मुख्य समाचार
बेलायत भ्रमणका क्रममा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एवं उद्यमी विदुषी राणाले यहांका राजनीतिज्ञहरुसंग भेटघाट तीव्र
बेलायत भ्रमणका क्रममा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एवं उद्यमी विदुषी राणाले यहांका राजनीतिज्ञहरुसंग भेटघाट तीव्र

। निजी तथा पारिवारिक भए पनि बेलायत भ्रमणका क्रममा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एवं उद्यमी विदुषी राणाले यहांका राजनीतिज्ञहरुसंग भेटघाट तीव्र बनाइन् ।

राणाले बेलायती संसदको तल्लो सदन हाउस अफ कमन्सका सभामुखदेखि उपल्लो सदन हाउस अफ लर्डस् सदस्यहरु, लन्डन उपमेयर, राजनीतिज्ञ तथा व्यवसायीहरुलाई भेटेर भीषण बाढी पछिको पुनर्निर्माणमा नेपाललाई सघाउन आह्वान गरेकी छिन् ।

राणाले सभामुख सर लिन्डसे होयलसंगको भेटघाटमा दुई शताब्दीभन्दा लामो नेपाल–बेलायत मैत्रीपूर्ण सम्बन्धबारे चर्चा गर्दै बाढी पछि बेलायतले गरेको मानवीय सहायताप्रति आभार व्यक्त गरिन् । उनले नेपाल सरकार अब पुननिर्माणमा केन्द्रित भएकाले बेलायत सरकारबाट थप सहयोग खांचो रहेको औंल्याएकी थिइन् । ४ नोभेम्बर २०१९ देखि यस पदमा सेवा गर्दै आएका होयल बेलायतको १५८औँ सभामुख हुन् ।

राणाले भारतीयमूलका ब्रिटिश धनाढ्य लर्डस् बिलिमोरियासंग भेट हुंदा वर्तमान नेपाल सरकारले आर्थिक समृद्धिका लागि विशेष प्राथमिकता दिएको जनाउंदै नेपालमा बेलायती लगानीका लागि आग्रह गरिन् ।

सांसद राणाले बाढीपछि पहिलोपटक उपल्लो सदन हाउस अफ लर्डसमा नेपाललाई बेलायतले थप सहयोग गर्न कन्जुस्याईं गर्न नहुने धारणा राखेका लर्डस् पोपट, ब्यारोनेस बर्मा, बेलायतका पूर्व प्रधानमन्त्री ऋषि सुनकका पूर्व राजनीतिक सल्लाहकार तथा कन्जरभेटिभ पार्टीका अन्तर्राष्ट्रिय प्रमुख अमित जोगिया, व्यापार तथा विकास हेर्ने लन्डन उपमेयर होवार्ड डबर (ओबीई) सहित नेपाली व्यापारिक समुदायसंग भेटघाट गरेकी थिइन् ।

सांसद राणाले गत अगस्ट २६ मा रसुवा, नुवाकोट र तल्लो तटीय क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण धनजनको ठूलो क्षति हुंदा यसको पुननिर्माणमा नेपालको कुल गार्हस्थ्य उत्पादनको करिब १० प्रतिशत रकम खर्चनु पर्ने भएकाले अन्तर्राष्ट्रिय समुदायको सहयोग अपरिहार्य भएको उल्लेख गरिन् ।

नेपाल गहिरो शोकमा डुबेका बेला ब्रिटिश संसदको माथिल्लो सदन (हाउस अफ लर्डस्) र तल्लो सदन (हाउस अफ कमन्स) मा नेपालको विपद्बारे गहन छलफल गरिएको भन्दै सांसद राणाले बेलायती सरकार, जनता र जनप्रतिनिधिहरूप्रति हार्दिक आभार समेत व्यक्त गरिन्।

उनले ब्रिटिश विदेशमन्त्री एड मिलिब्याण्डका साथै सांसदहरू मोनिका हार्डिङ, क्यालम एन्डरसन र वेन्डी मोर्टनले हाउस अफ कमन्समा नेपालको पक्षमा उठाएका आवाजको सराहना गरिन् ।

