मुख्य समाचार
वर्षाले दसैं-तिहारका लागि तयार भइरहेको केराखेतीमा क्षति, चिन्तामा किसान
वर्षाले दसैं-तिहारका लागि तयार भइरहेको केराखेतीमा क्षति, चिन्तामा किसान

। लगातारको वर्षाले कञ्चनपुरको भीमदत्त नगरपालिका–३ तिलकपुरका राजेन्द्रबहादुर बिष्टको केराखेतीमा करिब ५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

नेपाली सेनाका सुबेदार पदबाट २०८१ सालमा अवकाश पाएपछि बिष्ट व्यावसायिक केराखेतीमा लागेका थिए । उनले १२ कट्ठा जमिनमा १ हजार ४० केराका बोट लगाएका थिए ।

असोज ९, १० र १९ गते परेको वर्षाले केराका अधिकांश बोट ढलेर नष्ट भएका छन् । दशैं–तिहारलाई लक्षित गरेर बिक्रीका लागि तयार हुँदै गरेको केरा नष्ट भएपछि ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको बिष्टले बताए ।

बिष्टका अनुसार, केराखेती सुरु गर्दा उनले करिब ३ लाख रुपैयाँ लगानी गरेका थिए । पहिलो पटकको लगानीबाट लागत उठाएपछि उनले दोस्रो पटकको २ लाख लगानी गरेका थिए । ‘पहिलो पटकको लगानी त उठिसकेको थियो । त्यसपछि फेरि करिब २ लाख रुपैयाँ लगानी गरेर खेती गरेको थिएँ’, उनले थपे, ‘अबको १२–१५ दिनसम्म केही नभएको भए दशैंका लागि ठीक्क हुने केरा थियो । दशैंको लागि तयार हुनुअघि नै बोट ढलेपछि साह्रै चिन्ता लागेको छ, यसपटक करिब ५ लाख रुपैयाँ बराबरको केरा नष्ट भयो ।’

केरा बिक्री हुने मुख्य समयमै बोट ढलेपछि लगानीसँगै आम्दानीको अपेक्षासमेत गुमेको बिष्टले बताए ।

खेतीमा क्षति भएपछि बीमा गरेको भए केही राहत हुने भए पनि आफूलाई समयमै त्यसबारे जानकारी नभएको उनले बताए । बोट रोपिसकेपछि बीमा गर्न खोज्दा सम्भव नभएको उनको भनाइ छ । ‘इन्स्योरेन्स गर्नुपर्छ भन्ने जानकारी नै भएन । बोट रोप्नुभन्दा पहिले नै बीमा गर्नुपर्ने रहेछ,’ बिष्टले भने, ‘मैले बोट लगाइसकेपछि इन्स्योरेन्स गर्न खोज्दा भएन ।’

वर्षाबाट भएको क्षतिको स्थानीय तह तथा सम्बन्धित निकायले स्थलगत अनुगमन गरी मूल्यांकन गर्नुपर्ने बिष्टको माग छ । उनले किसानलाई राहत तथा आगामी खेतीका लागि आवश्यक सहयोग उपलब्ध गराउनसमेत आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई ‘एटिएम मेसिन’बाटै १०० रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ । राष्ट्र बैंकको निर्देशनसँगै केही बैंक तथा वित्तीय संस्थाले नयाँ खाले एटिएम मेसिनबाट १०० रुपैयाँका नोट पनि वितरण गर्न थालेका छन् । नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले भोटेकोशीे बाढीले ठूलो जनधनको ...
। कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले संवैधानिक इजलास गठनका क्रममा सर्वोच्च अदालतमा भएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रधानन्यायाधीशले संवैधानिक इजलास गठनलाई व्यक्तिगत तजबिजको विषय बनाइराख्ने प्रवृत्ति देखिएको बारले संवैधानिक इजलास गठनको मापदण्ड तय गर्न माग गरेको हो । बारले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरिनुपर्ने र त्यसो गर्न नसकिने वस्तुगत अवस्था ...
। इजरायल पठाउने भन्दै ठगी गरेको आरोपमा थप दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ज्ञानबहादुर कार्की र शिवराम श्रेष्ठलाई पक्राउ गरेको हो । उनीहरूलाई मुलपानी क्षेत्रबाट पक्राउ गरिएको सीआईबीका एसएसपी अनुपम शमशेर जबराले बताए । योसँगै पक्राउ पर्नेको संख्या चार पुगेको छ । यसअघि सीआईबीले कांग्रेस नेता भरतप्रसाद चौलागाईं र दोलखाकी ...
। मलेसियाले आगामी नोभेम्बर ५ देखि नेपालबाट नयाँ प्रणाली मार्फत श्रमिक लैजाने जनाएको छ । मलेसियाले ‘फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम’ (एफडब्लुसीएमएस) मार्फत श्रमिक लैजाने अन्तिम मिति आगामी ५ नोभेम्बर २०२६ भनेको छ । मलेसिया सरकारका लागि विदेशी श्रमिक भर्तीसम्बन्धी प्रणाली सञ्चालन गर्दै आएको बेस्टिनेट एसडिएन बीएचडीले ६ अक्टोबरमा ‘मेमो’ जारी गर्दै नेपालका लागि ५ नोभेम्बर २०२६ ...
। दाङमा स्कुल बसको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यानको शारदा नगरपालिका –२ खलङ्गा घर भई तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवामा डेरा गरी बस्ने पप्पु नेपालीका २ वर्षीय छोरा आयन रहेका छन् । बुधबार बिहान तुलसीपुर उपमहानगरपालिका–७ गैरापातु झोलुङ्गे पुलस्थित सडकमा लु.प्र.०२–००१ क ०००४ नम्बरको लक्ष्य एकेडेमीको बसले ठक्कर दिँदा बालक गम्भीर घाइते भएका ...