मुख्य समाचार
जनताले चाहे जस्तो समाज निर्माण हुन बाँकी रहेको
जनताले चाहे जस्तो समाज निर्माण हुन बाँकी रहेको

। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले चाहे जस्तो समाज निर्माण हुन बाँकी रहेको बताएका छन् ।

राजनीतिक दलहरूमा आएको परिवर्तन र शक्तिमा आएको परिवर्तनले मानिसहरू बदलेको उनले बताए । तर जनताका इच्छा र आकांक्षा सम्बोधन गर्ने गरी काम हुन बाँकी रहेको उनको भनाइ छ ।

काठमाडौंको खुलामञ्चमा १५ औँ महाधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अहिले पनि देशमा समस्याहरू यथावत रहेको उनले बताए ।

‘देश अँध्यारो सुरुङतर्फ प्रवेश गरेको छ । राजनीतिक तरलता झन बढेर गएको छ,’ उनले भने, ‘दलहरूसँग आग्रह छ । अहिले पनि देश ठीक ठाउँमा आएको छैन । लिक भन्दा बाहिर गएको छ ।’

विगतमा कसैले विरोध गरे गोली प्रहार हुने र अहिले कसैको विरोधमा सामाजिक सञ्जालबाट प्रहार हुने गरेको बताए । समस्या व्यवहार र व्यवस्थामा पनि रहेको बताए ।

विगतमा राम्रो सोचेर संविधान भए पनि अभ्यासका क्रममा सुधार गर्दै जानुपर्ने बताए ।

विगतमा राजाबाट राजनीतिक दलहरूलाई निशेध भएको हुन सक्ने र दलहरूबाट पनि राजालाई निशेध गरिएको भन्दै उनले निशेधले कसैको हित नगर्ने बताए ।

नवयुवा पुस्तासहितको नयाँ सहमति गरेर मुलुक अगाडि बढाउन आवश्यक रहेको बताए ।

२००७ साल, २०४६ साल, २०६२/०६३ सालको परिवर्तन र जेनजी आन्दोलनपछिको परिवर्तनलाई स्वीकार गरेर नविन समझदारीमार्फत मुलुकलाई अगाडि बढाउन आवश्यक रहेको आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेसका सभापति गगन थापालाई पार्टीभित्र कचकच गरिरहने र फकाउँदा फकाउँदा शक्ति नै नष्ट गरिदिनेलाई छोडिदिए पनि राम्रो हुने सुझाएका छन् । काठमाडौंको खुलामञ्चमा १५ औँ महाधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘कहिलेकाहीँ पार्टीभित्र बसेर सँधै कचकच गर्ने, गनगन गर्ने, हैरान गर्ने, फकाउँदा फकाउँदा सम्पूर्ण शक्ति ...
। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकार परिवर्तनका लागि आन्दोलनभन्दा निर्वाचन नै एकमात्र वैधानिक र अचुक विकल्प भएको बताएका छन् । काठमाडौंको खुलामञ्चमा आयोजित नेपाली कांग्रेसको १५ औँ महाधिवेशनलाई सम्बोधन गर्दै सभापति लामिछानेले लोकतन्त्रलाई बलियो बनाउन निर्वाचनको नतिजालाई सम्मान गर्नुपर्नेमा जोड दिएका हुन् । सभापति लामिछानेले पछिल्लो समय सडक आन्दोलनमार्फत सरकार ढाल्ने र ...
। जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता शरतसिंह भण्डारीले नेपाली जनतालाई कुनै पनि बहानामा ‘नियन्त्रित लोकतन्त्र’ स्वीकार्य नहुने बताएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै भण्डारीले मुलुक गम्भीर आर्थिक, सामाजिक तथा भू–राजनीतिक संक्रमणबाट गुज्रिरहेको बताए। उनले वर्तमान चुनौती सामना गर्न प्रमुख राजनीतिक दलहरूबीच सहकार्य र राष्ट्रिय एकता आवश्यक रहेको बताए। भण्डारीले वर्तमान संविधानलाई आवश्यकता ...
। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसददेखि राजनीतिक दलभित्रसम्म जनताका प्रश्न, असहमति र विचारका लागि खुला ठाउँ आवश्यक रहेको बताएका छन्। संसद् र पार्टीभित्र पर्याप्त खुलापन नभएकाले देशलाई खुलामञ्च आवश्यक रहेको उनले बताएका हुन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले १० वर्षपछि खुलामञ्च खुलेको उल्लेख गर्दै यो काठमाडौंको एउटा चौर मात्रै नभएको बताए। ...
। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको चर्चा गरेका छन । तिव्रतर आर्थिकका लागि राजनीतिक स्थिरचा चाहिने भन्दै उनले यस निम्ति एउटा विकल्प प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुन सक्ने बताएका हुन् । काठमाडौंको खुलामञ्चमा १५ औँ महाधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ...