मुख्य समाचार
झापामा प्रतिबन्धित भारतीय चिट्ठा र नगदसहित एक जना पक्राउ
झापामा प्रतिबन्धित भारतीय चिट्ठा र नगदसहित एक जना पक्राउ

: झापामा प्रतिबन्धित भारतीय चिट्ठा र नगदसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–६, काँकडभिट्टाका ४५ वर्षीय गेलु शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले गोप्य सूचनाका आधारमा शनिबार बिहान करिब ११ बजे शेर्पालाई नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिएपछि प्रहरीले उनको घरमा खानतलासी गरेको थियो। खानतलासीका क्रममा ‘रोयल’ लेखिएको भारतीय चिट्ठा १३ बुङ बरामद भएको छ। प्रत्येक बुङमा १०० वटाका दरले कुल १ हजार ३०० थान चिट्ठा बरामद भएको प्रहरीले जनाएको छ।

त्यस्तै, प्रहरीले शेर्पाको घरबाट ३६ हजार ५०० नेपाली रुपैयाँसमेत बरामद गरेको छ। बरामद रकममा १ हजार दरका १८ थान नोट (१८ हजार), ५०० दरका २४ थान (१२ हजार), १०० दरका ६१ थान (६ हजार १००) र ५० दरका ८ थान (४०० रुपैयाँ) रहेका छन्। पक्राउ परेका शेर्पालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

सीमावर्ती बजारमा भारतीय चिट्ठाको कारोबार

झापाका भारतसँग जोडिएका सीमावर्ती क्षेत्र काँकडभिट्टा र भद्रपुरमा भारतीय चिट्ठाको कारोबार लामो समयदेखि चुनौतीका रूपमा देखिँदै आएको छ। स्थानीयका अनुसार भारतको पश्चिम बङ्गाल, सिक्किम र नागाल्यान्डलगायतका क्षेत्रमा बिक्री हुने विभिन्न प्रकारका चिट्ठा सीमावर्ती नेपाली बजारसम्म पुग्ने गरेका छन्। यसको कारोबारमा नेपाली तथा भारतीय युवाहरू संलग्न छन्।

स्थानीय स्तरमा खुलेआम रूपमा चिट्ठा बिक्री–वितरण हुने गरेको गुनासो आउने गरेको छ। चिट्ठाको कारोबारबाट दैनिक ठूलो रकम भारततर्फ जाने गरेको स्थानीयको दाबी छ। चिट्ठाको लतमा परेर कतिपय व्यक्ति आर्थिक रूपमा सङ्कटमा परेका छन् भने घरपरिवारमा समेत समस्या उत्पन्न भएको छ। चिट्ठा नियन्त्रण तथा रोकथामका लागि स्थानीयले प्रहरी र प्रशासनसँग पटक-पटक आग्रह गर्दै आए पनि प्रभावकारी नियन्त्रण हुन नसकेको गुनासो छ।

सीमावर्ती क्षेत्रमा हुने यस्ता कारोबारले सर्वसाधारणको रकम बाहिरिने मात्र नभई गैरकानुनी आर्थिक गतिविधिलाई समेत प्रोत्साहन गर्ने भएकाले यसको निगरानी र नियन्त्रण आवश्यक रहेको स्थानीय बताउँछन्। यसअघि पनि झापाको सीमावर्ती क्षेत्रमा प्रतिबन्धित भारतीय चिट्ठाको कारोबारमा संलग्न व्यक्तिहरूलाई प्रहरीले कारबाही गर्दै आएको छ। पछिल्लो पक्राउको घटनाले सीमावर्ती क्षेत्रमा चिट्ठाको अवैध कारोबार अझै पूर्ण रूपमा नियन्त्रणमा आउन नसकेको देखाउँछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले तीन वटा अध्यादेश जारी गर्नका लागि सिफारिस गरेको छ । बुधबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले तीन वटा अध्यादेश जारी गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । उनका अनुसार, भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र विपद्सम्बन्धी केही नेपाल ...
। वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन(भ्यान)ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार वीरगञ्जबाट पथलैयातर्फ जाँदै गरेको बा प्र ०३–००१ ज ०७२० नम्बरको भ्यानले पैदलयात्रामा रहेका गुप्तालाई ठक्कर दिएको थियो । दुर्घटनामा टाउको र दाहिने गोडामा गम्भीर चोट लागि घाइते भएकी गुप्ताको ...
: भारतीय विदेश मन्त्रालयले नेपालका लागि भारतीय राजदूतमा सुधाकर दलेला सिफारिस गरेको छ। भारत सरकारले देलाललाई नेपालको राजदूतमा नियुक्त गर्न लागेको हो। नेपाल सरकारले सहमति दिएपछि उनी राजदूतमा नियुक्त भएर काठमाडौंस्थित भारतीय दूतावासमा जिम्मेवारी सम्हाल्न आउनेछन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार यसअघिका राजदूत नवीन श्रीवास्तव कार्यकाल पूरा गरेर फर्किएपछि भारतले नयाँ राजदूत प्रस्ताव अगाडि बढाएको हो। दलेला सन् ...
। नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई ‘एटिएम मेसिन’बाटै १०० रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ । राष्ट्र बैंकको निर्देशनसँगै केही बैंक तथा वित्तीय संस्थाले नयाँ खाले एटिएम मेसिनबाट १०० रुपैयाँका नोट पनि वितरण गर्न थालेका छन् । नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले भोटेकोशीे बाढीले ठूलो जनधनको ...
। कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले संवैधानिक इजलास गठनका क्रममा सर्वोच्च अदालतमा भएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रधानन्यायाधीशले संवैधानिक इजलास गठनलाई व्यक्तिगत तजबिजको विषय बनाइराख्ने प्रवृत्ति देखिएको बारले संवैधानिक इजलास गठनको मापदण्ड तय गर्न माग गरेको हो । बारले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरिनुपर्ने र त्यसो गर्न नसकिने वस्तुगत अवस्था ...