मुख्य समाचार
भन्सार क्षेत्रमा सुरक्षा निकायबीच विवाद
भन्सार क्षेत्रमा सुरक्षा निकायबीच विवाद

: भन्सार ड्युटी सकाएर फर्किने क्रममा सुरक्षामा खटिएका दुई निकायबीच उत्पन्न विवादले उग्ररूप लिँदा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जवानबीच हात हालाहाल भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार साँझ घटेको यो घटनाले केही समय भन्सार क्षेत्रमा तनाव सिर्जना भएको थियो।

प्रहरी स्रोतका अनुसार, सशस्त्र प्रहरीका कर्मचारीहरू आफ्नो भन्सार ड्युटी सकिएर बाहिर निस्कने क्रममा आगमनतर्फको भन्सार क्षेत्रमा रहेको प्रहरीको वाकथ्रु मेसिनमा प्रवेश गरेका थिए। सोही बेला नेपाल प्रहरीले ड्युटीमा रहेका सशस्त्र प्रहरीका कर्मचारीलाई नियमित सुरक्षा जाँच गर्नेक्रममा विवाद उत्पन्न भएको हो।उनीहरुबीच जाँच गर्ने तरिकालाई लिएर विवाद सिर्जना भएको हो।

हातले प्रत्यक्ष चेकजाँच नगरी केवल मेटल डिटेक्टरले मात्र जाँच गर्नुपर्ने विषयमा दुई पक्षबीच भनाभन भएको थियो। सुरक्षा स्रोतका अनुसार यही विवादले चर्कोरूप लिँदा सशस्त्र प्रहरी बलकी जवान सुजता परियार र नेपाल प्रहरीकी जवान सुनीता रोकायाबीच हात हालाहालको स्थिति सिर्जना भएको थियो।

घटनालगत्तै घटनास्थलमा रहेका अन्य सुरक्षाकर्मी र उच्च अधिकारीहरूले स्थिति थप बिग्रन दिएनन्। दुवै पक्षका जिम्मेवार अधिकारीहरूले तत्काल हस्तक्षेप गरी स्थिति नियन्त्रणमा लिएको नागरिक उड्ययन प्राधिकरणका कर्मचारीले बताएका छन्।

दुवै निकायका अधिकारीले घटनाको विषयमा आपसमा छलफल गरी थप अध्ययन तथा आन्तरिक छानबिन गरिरहेको छ। सुरक्षाकर्मीहरूजस्तो संवेदनशील निकायबीच सामान्य प्रक्रियागत विषयलाई लिएर भएको विवादले सुरक्षा संयन्त्रभित्र समन्वयको आवश्यकतालाई पुनः एकपटक उजागर गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। निजी तथा पारिवारिक भए पनि बेलायत भ्रमणका क्रममा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एवं उद्यमी विदुषी राणाले यहांका राजनीतिज्ञहरुसंग भेटघाट तीव्र बनाइन् । राणाले बेलायती संसदको तल्लो सदन हाउस अफ कमन्सका सभामुखदेखि उपल्लो सदन हाउस अफ लर्डस् सदस्यहरु, लन्डन उपमेयर, राजनीतिज्ञ तथा व्यवसायीहरुलाई भेटेर भीषण बाढी पछिको पुनर्निर्माणमा नेपाललाई सघाउन आह्वान गरेकी छिन् । राणाले सभामुख ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह निर्वाचनलाई केन्द्रित गर्दै देशभरका जिल्लामा आफ्ना नेताहरूलाई जिम्मेवारी तोकेको छ। रास्वपाले २०-२७ असोजसम्म एक साताका लागि विभिन्न जिल्लामा नेताहरू खटाउने भएको हो। प्रदेशअनुसार जिल्लाहरूमा जिम्मेवारी पाएका नेताहरूलाई स्थानीय तह निर्वाचन केन्द्रित गतिविधि, संगठन विस्तार तथा पार्टीको अभियानमा परिचालन गरिने जनाइएको छ। रास्वपा सहमहामन्त्री निशा डाँगीका अनुसार यसपटक रास्वपाले नागरिकका कुरा ...
। लगातारको वर्षाले कञ्चनपुरको भीमदत्त नगरपालिका–३ तिलकपुरका राजेन्द्रबहादुर बिष्टको केराखेतीमा करिब ५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । नेपाली सेनाका सुबेदार पदबाट २०८१ सालमा अवकाश पाएपछि बिष्ट व्यावसायिक केराखेतीमा लागेका थिए । उनले १२ कट्ठा जमिनमा १ हजार ४० केराका बोट लगाएका थिए । असोज ९, १० र १९ गते परेको वर्षाले केराका अधिकांश बोट ...
: झापामा प्रतिबन्धित भारतीय चिट्ठा र नगदसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–६, काँकडभिट्टाका ४५ वर्षीय गेलु शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले गोप्य सूचनाका आधारमा शनिबार बिहान करिब ११ बजे शेर्पालाई नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिएपछि प्रहरीले ...
। दशैंका लागि बिक्री गर्न उपल्लो डोल्पाबाट ल्याइएका च्याङ्ग्रा मुस्ताङ हुँदै पोखरा–काठमाडौँतर्फ लैजान थालिएको छ। उपल्लो डोल्पाको छार्काताङसोङ गाउँपालिकाबाट च्याङ्ग्रा हिमाल पार गरेर स्थलमार्ग हुँदै मुस्ताङ पुर्‍याइएको हो । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका व्यापारीले ती च्याङ्ग्रा मुस्ताङ हुँदै पोखरा र काठमाडौँका बजारतर्फ लैजाँदैछन् । त्रिपुरासुन्दरीका विक्रेता शिवानन्द गिरीका अनुसार यसपटक उपभोक्ताको मागलाई ध्यानमा राखेर एक हजारभन्दा बढी च्याङ्ग्रा बजार ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम