मुख्य समाचार
वडा अध्यक्षविरुद्ध यौन दुर्व्यवहारको मुद्दा दर्ता
वडा अध्यक्षविरुद्ध यौन दुर्व्यवहारको मुद्दा दर्ता

: दोलखामा वडा अध्यक्षविरुद्ध यौन दुर्व्यवहारको मुद्दा दर्ता भएको छ। कालिञ्चोक गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष दलबहादुर तामाङविरुद्ध शुक्रबार जिल्ला अदालत दोलखामा यौन दुर्व्यवहारको मुद्दा दर्ता भएको हो।

वडामा कार्यरत एक महिला कर्मचारीले उनीविरुद्ध मुद्दा दर्ता गराएकी हुन्। वडा अध्यक्ष तामाङले आफूमाथि पटक-पटक यौन दुर्व्यवहार गरेको ती महिला कर्मचारीको आरोप छ। आफूमाथि दुर्व्यवहार हुँदा पनि सहेर बसेको र घटनाबारे गाउँपालिकामा जानकारी गराउँदा कानुनी उपचार खोज्ने सल्लाह पाएपछि मुद्दा दर्ता गरेको उनले बताएकी छन्।

तामाङ २०७९ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन नेकपा ९माओवादी केन्द्र० बाट निर्वाचित वडा अध्यक्ष हुन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। निजी तथा पारिवारिक भए पनि बेलायत भ्रमणका क्रममा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एवं उद्यमी विदुषी राणाले यहांका राजनीतिज्ञहरुसंग भेटघाट तीव्र बनाइन् । राणाले बेलायती संसदको तल्लो सदन हाउस अफ कमन्सका सभामुखदेखि उपल्लो सदन हाउस अफ लर्डस् सदस्यहरु, लन्डन उपमेयर, राजनीतिज्ञ तथा व्यवसायीहरुलाई भेटेर भीषण बाढी पछिको पुनर्निर्माणमा नेपाललाई सघाउन आह्वान गरेकी छिन् । राणाले सभामुख ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह निर्वाचनलाई केन्द्रित गर्दै देशभरका जिल्लामा आफ्ना नेताहरूलाई जिम्मेवारी तोकेको छ। रास्वपाले २०-२७ असोजसम्म एक साताका लागि विभिन्न जिल्लामा नेताहरू खटाउने भएको हो। प्रदेशअनुसार जिल्लाहरूमा जिम्मेवारी पाएका नेताहरूलाई स्थानीय तह निर्वाचन केन्द्रित गतिविधि, संगठन विस्तार तथा पार्टीको अभियानमा परिचालन गरिने जनाइएको छ। रास्वपा सहमहामन्त्री निशा डाँगीका अनुसार यसपटक रास्वपाले नागरिकका कुरा ...
। लगातारको वर्षाले कञ्चनपुरको भीमदत्त नगरपालिका–३ तिलकपुरका राजेन्द्रबहादुर बिष्टको केराखेतीमा करिब ५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । नेपाली सेनाका सुबेदार पदबाट २०८१ सालमा अवकाश पाएपछि बिष्ट व्यावसायिक केराखेतीमा लागेका थिए । उनले १२ कट्ठा जमिनमा १ हजार ४० केराका बोट लगाएका थिए । असोज ९, १० र १९ गते परेको वर्षाले केराका अधिकांश बोट ...
: झापामा प्रतिबन्धित भारतीय चिट्ठा र नगदसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–६, काँकडभिट्टाका ४५ वर्षीय गेलु शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले गोप्य सूचनाका आधारमा शनिबार बिहान करिब ११ बजे शेर्पालाई नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिएपछि प्रहरीले ...
। दशैंका लागि बिक्री गर्न उपल्लो डोल्पाबाट ल्याइएका च्याङ्ग्रा मुस्ताङ हुँदै पोखरा–काठमाडौँतर्फ लैजान थालिएको छ। उपल्लो डोल्पाको छार्काताङसोङ गाउँपालिकाबाट च्याङ्ग्रा हिमाल पार गरेर स्थलमार्ग हुँदै मुस्ताङ पुर्‍याइएको हो । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका व्यापारीले ती च्याङ्ग्रा मुस्ताङ हुँदै पोखरा र काठमाडौँका बजारतर्फ लैजाँदैछन् । त्रिपुरासुन्दरीका विक्रेता शिवानन्द गिरीका अनुसार यसपटक उपभोक्ताको मागलाई ध्यानमा राखेर एक हजारभन्दा बढी च्याङ्ग्रा बजार ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम