मुख्य समाचार
अधिकार रक्षाको निम्ति मधेशवादी दलबीच एकता हुनुपर्ने आवश्यकता
अधिकार रक्षाको निम्ति मधेशवादी दलबीच एकता हुनुपर्ने आवश्यकता

। मधेशवादी दलका नेताहरूले लामो सङ्घर्ष र बलिदानबाट प्राप्त संवैधानिक अधिकार रक्षाको निम्ति मधेशवादी दलबीच एकता हुनुपर्ने आवश्यकता औँल्याएका छन् ।

शनिबार जनमत पार्टीको दोस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मधेशवादी नेताहरूले यस्तो बताएका हुन् ।

उनीहरू महिला, मधेसी, दलित तथा उत्पीडित समुदायको संवैधानिक अधिकार कटौती हुने खतरा बढ्दै गएको उल्लेख गर्दै त्यसको रक्षा गर्दै थप अधिकारका निम्ति एकजुट हुनुपर्ने बताएका छन् ।

‘विगतका राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धिमाथि खतरा उत्पन्न भएको छ,’ कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले भने, ‘अधिकार, पहिचान र प्राप्त उपलब्धिको रक्षाका लागि पुन:सङ्घर्ष गर्नुपर्ने समय आएको छ, नेपालमा अझै पनि मधेशी समुदाय विभेद र उत्पीडनमा रहेको छ ।’

मधेशवादी दलका धेरै राजनीतिक मुद्दा समान रहेको उल्लेख गर्दै उनले फरक–फरक रूपमा अघि बढ्नुभन्दा सहकार्य गरेर अगाडि बढ्नुपर्ने धारणा राखे ।

अध्यक्ष यादवले राज्यका निकायमा मधेशी समुदायको जनसङ्ख्याका आधारमा प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेमासमेत जोड दिए ।

नेपाल सङ्घीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीले मधेशवादी दल सत्ता केन्द्रित राजनीतिभन्दा जनकेन्द्रित राजनीति र परिणाममुखी राजनीतिक संस्कार हुनुपर्नेमा जोड दिए ।

मधेश, आदिवासी जनजाति, दलित, मुस्लिम, थारू, महिला तथा सबै उत्पीडित र सीमान्तकृत समुदायको अधिकार सुनिश्चित नगरी समतामूलक नेपाल निर्माण गर्न नसकिने उनको भनाइ छ ।

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का केन्द्रीय सदस्य तथा मधेश प्रदेश अध्यक्ष अमिताभ बच्चन दासले सङ्घीय लोकतान्त्रिक गणतन्त्रबाट प्राप्त उपलब्धि र अधिकारको रक्षाका लागि सबै एकजुट हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई ‘एटिएम मेसिन’बाटै १०० रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ । राष्ट्र बैंकको निर्देशनसँगै केही बैंक तथा वित्तीय संस्थाले नयाँ खाले एटिएम मेसिनबाट १०० रुपैयाँका नोट पनि वितरण गर्न थालेका छन् । नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले भोटेकोशीे बाढीले ठूलो जनधनको ...
। कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले संवैधानिक इजलास गठनका क्रममा सर्वोच्च अदालतमा भएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रधानन्यायाधीशले संवैधानिक इजलास गठनलाई व्यक्तिगत तजबिजको विषय बनाइराख्ने प्रवृत्ति देखिएको बारले संवैधानिक इजलास गठनको मापदण्ड तय गर्न माग गरेको हो । बारले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरिनुपर्ने र त्यसो गर्न नसकिने वस्तुगत अवस्था ...
। इजरायल पठाउने भन्दै ठगी गरेको आरोपमा थप दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ज्ञानबहादुर कार्की र शिवराम श्रेष्ठलाई पक्राउ गरेको हो । उनीहरूलाई मुलपानी क्षेत्रबाट पक्राउ गरिएको सीआईबीका एसएसपी अनुपम शमशेर जबराले बताए । योसँगै पक्राउ पर्नेको संख्या चार पुगेको छ । यसअघि सीआईबीले कांग्रेस नेता भरतप्रसाद चौलागाईं र दोलखाकी ...
। मलेसियाले आगामी नोभेम्बर ५ देखि नेपालबाट नयाँ प्रणाली मार्फत श्रमिक लैजाने जनाएको छ । मलेसियाले ‘फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम’ (एफडब्लुसीएमएस) मार्फत श्रमिक लैजाने अन्तिम मिति आगामी ५ नोभेम्बर २०२६ भनेको छ । मलेसिया सरकारका लागि विदेशी श्रमिक भर्तीसम्बन्धी प्रणाली सञ्चालन गर्दै आएको बेस्टिनेट एसडिएन बीएचडीले ६ अक्टोबरमा ‘मेमो’ जारी गर्दै नेपालका लागि ५ नोभेम्बर २०२६ ...
। दाङमा स्कुल बसको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यानको शारदा नगरपालिका –२ खलङ्गा घर भई तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवामा डेरा गरी बस्ने पप्पु नेपालीका २ वर्षीय छोरा आयन रहेका छन् । बुधबार बिहान तुलसीपुर उपमहानगरपालिका–७ गैरापातु झोलुङ्गे पुलस्थित सडकमा लु.प्र.०२–००१ क ०००४ नम्बरको लक्ष्य एकेडेमीको बसले ठक्कर दिँदा बालक गम्भीर घाइते भएका ...