। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिक दलहरूलाई विगतकै ढाँचामा रहने छुट नरहेको बताएका छन् ।
काठमाडौंको खुलामञ्चमा १५ औँ महाधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘अहिले २१ औं शताब्दीमा आइपुग्दा विश्वमा जुन खालको चमत्कारी विकास भएको छ । यसले जुन ढंगको परिवर्तन ल्याएको छ । यसले राजनीतिक दलहरूलाई हिजकै ढाँचामा रहन दिँदैन,’ उनले भने ।
आफूले विगतमा तत्कालीन नेकपा माओवादीमा रहँदा नै नयाँ शक्तिको खाँचो देखेर र नयाँ शक्ति निर्माणमा लागेको बताए ।
कि पूराना पार्टी रुपान्तरुण हुनुपर्ने कि नयाँ शक्तिको उदय हुनुपर्ने लागेको स्मरण गरे । कालखण्डमा अहिले नयाँ शक्तिको रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भएको बताए ।
पछिल्लो समय नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीहरूमा समेत रुपान्तरणको बहस चलिरहेको उनले स्मरण गरे ।