मुख्य समाचार
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गएराति अमेरिका पुगे
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गएराति अमेरिका पुगे

। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गएराति अमेरिका पुगेका छन् ।

उनलाई वासिङ्टन डीसीमा कार्यवाहक राजदूत शरदराज आरन र दूतावासका पदाधिकारीले स्वागत गरे । भ्रमण क्रममा मन्त्री वाग्लेले नेपालको आर्थिक साझेदारी र सहयोग सुदृढ बनाउने उद्देश्यसाथ सोमबार अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट (सेक्रेटरी अफ द ट्रेजरी) र विश्व बैंक समूहका अध्यक्ष अजय बङ्गासँग भेटवार्ता गर्नेछन् ।

भेटवार्ता क्रममा द्विपक्षीय सहयोग अभिवृद्धि, पुनर्निर्माण, ग्रे लिस्टबाट बहिर्गमन तथा बृहत आर्थिक सुधारका विविध विषयमा छलफल हुनेछ ।

छलफल र भेटवार्ता क्रममा हालै भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण क्षति पुगेका भौतिक एवं आर्थिक पूर्वाधार पुनर्निर्माण र उत्थानशील विकासका लागि थप सहायता परिचालन विषयमा विश्व बैंक तथा अमेरिकी सरकारका प्रतिनिधिहरूसँग कुराकानी हुनेछ ।

साथै सडक, विद्युत् प्रसारण लाइन लगायत महत्त्वपूर्ण पूर्वाधार मार्फत मुलुकभित्र रोजगारी र आर्थिक अवसर सिर्जना गर्न विकास साझेदार एवं निजी क्षेत्रको लगानी अभिवृद्धि गर्ने पहल भ्रमणको मुख्य उद्देश्य रहेको छ ।

भ्रमण क्रममा अर्थमन्त्री वाग्लेले इन्टरनेसनल डेभलपमेन्ट फाइनान्स कर्पोरेसनका उच्चपदस्थ अधिकारीका साथै निजी क्षेत्रका अग्रणी लगानीकर्तासँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना सांसदहरूलाई पार्टी निर्णयबारे प्रशिक्षण दिएका छन् । पार्टी कार्यालय च्यासलमा बसेको संसदीय दलको बैठकमा ओलीले पार्टीको केन्द्रीय कमिटी बैठकले गरेको निर्णयमा आधारित भएर प्रशिक्षण दिएका हुन् । ‘धेरैजसो (सांसदहरू) सहभागी हुनुभएको थियो, अध्यक्षले तेस्रो केन्द्रीय कमिटी बैठकले गरेको निर्णयमा रहेर प्रशिक्षात्मक, निर्देशनात्मक भनाइहरू राख्नुभयो,’ प्रमुख सचेतक ऐन महरले भने ...
। नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले जनताको मनमा भएका प्रश्नको जवाफ दिन नसकेको स्वीकार गरेका छन् । आजबाट सुरु भएको पार्टीको १५ औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । लोकतन्त्र र राजनीति सहि बाटोमा हिंड्न सकेको छ वा छैन भन्ने कुरामा ध्यान दिनुपर्ने उनको भनाइ थियो । ‘आज लोकतन्त्र सही बाटोमा हिंडिरहेको छ ...
। बुटवल-पाल्पा सडक खण्डको तल्लो सिद्धबाबा मन्दिर नजिक सडकबाट मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ। आइतबार दिउँसो साढे १ बजेको समयमा तिनाउ गाउँपालिका ३ स्थित तल्लो सिद्धबाबा नजिक बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु ७४ प ९१७१ नम्बरको मोटरसाइकल अनियन्त्रि भई सडकबाट खस्दा सेको थियो। गुल्मीको छत्रकोट पाउँपालिका-३ का ४७ वर्षीय नवराज पन्थको ज्यान गएको हो। जिल्ला ...
। दसैंमा काठमाडौं उपत्यका छाड्नेलाई सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला नगर्दा यात्रुमा अन्योल बढेको छ । अहिले केही कम्पनीले अनलाइनबाट टिकट बुकिङ गरिरहेका छन् । खासगरी पोखरा, चितवन, भैरहवा जस्ता सहज र धेरै विकल्प भएका गन्तव्यका लागि अनलाइन टिकट उपलब्ध छन् । तर, दुर्गम र यातायात सहज नभएका गन्तव्यमा सरकार र व्यवसायीले औपचारिक रूपमा अग्रिम टिकट ...
। नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बानियाँले सहकार्य सहमति र एकताको सन्देश सहित सभापति गगन थापाले छाति फराकिलो पारेको बताएका छन् । पार्टीको १५ औं महाधिवेशनको उद्घाटन सत्रमा स्वागत मन्तव्य दिँदै उनले यस्तो बताएका हुन् । ‘उहाँ (गगन थापा) ले विद्यार्थी राजनीतिदेखि कांग्रेसको नेतृत्व गर्दै देशको नेतृत्व गर्छौं भन्नुभएको छ,’ उनले भने । साथै, पार्टीले यसअघि पनि ...