मुख्य समाचार
दशैंका लागि बिक्री गर्न उपल्लो डोल्पाबाट ल्याइएका च्याङ्ग्रा मुस्ताङ हुँदै पोखरा–काठमाडौँतर्फ
दशैंका लागि बिक्री गर्न उपल्लो डोल्पाबाट ल्याइएका च्याङ्ग्रा मुस्ताङ हुँदै पोखरा–काठमाडौँतर्फ

। दशैंका लागि बिक्री गर्न उपल्लो डोल्पाबाट ल्याइएका च्याङ्ग्रा मुस्ताङ हुँदै पोखरा–काठमाडौँतर्फ लैजान थालिएको छ।

उपल्लो डोल्पाको छार्काताङसोङ गाउँपालिकाबाट च्याङ्ग्रा हिमाल पार गरेर स्थलमार्ग हुँदै मुस्ताङ पुर्‍याइएको हो ।

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका व्यापारीले ती च्याङ्ग्रा मुस्ताङ हुँदै पोखरा र काठमाडौँका बजारतर्फ लैजाँदैछन् ।

त्रिपुरासुन्दरीका विक्रेता शिवानन्द गिरीका अनुसार यसपटक उपभोक्ताको मागलाई ध्यानमा राखेर एक हजारभन्दा बढी च्याङ्ग्रा बजार पुर्‍याउने लक्ष्य राखिएको छ । ‘हिमाल पार गरेर च्याङ्ग्रा बजारतर्फ लैजाँदैछौँ । उपभोक्ताको मागअनुसार नै च्याङ्ग्रा झार्न थालेका हौं’, उनले भने ।

उपल्लो डोल्पाबाट च्याङ्ग्रा बजारसम्म पुग्नु आफैंमा सहज यात्रा भने होइन । हिमाली भौगोलिक अवस्थाका कारण लामो दूरी पैदल यात्रा गराउनुपर्ने अवस्था छ । भ्यारोललगायतका हिमाली क्षेत्र पार गर्दै मुस्ताङतर्फ झारिएका च्याङ्ग्रा त्यसपछि पोखरा हुँदै अन्य बजारमा पुग्छन् । यसरी च्याङ्ग्राको यात्रा हिमाली चरन क्षेत्रदेखि उपभोक्ताको भान्सासम्म जोडिन्छ ।

दशैंको समयमा च्याङ्ग्राको माग बढ्ने भएकाले व्यापारीले उपल्लो डोल्पाबाट च्याङ्ग्रा संकलन गरी विभिन्न बजारमा बिक्रीका लागि लैजाने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। निजी तथा पारिवारिक भए पनि बेलायत भ्रमणका क्रममा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एवं उद्यमी विदुषी राणाले यहांका राजनीतिज्ञहरुसंग भेटघाट तीव्र बनाइन् । राणाले बेलायती संसदको तल्लो सदन हाउस अफ कमन्सका सभामुखदेखि उपल्लो सदन हाउस अफ लर्डस् सदस्यहरु, लन्डन उपमेयर, राजनीतिज्ञ तथा व्यवसायीहरुलाई भेटेर भीषण बाढी पछिको पुनर्निर्माणमा नेपाललाई सघाउन आह्वान गरेकी छिन् । राणाले सभामुख ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह निर्वाचनलाई केन्द्रित गर्दै देशभरका जिल्लामा आफ्ना नेताहरूलाई जिम्मेवारी तोकेको छ। रास्वपाले २०-२७ असोजसम्म एक साताका लागि विभिन्न जिल्लामा नेताहरू खटाउने भएको हो। प्रदेशअनुसार जिल्लाहरूमा जिम्मेवारी पाएका नेताहरूलाई स्थानीय तह निर्वाचन केन्द्रित गतिविधि, संगठन विस्तार तथा पार्टीको अभियानमा परिचालन गरिने जनाइएको छ। रास्वपा सहमहामन्त्री निशा डाँगीका अनुसार यसपटक रास्वपाले नागरिकका कुरा ...
। लगातारको वर्षाले कञ्चनपुरको भीमदत्त नगरपालिका–३ तिलकपुरका राजेन्द्रबहादुर बिष्टको केराखेतीमा करिब ५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । नेपाली सेनाका सुबेदार पदबाट २०८१ सालमा अवकाश पाएपछि बिष्ट व्यावसायिक केराखेतीमा लागेका थिए । उनले १२ कट्ठा जमिनमा १ हजार ४० केराका बोट लगाएका थिए । असोज ९, १० र १९ गते परेको वर्षाले केराका अधिकांश बोट ...
: झापामा प्रतिबन्धित भारतीय चिट्ठा र नगदसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–६, काँकडभिट्टाका ४५ वर्षीय गेलु शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले गोप्य सूचनाका आधारमा शनिबार बिहान करिब ११ बजे शेर्पालाई नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिएपछि प्रहरीले ...
। जुम्ला हुँदै मनाङ–मुस्ताङसम्म जोड्ने सडकसहित कर्णाली राजमार्ग र नाग्म–गमगडी सडकको स्तरोन्नति तथा निर्माणको सम्झौताअनुसार काम नगर्ने छवटा निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । सडक डिभिजनसँग उक्त राजमार्गको निर्माण गर्नका लागि आर्थिक वर्ष २०७५ देखि २०८० सालसम्म सम्झौता भएका निर्माण कम्पनीले समयमै काम नगर्दा सार्वजनिक खरिद अनुगमन कार्यालय काठमाडौँलाई कालोसूचीमा राख्नका लागि ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम