मुख्य समाचार
भन्सार क्षेत्रमा सुरक्षा निकायबीच विवाद
भन्सार क्षेत्रमा सुरक्षा निकायबीच विवाद

: भन्सार ड्युटी सकाएर फर्किने क्रममा सुरक्षामा खटिएका दुई निकायबीच उत्पन्न विवादले उग्ररूप लिँदा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जवानबीच हात हालाहाल भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार साँझ घटेको यो घटनाले केही समय भन्सार क्षेत्रमा तनाव सिर्जना भएको थियो।

प्रहरी स्रोतका अनुसार, सशस्त्र प्रहरीका कर्मचारीहरू आफ्नो भन्सार ड्युटी सकिएर बाहिर निस्कने क्रममा आगमनतर्फको भन्सार क्षेत्रमा रहेको प्रहरीको वाकथ्रु मेसिनमा प्रवेश गरेका थिए। सोही बेला नेपाल प्रहरीले ड्युटीमा रहेका सशस्त्र प्रहरीका कर्मचारीलाई नियमित सुरक्षा जाँच गर्नेक्रममा विवाद उत्पन्न भएको हो।उनीहरुबीच जाँच गर्ने तरिकालाई लिएर विवाद सिर्जना भएको हो।

हातले प्रत्यक्ष चेकजाँच नगरी केवल मेटल डिटेक्टरले मात्र जाँच गर्नुपर्ने विषयमा दुई पक्षबीच भनाभन भएको थियो। सुरक्षा स्रोतका अनुसार यही विवादले चर्कोरूप लिँदा सशस्त्र प्रहरी बलकी जवान सुजता परियार र नेपाल प्रहरीकी जवान सुनीता रोकायाबीच हात हालाहालको स्थिति सिर्जना भएको थियो।

घटनालगत्तै घटनास्थलमा रहेका अन्य सुरक्षाकर्मी र उच्च अधिकारीहरूले स्थिति थप बिग्रन दिएनन्। दुवै पक्षका जिम्मेवार अधिकारीहरूले तत्काल हस्तक्षेप गरी स्थिति नियन्त्रणमा लिएको नागरिक उड्ययन प्राधिकरणका कर्मचारीले बताएका छन्।

दुवै निकायका अधिकारीले घटनाको विषयमा आपसमा छलफल गरी थप अध्ययन तथा आन्तरिक छानबिन गरिरहेको छ। सुरक्षाकर्मीहरूजस्तो संवेदनशील निकायबीच सामान्य प्रक्रियागत विषयलाई लिएर भएको विवादले सुरक्षा संयन्त्रभित्र समन्वयको आवश्यकतालाई पुनः एकपटक उजागर गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले तीन वटा अध्यादेश जारी गर्नका लागि सिफारिस गरेको छ । बुधबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले तीन वटा अध्यादेश जारी गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । उनका अनुसार, भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र विपद्सम्बन्धी केही नेपाल ...
। वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन(भ्यान)ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार वीरगञ्जबाट पथलैयातर्फ जाँदै गरेको बा प्र ०३–००१ ज ०७२० नम्बरको भ्यानले पैदलयात्रामा रहेका गुप्तालाई ठक्कर दिएको थियो । दुर्घटनामा टाउको र दाहिने गोडामा गम्भीर चोट लागि घाइते भएकी गुप्ताको ...
: भारतीय विदेश मन्त्रालयले नेपालका लागि भारतीय राजदूतमा सुधाकर दलेला सिफारिस गरेको छ। भारत सरकारले देलाललाई नेपालको राजदूतमा नियुक्त गर्न लागेको हो। नेपाल सरकारले सहमति दिएपछि उनी राजदूतमा नियुक्त भएर काठमाडौंस्थित भारतीय दूतावासमा जिम्मेवारी सम्हाल्न आउनेछन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार यसअघिका राजदूत नवीन श्रीवास्तव कार्यकाल पूरा गरेर फर्किएपछि भारतले नयाँ राजदूत प्रस्ताव अगाडि बढाएको हो। दलेला सन् ...
। नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई ‘एटिएम मेसिन’बाटै १०० रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ । राष्ट्र बैंकको निर्देशनसँगै केही बैंक तथा वित्तीय संस्थाले नयाँ खाले एटिएम मेसिनबाट १०० रुपैयाँका नोट पनि वितरण गर्न थालेका छन् । नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले भोटेकोशीे बाढीले ठूलो जनधनको ...
। कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले संवैधानिक इजलास गठनका क्रममा सर्वोच्च अदालतमा भएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रधानन्यायाधीशले संवैधानिक इजलास गठनलाई व्यक्तिगत तजबिजको विषय बनाइराख्ने प्रवृत्ति देखिएको बारले संवैधानिक इजलास गठनको मापदण्ड तय गर्न माग गरेको हो । बारले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरिनुपर्ने र त्यसो गर्न नसकिने वस्तुगत अवस्था ...