। बुटवल-पाल्पा सडक खण्डको तल्लो सिद्धबाबा मन्दिर नजिक सडकबाट मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ।
आइतबार दिउँसो साढे १ बजेको समयमा तिनाउ गाउँपालिका ३ स्थित तल्लो सिद्धबाबा नजिक बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु ७४ प ९१७१ नम्बरको मोटरसाइकल अनियन्त्रि भई सडकबाट खस्दा सेको थियो।
गुल्मीको छत्रकोट पाउँपालिका-३ का ४७ वर्षीय नवराज पन्थको ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डीएसपी भीमलाल भट्टराईका अनुसार दुर्घटनाबाट गम्भीर घाइते भएका पन्थको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।
डिएसपी भट्टराईका अनुसार मोटरसाइकल सडकबाट करिब ९० मिटर तल खसेको थियो ।