मुख्य समाचार
बाढीले नुवाकोटमा कटान गरेको शुभघाटस्थित भित्तामा नयाँ ट्र्याक खन्ने कार्य धमाधम
बाढीले नुवाकोटमा कटान गरेको शुभघाटस्थित भित्तामा नयाँ ट्र्याक खन्ने कार्य धमाधम

: लेन्देखोलाबाट रसुवागढी हुँदै त्रिशूली नदीमा मिसिएको अकल्पनीय बाढीले नुवाकोटमा कटान गरेको शुभघाटस्थित भित्तामा नयाँ ट्र्याक खन्ने कार्य धमाधम भइरहेको छ। दैनिक रूपमा हेभि इक्युपमेन्टमार्फत नयाँ ट्र्याक खन्ने कार्य भइरहेको छ।

त्रिदेशीय मार्गअन्तर्गत ढुंगे–शुभघाट–बेत्रावती सडकमार्गको सातविसे क्षेत्रमा तीन सातादेखिको निरन्तर नयाँ ट्र्याक खन्ने कार्य सकिएसँगै पासाङल्हामु मार्ग जोडिएको हो।

अब गल्छी–मैलुङ सडकखण्डको गेर्खुनजिकै शुभघाटमा सडक सुचारूको लागि मर्मत कार्य भइरहेको बिदुर नगरपालिका–१० का वडाध्यक्ष गणेशकुमार नेपालको भनाइ छ।

उनका अनुसार शुभघाटमा कटान गरेको स्थानमा नयां ट्र्याक खोलेपछि नुवाकोट–रसुवा आवतजावतमा सहजता आउनेछ। हाल भने बाढीले क्षति पुर्‍याएको सडक अस्थायी रूपमा विदुरदेखि बेत्रावतीसम्म पुग्न विदुर–१० को कार्यालय हुँदै जान सकिने वडाध्यक्ष नेपालको भनाइ छ।

गत भदौ १० गते बुधबार बिहान १० बजेको अकल्पनीय बाढीपछि अवरुद्ध बनेको सडकखण्ड सुचारु गर्न शुभघाटमा दैनिक तीन थान स्काभेटर परिचालन गरिएका छन्। उक्त स्थानमा नयाँ ट्र्याक खुलेपछि बेत्रावती (नुवाकोट) हुँदै नुवाकोट हुँदै रसुवा आउजाउ गर्ने यात्रुहरूलाई सहज हुनेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
:सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडक खण्डको सिद्धबाबा क्षेत्रमा मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ । आइतबार पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा क्षेत्रमा लु ७४ प ९१७१ नम्बर मोटरसाइकल दुर्घटनामा परी गुल्मीको छत्रकोट गाउँपालिका–३ का ४७ वर्षीय नवराज पन्तको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवलबाट पाल्पातर्फ जाँदै गर्दा पन्त दुर्घटनमा ...
: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले नेपाल बदल्ने क्षमता राख्ने बताएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै थापाले कांग्रेस बदलिएको मात्र नभई बदलिएको कांग्रेसले नेपाल बदल्ने क्षमता राख्ने बताएका हुन्। उनले अहिले संसद खुला नभएको र संसद बन्द रहेको भन्दै राजनीतिप्रति वितृष्णा जागेको बताए। अहिलेको राजनीति अति राजनीतिकरणमा परेको उनको भनाइ ...
: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अपार जनमतलाई अवमूल्यन गर्ने तथा हुर्मत लिने काम नगर्न चेतावनी दिएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै लामिछानेले विदेशीले बनाएको सरकार वा सेनाले निर्वाचन प्रभावित पारेकोजस्ता अभिव्यक्ति दिएर जनमतलाई कमजोर पार्ने काम नगर्न आग्रह गरेका हुन्। ‘यो अपार जनमतलाई अवमूल्यन गर्ने, हुर्मत लिने, विदेशीले बनाएको सेनाले भोटिङ ...
: नेकपाका संयोजक पुष्पकमल दाहालले अब क्रमभंग गर्ने पालो गगन थापा र रवि लामिछानेको बताएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले आफूलाई भने क्रमभंग गर्न अलिक गाह्रो भइसकेको बताए। दाहालले विगतमा आफूले धेरैपटक क्रमभंग गरेको भन्दै अब गगन र रविले क्रमभंग गर्नुपर्ने बताए। ‘पहिला मैले धेरै क्रमभंग गर्थें। अहिले गगनजीले क्रमभंग गर्नुभएको छ। ...
: तनहुँको भानु नगरपालिका–१०, तल्लो मैदानस्थित हटिया–चिसापानी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँका मोटरसाइकल चालक ४५ वर्षीय शंकर पाण्डे र पछाडि सवार ६५ वर्षीय टंकनीति पाण्डे रहेका छन्। दुर्घटनामा घाइते भएका दुवै जनालाई उपचारका लागि पठाइएकोमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो। हटियाबाट चिसापानीतर्फ जाँदै गरेको ग १९ ...