मुख्य समाचार
अधिकार रक्षाको निम्ति मधेशवादी दलबीच एकता हुनुपर्ने आवश्यकता
अधिकार रक्षाको निम्ति मधेशवादी दलबीच एकता हुनुपर्ने आवश्यकता

। मधेशवादी दलका नेताहरूले लामो सङ्घर्ष र बलिदानबाट प्राप्त संवैधानिक अधिकार रक्षाको निम्ति मधेशवादी दलबीच एकता हुनुपर्ने आवश्यकता औँल्याएका छन् ।

शनिबार जनमत पार्टीको दोस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मधेशवादी नेताहरूले यस्तो बताएका हुन् ।

उनीहरू महिला, मधेसी, दलित तथा उत्पीडित समुदायको संवैधानिक अधिकार कटौती हुने खतरा बढ्दै गएको उल्लेख गर्दै त्यसको रक्षा गर्दै थप अधिकारका निम्ति एकजुट हुनुपर्ने बताएका छन् ।

‘विगतका राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धिमाथि खतरा उत्पन्न भएको छ,’ कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले भने, ‘अधिकार, पहिचान र प्राप्त उपलब्धिको रक्षाका लागि पुन:सङ्घर्ष गर्नुपर्ने समय आएको छ, नेपालमा अझै पनि मधेशी समुदाय विभेद र उत्पीडनमा रहेको छ ।’

मधेशवादी दलका धेरै राजनीतिक मुद्दा समान रहेको उल्लेख गर्दै उनले फरक–फरक रूपमा अघि बढ्नुभन्दा सहकार्य गरेर अगाडि बढ्नुपर्ने धारणा राखे ।

अध्यक्ष यादवले राज्यका निकायमा मधेशी समुदायको जनसङ्ख्याका आधारमा प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेमासमेत जोड दिए ।

नेपाल सङ्घीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीले मधेशवादी दल सत्ता केन्द्रित राजनीतिभन्दा जनकेन्द्रित राजनीति र परिणाममुखी राजनीतिक संस्कार हुनुपर्नेमा जोड दिए ।

मधेश, आदिवासी जनजाति, दलित, मुस्लिम, थारू, महिला तथा सबै उत्पीडित र सीमान्तकृत समुदायको अधिकार सुनिश्चित नगरी समतामूलक नेपाल निर्माण गर्न नसकिने उनको भनाइ छ ।

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का केन्द्रीय सदस्य तथा मधेश प्रदेश अध्यक्ष अमिताभ बच्चन दासले सङ्घीय लोकतान्त्रिक गणतन्त्रबाट प्राप्त उपलब्धि र अधिकारको रक्षाका लागि सबै एकजुट हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। निजी तथा पारिवारिक भए पनि बेलायत भ्रमणका क्रममा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एवं उद्यमी विदुषी राणाले यहांका राजनीतिज्ञहरुसंग भेटघाट तीव्र बनाइन् । राणाले बेलायती संसदको तल्लो सदन हाउस अफ कमन्सका सभामुखदेखि उपल्लो सदन हाउस अफ लर्डस् सदस्यहरु, लन्डन उपमेयर, राजनीतिज्ञ तथा व्यवसायीहरुलाई भेटेर भीषण बाढी पछिको पुनर्निर्माणमा नेपाललाई सघाउन आह्वान गरेकी छिन् । राणाले सभामुख ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह निर्वाचनलाई केन्द्रित गर्दै देशभरका जिल्लामा आफ्ना नेताहरूलाई जिम्मेवारी तोकेको छ। रास्वपाले २०-२७ असोजसम्म एक साताका लागि विभिन्न जिल्लामा नेताहरू खटाउने भएको हो। प्रदेशअनुसार जिल्लाहरूमा जिम्मेवारी पाएका नेताहरूलाई स्थानीय तह निर्वाचन केन्द्रित गतिविधि, संगठन विस्तार तथा पार्टीको अभियानमा परिचालन गरिने जनाइएको छ। रास्वपा सहमहामन्त्री निशा डाँगीका अनुसार यसपटक रास्वपाले नागरिकका कुरा ...
। लगातारको वर्षाले कञ्चनपुरको भीमदत्त नगरपालिका–३ तिलकपुरका राजेन्द्रबहादुर बिष्टको केराखेतीमा करिब ५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । नेपाली सेनाका सुबेदार पदबाट २०८१ सालमा अवकाश पाएपछि बिष्ट व्यावसायिक केराखेतीमा लागेका थिए । उनले १२ कट्ठा जमिनमा १ हजार ४० केराका बोट लगाएका थिए । असोज ९, १० र १९ गते परेको वर्षाले केराका अधिकांश बोट ...
: झापामा प्रतिबन्धित भारतीय चिट्ठा र नगदसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–६, काँकडभिट्टाका ४५ वर्षीय गेलु शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले गोप्य सूचनाका आधारमा शनिबार बिहान करिब ११ बजे शेर्पालाई नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिएपछि प्रहरीले ...
। दशैंका लागि बिक्री गर्न उपल्लो डोल्पाबाट ल्याइएका च्याङ्ग्रा मुस्ताङ हुँदै पोखरा–काठमाडौँतर्फ लैजान थालिएको छ। उपल्लो डोल्पाको छार्काताङसोङ गाउँपालिकाबाट च्याङ्ग्रा हिमाल पार गरेर स्थलमार्ग हुँदै मुस्ताङ पुर्‍याइएको हो । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका व्यापारीले ती च्याङ्ग्रा मुस्ताङ हुँदै पोखरा र काठमाडौँका बजारतर्फ लैजाँदैछन् । त्रिपुरासुन्दरीका विक्रेता शिवानन्द गिरीका अनुसार यसपटक उपभोक्ताको मागलाई ध्यानमा राखेर एक हजारभन्दा बढी च्याङ्ग्रा बजार ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम