मुख्य समाचार
क्षेप्यास्त्र प्रविधिमा एआईको प्रयोग
क्षेप्यास्त्र प्रविधिमा एआईको प्रयोग

। उत्तर कोरियाका नेता किम जोङ उनले आफ्नी छोरीसँगै शनिबार गरिएको क्षेप्यास्त्र परीक्षणको निरीक्षण गरेको उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले आइतबार जनाएको छ ।

सरकारी सञ्चारमाध्यमका अनुसार परीक्षण गरिएको क्षेप्यास्त्रमा कृत्रिम बौद्धिकता (एआई) को प्रयोग गरिएको थियो । उक्त प्रविधिले क्षेप्यास्त्रलाई कम उचाइमा उडिरहेका बेला आफ्नो उडान मार्ग परिवर्तन गर्न सहयोग गर्ने दाबी गरिएको छ ।

दक्षिण कोरियाली सेनाका अनुसार पूर्वी तटीय सहर वोन्साननजिकको क्षेत्रबाट शनिबार बिहान प्रक्षेपण गरिएको क्षेप्यास्त्रले ७ सय किलोमिटरभन्दा बढी दूरी तय गरेको थियो । सेनाले परीक्षणसम्बन्धी थप विवरण भने सार्वजनिक गरेको छैन ।

परीक्षणको निरीक्षणपछि किमले रणनीतिक क्षेप्यास्त्र सञ्चालन गर्ने सैनिकहरूले आफ्नो क्षमता र प्रतिकारात्मक तयारी प्रदर्शन गरेको बताउनुभएको सरकारी सञ्चारमाध्यमले जनाएको छ । उनले देशको रणनीतिक सैन्य क्षमताको विश्वसनीयता कायम राख्न निरन्तर प्रयास गर्नुपर्नेमा जोड दिएको बताइएको छ।

उत्तर कोरियाले उक्त परीक्षण सैनिकहरूलाई अतिध्वनिक रणनीतिक हतियार प्रणाली सञ्चालनसम्बन्धी प्रशिक्षण प्रदान गर्ने उद्देश्यले गरिएको जनाएको छ ।

सरकारी सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्बिरमा किम क्षेप्यास्त्र प्रक्षेपणको निरीक्षण गरिरहेको देखिन्छ । अर्को तस्बिरमा उहाँ आफ्नी छोरी र पत्नी रि सोल जुका साथ देखिएका छन्।

किमकी छोरी जु ए सन् २०२२ मा पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएका थिए। दक्षिण कोरियाली गुप्तचर निकायले पछिल्ला वर्षमा उनको सार्वजनिक तथा सैन्य कार्यक्रममा बढ्दो उपस्थितिका आधारमा सम्भावित उत्तराधिकारीका रूपमा उल्लेख गर्दै आएको छ ।

यो परीक्षण दक्षिण कोरियाली सेनाले सीमावर्ती क्षेत्रमा भएको विस्फोटमा तीन सैनिक घाइते भएपछि उत्तर कोरियासँग घटनाबारे स्पष्टीकरण मागेको केही दिनपछि भएको हो । उत्तर कोरियाले भने उक्त विस्फोटमा आफ्नो संलग्नता नरहेको बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अस्ट्रेलियामा आइतबारदेखि डेलाइट सेभिङ सुरु भएको छ। न्यु साउथ वेल्स, भिक्टोरिया, दक्षिण अस्ट्रेलिया, तास्मानिया र अष्ट्रेलियन क्यापिटल टेरिटोरीमा बिहान २ बजे घडी एक घण्टा अगाडि सारेर ३ बजे बनाइएको छ। यससँगै अस्ट्रेलियाका यी क्षेत्रमा गर्मीयाममा साँझको उज्यालो समय लम्बिएको छ। काम वा अध्ययन सकेर घर फर्किने, व्यायाम गर्ने, घुमफिर गर्ने तथा बाहिरी गतिविधिका लागि अब ...
। अमेरिकी मध्यावधि निर्वाचनआउन केवल एक महिना बाँकी रहँदा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले ज्येष्ठ नागरिकहरू लक्षित नयाँ आर्थिक राहतको घोषणा गरेका छन्। शुक्रबार अबेर राति सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत घोषणा गर्दै ट्रम्पले २ करोडभन्दा बढी ज्येष्ठ नागरिकहरूलाई ‘मेडिकेयर पार्ट बी’ प्रिमियममा सहयोग पुर्‍याउन करिब १०० डलर बराबरको चेक वा सोझै खातामा रकम पठाइने बताएका ...
। कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी ह्वाइट हाउसको नयाँ कार्यदलले यस प्रविधिका जोखिम र अवसरहरूको मूल्याङ्कन गर्नुका साथै नवप्रवर्तनलाई अवरुद्ध पार्ने अत्यधिक नियमन रोक्न पहल गर्ने भएको छ । कार्यदलका प्रमुख जे क्लेटनलाई उद्धृत गर्दै ‘द वाल स्ट्रिट जर्नल’(डब्ल्यूएसजे) ले यस्तो जनाएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा क्लेटन नयाँ ‘एआई जार’ (एआई मामिलाका प्रमुख अधिकारी) ...
। युक्रेनले रुसको नयाँ हवाई आक्रमण रणनीतिको जवाफमा रुसी तेल प्रशोधन केन्द्र (रिफाइनरी) माथिको आक्रमण बढाउने चेतावनी दिएको छ । त्यसका लागि युक्रेनले लामो दूरीको क्षेप्यास्त्र बनाएको जनाएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रोयटर्ससँगको विशेष अन्तर्वार्तामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी जाडोयामलाई लक्षित गर्दै नागरिक पूर्वाधारमाथि आक्रमण विस्तार गर्ने ‘नयाँ सिद्धान्त’ जारी गरेको दाबी गरेका ...
नेपालमा आएको आकस्मिक बाढीको एक महिनापछि भारतको हिमाली राज्य उत्तराखण्डले एउटा हिमतालमा पूर्वसूचना प्रणाली स्थापना गर्ने तयारी गरेको छ । उत्तराखण्डका उच्च हिमाली क्षेत्रमा हिमताल फुटेर हुने क्षति न्यूनीकरण, तालको निगरानी तथा पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउन यो पहल सुरु गरिएको हो । चमोलीको वसुधारा हिमतालमा पूर्वसूचना प्रणाली जडान गर्न वैज्ञानिकहरूको टोली गत मंगलबार देहरादुनबाट प्रस्थान गरेको ...