मुख्य समाचार
जनताको मनमा भएका प्रश्नको जवाफ दिन नसकेको स्वीकार
जनताको मनमा भएका प्रश्नको जवाफ दिन नसकेको स्वीकार

। नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले जनताको मनमा भएका प्रश्नको जवाफ दिन नसकेको स्वीकार गरेका छन् ।

आजबाट सुरु भएको पार्टीको १५ औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

लोकतन्त्र र राजनीति सहि बाटोमा हिंड्न सकेको छ वा छैन भन्ने कुरामा ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

‘आज लोकतन्त्र सही बाटोमा हिंडिरहेको छ कि छैन, राजनीति सार्थक भइरहेको छ कि छैन ? हामी सबैमाथि प्रश्न उठिरहेको छ,’ उनले भने, ‘यो प्रश्नको समुचित जवाफ खोज्ने दायित्व हामी सबैको हो । यदी यो प्रश्नको समुचित जवाफ खोज्न सक्यो भने मलाई लाग्छ राजनीति सार्थक हुन्छ ।’

हामीले राजनीति र लोकतन्त्रलाई सार्थक बनाउन सकेनौं भने जतिसुकै अवसर प्राप्त गरे पनि त्यसको सार्थकता नहुने उनले बताए ।

आफूहरूको राजनीतिको केन्द्रमा जनता र राष्ट्र रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता र नेतृत्वमा उही अनुहार दोहोरिरहने प्रवृत्तिले नेपालको राजनीति ‘म्युजिकल चियर’ जस्तो बनेको बताएका छन्। यस्तो प्रवृत्तिले सबै राजनीतिक दल र नेता एउटै हुन्, सबै खराब छन् भन्ने सन्देश जनतामा गएको र त्यसकै परिणाम भदौ २३ र २४ गतेको आएको उनको भनाइ छ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन ...
। नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीले नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको नेतृत्व गर्न सक्ने आफूलाई विश्वास रहेको बताएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना दिँदै चौधरीले गणतन्त्र स्थापनाका लागि संघर्ष गरेका थापाले अब देश निर्माणमा पनि नेतृत्वदायी भूमिका खेल्ने विश्वास व्यक्त गरे। ‘गगनले यो देशको नेतृत्व गर्न सक्छन्, मलाई विश्वास छ,’ उनले ...
। नेपाली कांग्रेसको १५ औं महाधिवेशनको उद्घाटन सत्र सकिएको छ । आजबाट सुरु भएको महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको खुलामञ्चमा भएको थियो । जहाँ विभिन्न दलका शीर्ष नेताहरूले सम्बोधन गरे । यद्यपि समानान्तर रुपमा महाधिवेशनको तयारी गरिरहेका पूर्वसभापति शेरबहादुर देउवा भने गएनन् । उद्घाटन सत्रको अन्तिममा सम्बोधन गरेका सभापति गगन थापाले देउवालाई सम्झिए । उनले भनेका छन्, ‘यहाँ हामीले शेरबहादुर ...
। श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले नेपाली कांग्रेस हल्लाका भरमा नभई लामो संघर्ष र त्यागबाट स्थापित भएको पार्टी भएको बताएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राईले नेपालमा लोकतन्त्र र प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले महत्वपूर्ण भूमिका खेलेको बताए। ‘नेपाली कांग्रेसको इतिहास धेरै पढ्यौँ र हेर्‍यौं। नेपाली कांग्रेस वास्तवमा हल्लाद्वारा स्थापित भएको पार्टी होइन,’ ...
। नागरिक उन्मुक्ति पार्टी, नेपालका संस्थापक एवं संरक्षक रेमशलाल चौधरीले अहिलेको पुस्ताले पनि देश बनाउने छनक नदेखाएको भन्दै चिन्ता व्यक्त गरेका छन् । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत जारी उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । हिजो सबै कपाल फुलेर आफूलाई युवा हुँ भन्ने नेताहरूले देश बिगारे भन्ने गरिएको भए पनि अहिले कैला ...