। नेपाली कांग्रेसका नेताहरूले १५ औँ महाधिवेशनको सकाए लगत्तै गाउँ–गाउँ जाने संकल्प गर्दैछन् । कांग्रेसकी उपसभापति पुष्पा भुसालका अनुसार महाधिवेशनमार्फत थप उर्जा लिएर नेताहरूले गाउँ–गाउँ पुगेर नागरिकलाई सुसुचित गराउने तयारी छ ।
काठमाडौंको खुलामञ्चमा १५ औँ महाधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै उनले महाधिवेशनले नागरिककहाँ पुग्ने गरी उर्जा भर्ने विश्वास व्यक्त गरिन् ।
उनले भनेकी छन्, ‘महाधिवेशन सम्पन्न गरिसकेपछि हामीले एउटा संकल्प गर्नुपर्ने छ । एउटा उत्तर दिनुपर्ने छ । कि जनतामा उर्जा लिएर गाउँ गाउँ जाने तयारी गर्दैछौं । कि छैनौं ?’
महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले पनि महाधिवेशन पछि गाउँ–गाउँ पुग्ने संकल्प लिइने बताए ।
महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्दै उनले महाधिवेशनपछि ‘नयाँ उत्साह लिएर, नयाँ आत्मविश्वास लिएर’ लिएर फर्किने र त्यो उतसाह गाउँ–गाउँसम्म पुर्याउने विश्वास लिएको बताएका छन् ।
उद्घटन सत्रमा बोल्दै कांग्रेसकी नेता सीता गुरुङले आफूहरूको पार्टी लोकतन्त्रको मूल पार्टी हो भएको बताइन् ।
नेपाल विविध जाती, भाषा, धर्म, संस्कार, संस्कृतिको धनी भएको उल्लेख गर्दै उनले हिमाल, पहाड, तराईंलाई एकै ठाउँमा जोडेको स्मरण गरिन् ।
नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बानियाँले आफ्नो पार्टीले आफूले खेल्नुपर्ने भूमिका राम्रोसँगै खेल्दै, उपलब्धिको रक्षा गर्दै विगतमा पनि बढेको र भविष्यमा पनि यसैगरी अगाडि बढ्ने बताए ।
कांग्रेसमा विशेष महाधिवेशनबाट आएको नेतृत्वले नियमित महाधिवेशन गर्दैछ । महाधिवेशनमा ७ हजार ६ सय बढी प्रतिनिधि सहभागी छन् ।