मुख्य समाचार
प्रचण्डले कांग्रेस सभापति गगन थापा र रास्वपा सभापति रवि लामिछानेलाई क्रमभंगतातिर लाग्न सुझाव
प्रचण्डले कांग्रेस सभापति गगन थापा र रास्वपा सभापति रवि लामिछानेलाई क्रमभंगतातिर लाग्न सुझाव

। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति गगन थापा र रास्वपा सभापति रवि लामिछानेलाई क्रमभंगतातिर लाग्न सुझाव दिएका छन् ।

काठमाडौंको खुलामञ्चमा आयोजित कांग्रेसको १५ औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो सुझाव दिएका हुन् ।

यसअघि आफूले पटकपटक क्रमभंगता गर्ने गरेको भए पनि अहिले आफूलाई अलि गाह्रो पर्न थालेको जिकिर गरे ।

‘…गगनजीले जुन क्रमभंगता गर्नुभयो, पहिले पहिले मैले गर्ने गरेको थिएँ । शान्ति प्रक्रियालाई युद्धमा लान्थेँ, युद्धलाई शान्तिमा ल्याउँथेँ, शान्तिलाई संविधानमा लान्थेँ, संविधानलाई गणतन्त्रमा,’ उनले भने, ‘अब म सायद क्रमभंग गर्न अलि गाह्रो गाह्रो भएको हो कि । अब पालो गगनजीहरूको हो, तपाईं क्रमभंग गर्दै जानुस् । अब पालो रविजीहरूको हो, तपाईंले अझै क्रमभंग गर्न बाँकी छ । तपाईंले पनि क्रमभंग गर्नुस् अनि बन्छ नेपाल ।’

साथै, उनले गगन र रवि दुवै आफ्नो क्याबिनेटका मन्त्रीहरू भएको स्मरण गरे । उनीहरू दुवैमा राजनीतिक चेत अधिक भएको प्रशंसा गर्दै उनले अहिले पनि आफूसँग उत्तिकै माया भएको पनि बताए ।

‘चाहे रास्वपाको सभापति रविजी हुनुस् चाहे नेपाली कांग्रेसको सभापति गगनजी हुनुस् । यहाँ लाइन लागेका मेरो क्याबिनेटका मन्त्रीहरू हुनुस् । मलाई सबैप्रति उत्तिकै माया छ,’ प्रचण्डले भने, ‘उत्तिकै भरोसा र सम्मान छ । मलाई विश्वास छ आउने दिनमा हामी सबैले समृद्ध नेपाल निर्माण गर्नेछौं । यही शुभकामना सबैलाई ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार जनता र संसद्को संवादमा नबसी स्वेच्छाकारी बाटोतर्फ हिंड्न खोजेको भन्दै चिन्ता व्यक्त गरेका छन् । आइतबार नेपाली कांग्रेसको १५ औं महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । सत्तारुढ रास्वपाका सभापति रवि लामिछानेले राष्ट्रिय मुद्दामा सबै दलहरूलाई एकैठाउँमा ल्याउने प्रयत्न गर्ने गरेको भए पनि सरकारबाट भने त्यस्तो ...
। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले चाहे जस्तो समाज निर्माण हुन बाँकी रहेको बताएका छन् । राजनीतिक दलहरूमा आएको परिवर्तन र शक्तिमा आएको परिवर्तनले मानिसहरू बदलेको उनले बताए । तर जनताका इच्छा र आकांक्षा सम्बोधन गर्ने गरी काम हुन बाँकी रहेको उनको भनाइ छ । काठमाडौंको खुलामञ्चमा १५ औँ महाधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै उनले ...
। नेपाली कांग्रेसका नेताहरूले १५ औँ महाधिवेशनको सकाए लगत्तै गाउँ–गाउँ जाने संकल्प गर्दैछन् । कांग्रेसकी उपसभापति पुष्पा भुसालका अनुसार महाधिवेशनमार्फत थप उर्जा लिएर नेताहरूले गाउँ–गाउँ पुगेर नागरिकलाई सुसुचित गराउने तयारी छ । काठमाडौंको खुलामञ्चमा १५ औँ महाधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै उनले महाधिवेशनले नागरिककहाँ पुग्ने गरी उर्जा भर्ने विश्वास व्यक्त गरिन् । उनले भनेकी छन्, ‘महाधिवेशन सम्पन्न ...
। नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक दलहरूलाई संवादमा ल्याउन प्रर्यन्त गर्ने गरेको भनेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पछिल्लो समय गरेको छलफल स्मरण गरेका छन । साथै, सरकार किन संवादमा आउँदैन भनेर प्रश्न पनि गरेका छन् । काठमाडौंको खुलामञ्चमा कांग्रेसको १५ औँ महाधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘राष्ट्रिय स्वतन्त्र पार्टीका ...
। नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले परिवर्तनबाट प्राप्त उपलब्धिलाई बचाउने ताकत आफ्नो पार्टीले राख्ने बताएकी छन् । काठमाडौंको खुलामञ्चमा १५ औँ महाधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । ‘कांग्रेस परिवर्तनकारी शक्ति हो । आम जनताले खोजेको परिवर्तनको नेतृत्व लिन सक्यो भने परिवर्तनबाट प्राप्त उपलब्धीलाई बचाउने ताकत पनि नेपाली कांग्रेसले राख्छ,’ उनले भनिन् । संविधान ...