: जितिया पर्वका अवसरमा शनिबार पोखरीमा नुहाउने क्रममा डुबेर बारामा दुई बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा बारा देवताल गाउँपालिका-६ रौवाहीका भोला पटेलकी १४ वर्षीया छोरी निशा पटेल र राजेश पटेलकी १४ वर्षीया छोरी चाँदनी पटेल रहेका छन्।
बारा प्रहरीका अनुसार देवताल गाउँपालिका-६ स्थित पोखरीमा नुहाउन गएका बेला बालिकाहरु बेपत्ता भएका थिए। बेपत्ता भएको केहीबेरमा दुबै बालिका मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए।