मुख्य समाचार
सरकार जनता र संसद्को संवादमा नबसी स्वेच्छाकारी बाटोतर्फ हिंड्न खोजेको भन्दै चिन्ता व्यक्त
सरकार जनता र संसद्को संवादमा नबसी स्वेच्छाकारी बाटोतर्फ हिंड्न खोजेको भन्दै चिन्ता व्यक्त

। नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार जनता र संसद्को संवादमा नबसी स्वेच्छाकारी बाटोतर्फ हिंड्न खोजेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

आइतबार नेपाली कांग्रेसको १५ औं महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।


सत्तारुढ रास्वपाका सभापति रवि लामिछानेले राष्ट्रिय मुद्दामा सबै दलहरूलाई एकैठाउँमा ल्याउने प्रयत्न गर्ने गरेको भए पनि सरकारबाट भने त्यस्तो नभएको भन्दै उनले आपत्ति जनाए ।

‘रास्वपाका सभापति रवि लामिछानेले राजनीतिक दलहरूलाई एक ठाउँमा ल्याउनका लागि निरन्तर प्रयत्न गर्नुहुन्छ, राष्ट्रिय मुद्दाहरूमा । तर सरकार राजनीतिक दलहरूसँग संवाद गर्दैन । सरकार संसद्सँग संवाद गर्दैन,’ पोखरेलले भने, ‘नागरिकसँग संवाद गर्दैन । सरकार चुनौतीको सामना गरेर जाने कुरामा संकल्प गर्न सक्दैन ।’

यस्तो अवस्थामा भविष्यका प्राकृतिक विपद् र संकटलाई कसरी सामना गर्छौं भन्ने कुरा अत्यन्तै चिन्ताको विषय रहेको पोखरेलको भनाइ छ ।

‘चिन्ता लोकतन्त्रको भविष्यमाथि पनि शंका उब्जिएको छ । जनताले विश्वास गरेर निर्वाचित गरेको प्रधानमन्त्री आफैंले चुनेको संसदीय दललाई चिन्नुहुन्छ, संसद्लाई सुन्नुहुन्न, जनताको कुरा सुन्नुहुन्न,’ उनले थप प्रश्न गर्दै भने, ‘यस्तो अवस्थामा लोकतन्त्रको भविष्यतर्फ हामी हिंड्दैछौं कि स्वेच्छाचारी शासनतर्फ हामी हिंड्दैछौं भन्ने प्रश्न उठिरहेको बेलामा लोकतन्त्रका लागि लडेको नेपाली कांग्रेस लोकतन्त्रको रक्षाका प्रश्नमा कसरी अघि बढ्छ भन्ने महत्त्वपूर्ण प्रश्न बनेको छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेसका सभापति गगन थापालाई पार्टीभित्र कचकच गरिरहने र फकाउँदा फकाउँदा शक्ति नै नष्ट गरिदिनेलाई छोडिदिए पनि राम्रो हुने सुझाएका छन् । काठमाडौंको खुलामञ्चमा १५ औँ महाधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘कहिलेकाहीँ पार्टीभित्र बसेर सँधै कचकच गर्ने, गनगन गर्ने, हैरान गर्ने, फकाउँदा फकाउँदा सम्पूर्ण शक्ति ...
। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकार परिवर्तनका लागि आन्दोलनभन्दा निर्वाचन नै एकमात्र वैधानिक र अचुक विकल्प भएको बताएका छन् । काठमाडौंको खुलामञ्चमा आयोजित नेपाली कांग्रेसको १५ औँ महाधिवेशनलाई सम्बोधन गर्दै सभापति लामिछानेले लोकतन्त्रलाई बलियो बनाउन निर्वाचनको नतिजालाई सम्मान गर्नुपर्नेमा जोड दिएका हुन् । सभापति लामिछानेले पछिल्लो समय सडक आन्दोलनमार्फत सरकार ढाल्ने र ...
। जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता शरतसिंह भण्डारीले नेपाली जनतालाई कुनै पनि बहानामा ‘नियन्त्रित लोकतन्त्र’ स्वीकार्य नहुने बताएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै भण्डारीले मुलुक गम्भीर आर्थिक, सामाजिक तथा भू–राजनीतिक संक्रमणबाट गुज्रिरहेको बताए। उनले वर्तमान चुनौती सामना गर्न प्रमुख राजनीतिक दलहरूबीच सहकार्य र राष्ट्रिय एकता आवश्यक रहेको बताए। भण्डारीले वर्तमान संविधानलाई आवश्यकता ...
। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसददेखि राजनीतिक दलभित्रसम्म जनताका प्रश्न, असहमति र विचारका लागि खुला ठाउँ आवश्यक रहेको बताएका छन्। संसद् र पार्टीभित्र पर्याप्त खुलापन नभएकाले देशलाई खुलामञ्च आवश्यक रहेको उनले बताएका हुन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले १० वर्षपछि खुलामञ्च खुलेको उल्लेख गर्दै यो काठमाडौंको एउटा चौर मात्रै नभएको बताए। ...
। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको चर्चा गरेका छन । तिव्रतर आर्थिकका लागि राजनीतिक स्थिरचा चाहिने भन्दै उनले यस निम्ति एउटा विकल्प प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुन सक्ने बताएका हुन् । काठमाडौंको खुलामञ्चमा १५ औँ महाधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ...