मुख्य समाचार
सभामुख डोलप्रसाद अर्याल तान्जानिया जाँदै
सभामुख डोलप्रसाद अर्याल तान्जानिया जाँदै

। सभामुख डोलप्रसाद अर्याल आज तान्जानिया जाँदैछन् ।

असोज १९ गतेदेखि २३ गतेसम्म सञ्चालन हुने अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३ औं महासभामा सहभागी हुन नेपाली संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।
उनी आइतबार बेलुका ७ बजे कताएर एयरवेजको क्यूआर ६४५ उडानमार्फत् दोहा हुँदै तान्जानिया प्रस्थान गर्ने कार्यक्रम छ । उक्त प्रतिनिधिमण्डलमा सभामुख अर्यालकी श्रमती अम्विका के.सी.सहित प्रतिनिधि सभाका रविन महतो, राष्ट्रिय सभाका सदस्य झक्कु प्रसाद सुवेदी र अञ्जान शाक्य छन् ।

संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय, प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारी, संघीय संसद् सचिवालयका सहसचिव रेखा उपाध्याय खनाल र सभामुखका निजी सचिव मधु मिजार पनि भ्रमण टोलीमा छन् ।


तान्जानियाको अरुशा शहरमा आयोजना हुने महासभामा सभामुख अर्यालले ‘समावेशीता, विश्वास र अवसरहरू मार्फत सुशासन अभिवृद्धि गर्ने र समुदायहरूलाई सशक्त बनाउने’ विषयक जेनरल डिबेटमा मा मन्तव्य राख्नेछन् ।

साथै, इमर्जेन्सी एजेण्डाको रुपमा ‘अर्जेन्ट पार्लियामेन्ट्री एक्सन’ तय गरिएको छ ।

यसको मूल विषय ‘हिमालयन क्षेत्र तथा अन्य जोखिमपूर्ण क्षेत्रहरूमा जलवायु–सम्बन्धी विपद्हरूको सामना र उत्थानशीलता सुदृढ गरौं’ भन्ने रहेको छ ।

यो विषयमा प्रस्ताव पेस गर्ने नेपालको तयारी छ ।

अन्तरव्यवस्थापिका संघ अन्तर्गतको एसियाली संसदीय सभामा माननीय झक्कु प्रसाद सुवेदीले सहभागिता जनाउनेछन् ।

दिगो विकास स्थायी समितिको एसिया प्यासिफिक क्षेत्रबाट सहप्रतिवेदन तथा फोरम अफ वुमन पार्लियामेन्ट्रिजमा अन्जान शाक्य सहभागी हुनेछिन् । युवा सांसदहरूको फोरममा सांसद रविन महतोले सहभागिता जनाउनेछन् ।

साथै, महासभामा सहभागी हुने विभिन्न मुलुकका प्रतिनिधिमण्डलसँग साइडलाइन बैठकहरू हुने कार्यक्रमसमेत रहेको छ ।

संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले संसद् महासचिव संघको बैठकमा संसदीय प्रणाली संरचना, कोष, र क्षमता निर्माण विषयमा प्रस्तुति दिनेछन् ।

अन्तरव्यवस्थापिका संघको १५३ औं महासभा तथा सो सँग सम्बन्धित बैठकहरूमा सहभागिता जनाए सभामुख अर्याल पश्चात् केन्या जानेछन् ।

केन्याका सभामुख डा.मोसेस एम. वेताङउलाको निमन्त्रणालाई स्वीकार गर्दै नेपाली प्रतिनिधिमण्डलले केन्याको संसद्को औपचारिक भ्रमण गर्न लागेको हो ।

केन्याको भ्रमण समेर प्रतिनिधिमण्डल असोज २७ गते काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना सांसदहरूलाई पार्टी निर्णयबारे प्रशिक्षण दिएका छन् । पार्टी कार्यालय च्यासलमा बसेको संसदीय दलको बैठकमा ओलीले पार्टीको केन्द्रीय कमिटी बैठकले गरेको निर्णयमा आधारित भएर प्रशिक्षण दिएका हुन् । ‘धेरैजसो (सांसदहरू) सहभागी हुनुभएको थियो, अध्यक्षले तेस्रो केन्द्रीय कमिटी बैठकले गरेको निर्णयमा रहेर प्रशिक्षात्मक, निर्देशनात्मक भनाइहरू राख्नुभयो,’ प्रमुख सचेतक ऐन महरले भने ...
। नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले जनताको मनमा भएका प्रश्नको जवाफ दिन नसकेको स्वीकार गरेका छन् । आजबाट सुरु भएको पार्टीको १५ औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । लोकतन्त्र र राजनीति सहि बाटोमा हिंड्न सकेको छ वा छैन भन्ने कुरामा ध्यान दिनुपर्ने उनको भनाइ थियो । ‘आज लोकतन्त्र सही बाटोमा हिंडिरहेको छ ...
। बुटवल-पाल्पा सडक खण्डको तल्लो सिद्धबाबा मन्दिर नजिक सडकबाट मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ। आइतबार दिउँसो साढे १ बजेको समयमा तिनाउ गाउँपालिका ३ स्थित तल्लो सिद्धबाबा नजिक बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु ७४ प ९१७१ नम्बरको मोटरसाइकल अनियन्त्रि भई सडकबाट खस्दा सेको थियो। गुल्मीको छत्रकोट पाउँपालिका-३ का ४७ वर्षीय नवराज पन्थको ज्यान गएको हो। जिल्ला ...
। दसैंमा काठमाडौं उपत्यका छाड्नेलाई सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला नगर्दा यात्रुमा अन्योल बढेको छ । अहिले केही कम्पनीले अनलाइनबाट टिकट बुकिङ गरिरहेका छन् । खासगरी पोखरा, चितवन, भैरहवा जस्ता सहज र धेरै विकल्प भएका गन्तव्यका लागि अनलाइन टिकट उपलब्ध छन् । तर, दुर्गम र यातायात सहज नभएका गन्तव्यमा सरकार र व्यवसायीले औपचारिक रूपमा अग्रिम टिकट ...
। नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बानियाँले सहकार्य सहमति र एकताको सन्देश सहित सभापति गगन थापाले छाति फराकिलो पारेको बताएका छन् । पार्टीको १५ औं महाधिवेशनको उद्घाटन सत्रमा स्वागत मन्तव्य दिँदै उनले यस्तो बताएका हुन् । ‘उहाँ (गगन थापा) ले विद्यार्थी राजनीतिदेखि कांग्रेसको नेतृत्व गर्दै देशको नेतृत्व गर्छौं भन्नुभएको छ,’ उनले भने । साथै, पार्टीले यसअघि पनि ...