त्यसैगरी हाउस अफ लर्डस्मा लर्ड बिलिमोरिया, लर्ड क्यामोयस, लर्ड पोपट, लर्ड ल्यान्कास्टर, लर्ड वुड, बारोनेस स्टुअर्ट लगायतका सांसदहरूले प्रभावित नेपाली परिवारलाई सहयोग, मानसरोवर–कैलाश यात्रीको सुरक्षा, आपत्कालीन खाद्य तथा औषधी सहायता र पूर्वसूचना प्रणालीबारे राखेका चासोहरू नेपालका लागि निकै महत्त्वपूर्ण रहेको उल्लेख गरिन्।

हालै न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घ महासभामा प्रधानमन्त्री बालेन्द्र शाह र परराष्ट्र मन्त्री शिशिर खनालले हिमाली तथा साना टापु राष्ट्रहरूको तर्फबाट जलवायु न्यायको पक्षमा आवाज उठाइरहेको सन्दर्भ जोड्दै सांसद राणाले पूर्वतयारीमा लगानी, तथ्याङ्क आदानप्रदान र अनुसन्धानको क्षेत्रमा नेपाल तथा बेलायतबीच थप सहकार्य गर्नु पर्नेमा जोड दिइन्।

दुई शताब्दीभन्दा लामो नेपाल–बेलायत मित्रवत् सम्बन्धलाई थप मजबुत बनाउँदै यो संकटको घडीमा अनुसन्धानकर्ता, राजनीतिज्ञ र नागरिक समाजलाई एकजुट भएर कार्य गर्न पनि उनले आह्वान गरिन् ।

‘म निजी भ्रमणमा भएपनि यो अवसरलाई मातृभूमिसंग जोडेर केही पहल गर्न लागें’, राणाले भनिन्, ‘बेलायतमा भएका भेटघाट समन्वय गर्ने व्यवसायी तथा समाजसेवी रविन्द्रजंग लामिछानेप्रति विशेष कृतज्ञ छु ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई ‘एटिएम मेसिन’बाटै १०० रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ । राष्ट्र बैंकको निर्देशनसँगै केही बैंक तथा वित्तीय संस्थाले नयाँ खाले एटिएम मेसिनबाट १०० रुपैयाँका नोट पनि वितरण गर्न थालेका छन् । नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले भोटेकोशीे बाढीले ठूलो जनधनको ...
। कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले संवैधानिक इजलास गठनका क्रममा सर्वोच्च अदालतमा भएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रधानन्यायाधीशले संवैधानिक इजलास गठनलाई व्यक्तिगत तजबिजको विषय बनाइराख्ने प्रवृत्ति देखिएको बारले संवैधानिक इजलास गठनको मापदण्ड तय गर्न माग गरेको हो । बारले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरिनुपर्ने र त्यसो गर्न नसकिने वस्तुगत अवस्था ...
। इजरायल पठाउने भन्दै ठगी गरेको आरोपमा थप दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ज्ञानबहादुर कार्की र शिवराम श्रेष्ठलाई पक्राउ गरेको हो । उनीहरूलाई मुलपानी क्षेत्रबाट पक्राउ गरिएको सीआईबीका एसएसपी अनुपम शमशेर जबराले बताए । योसँगै पक्राउ पर्नेको संख्या चार पुगेको छ । यसअघि सीआईबीले कांग्रेस नेता भरतप्रसाद चौलागाईं र दोलखाकी ...
। मलेसियाले आगामी नोभेम्बर ५ देखि नेपालबाट नयाँ प्रणाली मार्फत श्रमिक लैजाने जनाएको छ । मलेसियाले ‘फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम’ (एफडब्लुसीएमएस) मार्फत श्रमिक लैजाने अन्तिम मिति आगामी ५ नोभेम्बर २०२६ भनेको छ । मलेसिया सरकारका लागि विदेशी श्रमिक भर्तीसम्बन्धी प्रणाली सञ्चालन गर्दै आएको बेस्टिनेट एसडिएन बीएचडीले ६ अक्टोबरमा ‘मेमो’ जारी गर्दै नेपालका लागि ५ नोभेम्बर २०२६ ...
। दाङमा स्कुल बसको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यानको शारदा नगरपालिका –२ खलङ्गा घर भई तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवामा डेरा गरी बस्ने पप्पु नेपालीका २ वर्षीय छोरा आयन रहेका छन् । बुधबार बिहान तुलसीपुर उपमहानगरपालिका–७ गैरापातु झोलुङ्गे पुलस्थित सडकमा लु.प्र.०२–००१ क ०००४ नम्बरको लक्ष्य एकेडेमीको बसले ठक्कर दिँदा बालक गम्भीर घाइते भएका ...