड्डी टोलीले पनि नेपालको पदक संख्या बढाउन महत्वपूर्ण भूमिका खेल्यो। समूह चरणमा श्रीलंकालाई ३४–२५ ले पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको थियो। कबड्डीमा सेमिफाइनल पुग्ने टोलीले कम्तीमा कांस्य पदक सुनिश्चित गर्ने भएकाले नेपालले अन्तिम चारमा स्थान बनाउँदै पदक पक्का गरेको हो।

नेपालले अघिल्लो हाङझाउ एसियाली खेलकुदमा पनि महिला कबड्डीमा कास्य जितेको थियो। लगातार दुई संस्करणमा पदक जित्नु महिला कबड्डीको निरन्तर उपलब्धि हो। समग्र टोलीले अपेक्षित प्रदर्शन गर्न नसकेका बेला यस खेलले नेपालको साख जोगाएको छ।

एरिकाको हारले बढाएको निराशा

नेपालले सबैभन्दा बढी आशा गरेका खेलाडीमध्ये एक थिइन्, करातेकी एरिका गुरुङ। हाङझाउ एसियाडमा रजत पदक जितेकी एरिकाबाट यसपटक स्वर्णको अपेक्षा गरिएको थियो। तर, उनले त्यो अपेक्षा पूरा गर्न सकिनन्। उनी पदकविहीन भइन्। महिला ६८ केजीमाथिको कुमितेमा एरिकाले क्वार्टरफाइनलमा जोर्डनकी यारा नासेरलाई ७–१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएकी थिइन्। तर, सेमिफाइनलमा काजकस्तानकी सोफिया ब्रुल्त्सेभासँग २–१ ले पराजित भइन्। कांस्य पदकका लागि भएको प्रतिस्पर्धामा पनि साउदी अरेबियाकी दिना अहमद मुस्तफासँग ८–७ ले हार्न पुगिन्।

अघिल्लो संस्करणमा रजत जितेकी खेलाडी यसपटक पदकविहीन हुनु नेपालको पदक लक्ष्यमा ठूलो धक्का थियो। एरिकाको नतिजाले अघिल्लो सफलता दोहो¥याउन वा सुधार गर्न निरन्तर अन्तर्राष्ट्रिय सहभागिता, खेलअनुसारको तयारी र निर्णायक प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्ने क्षमता कति महत्वपूर्ण हुन्छ भन्ने देखाएको छ। यद्यपि, नेपालको निराशाजनक प्रदर्शनको कारण एरिकाको हार मात्रै होइन। अन्य पदक सम्भावित खेल र खेलाडीले पनि अपेक्षित नतिजा दिन सकेनन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जनकपुर बोल्ट्सले इंग्ल्यान्डका पूर्व अन्तर्राष्ट्रिय अलराउन्डर मोइन अलीलाई नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका लागि अनुबन्ध गरेको छ । अली यस सिजनका लागि बोल्ट्समा आबद्ध हुने चौथो विदेशी खेलाडी हुन् । यसअघि बोल्ट्सले कप्तानका रूपमा हरमित सिंह, न्युजिल्यान्डका अलराउन्डर जिमी निशाम र पाकिस्तानका ब्याटर इफ्तिखार अहमदलाई अनुबन्ध गरिसकेको छ । बायाँ हाते ब्याटर र अफस्पिन बलर ...
। अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)बाट निलम्बनमा परेको सय दिन पूरा भयो । तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफाले गत २४ जुनमा नेपालमाथि अनिश्चित कालका लागि निलम्बन गरेको थियो । तर, सय दिन बितिसक्दा पनि फुकुवा हुने कुनै संकेत देखिएको छैन । फिफाले यसअघि नेपालका छिमेकी राष्ट्र भारत र पाकिस्तानलाई पनि निलम्बन गरेको ...
: नेपाली खेलकुदमा कुनै समय अन्तर्राष्ट्रिय पदकको प्रमुख आशा मानिनेमात्रै होइन, पदक लगातार पदक पनि जित्दै आएको तेक्वान्दोले एसियाली खेलकुदमा आफ्नो पुरानो साख कायम राख्न नसकेको लामो समय भइसकेको छ। जापानको आइची–नागोयामा जारी २०औं एसियाली खेलकुदमा पनि नेपाली खेलाडी पदकविहीन बनेपछि तेक्वान्दो लगातार पाँचौं एसियाडमा पदकविहीन भएको हो। शुक्रबार ग्योरोगीको ८० केजीमुनिको तौलसमूहमा अभिषेक बराल ...
। आईसीसी पुरुष टी–२० विश्वकप २०२८ को एसिया छनोटअन्तर्गत उपक्षेत्रीय छनोटका दुई प्रतियोगिता मलेसियामा आगामी सातादेखि सुरु हुँदैछ । उपक्षेत्रीय छनोट ‘ए’ र ‘बी’ अक्टोबर ५ देखि १४ सम्म सञ्चालन हुनेछन् । दुवै प्रतियोगितामा गरी १३ टोलीले प्रतिस्पर्धा गर्नेछन् । कुल ३६ खेल मलेसियाका बायुएमास ओभल, यूकेएम ओभल र एसटीसी ओभलमा हुनेछन् । उपक्षेत्रीय छनोट ‘ए’ मा ...
। आईसीसी पुरुष एकदिवसीय विश्वकप २०२७ को अन्तिम छनोटका लागि हुने १० टोली सम्मिलित क्वालिफायर दक्षिण अफ्रिका र नामिबियाले संयुक्त रूपमा आयोजना गर्ने भएका छन् । प्रतियोगिता फेब्रुअरी २६ देखि मार्च २१ सम्म सञ्चालन हुनेछ । विश्वकपको मुख्य प्रतियोगिताका लागि दक्षिण अफ्रिका र जिम्बाबेसहित आईसीसी एकदिवसीय वरीयताका शीर्ष आठ टोली स्वतः छनोट भइसकेका छन् । भारत, ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम