मुख्य समाचार
यमन सरकारको सेनाले हुथी विद्रोहीको नियन्त्रणमा रहेको राजधानी साना फिर्ता लिन ‘रणनीतिक’ सैन्य कारबाही सुरु
यमन सरकारको सेनाले हुथी विद्रोहीको नियन्त्रणमा रहेको राजधानी साना फिर्ता लिन ‘रणनीतिक’ सैन्य कारबाही सुरु

अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमन सरकारको सेनाले हुथी विद्रोहीको नियन्त्रणमा रहेको राजधानी साना फिर्ता लिन ‘रणनीतिक’ सैन्य कारबाही सुरु गरेको जनाएको छ ।

यमनी सेनाका ब्रिगेडियर जनरल माजिद अल–नुजाइलीले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै भने, ‘हाम्रा सशस्त्र सेनाले सानामा रणनीतिक आक्रमण अभियान सुरु गरेका छन् ।’

उनले रणनीतिक आक्रमणका क्रममा आधुनिक सैन्य क्षमताको प्रयोग भइरहेको पनि बताए ।

हुथीसम्बद्ध अल–मसिराह नेटवर्कले टेलिग्राममा साउदी अरबले सानामा आक्रमण गरेको जनाएको छ ।

यसअघि अल–नुजाइलीले यमनी सेनाले बाब अल–मन्देब जलडमरूमध्यलाई ‘नियन्त्रणमा लिन सफल भएको’ र ताइज प्रान्तको तटीय सहर धुबाबमा रहेको नजिकैको विमानस्थल पनि पुन: कब्जामा लिएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
संयुक्त राष्ट्र महासभामा सहभागी हुन न्युयोर्क पुगेका इरानी प्रतिनिधिमण्डलका थप दुई कूटनीतिज्ञहरूलाई अमेरिकाले देशबाट निष्कासित गरेको छ। अमेरिकी विदेश मन्त्रालयको कडा आदेश र ताकेतापछि पनि तोकिएको समयभित्र देश नछाडेपछि उनीहरूलाई निष्कासित गरिएको अमेरिकी अधिकारीहरूले पुष्टि गरेका छन्। अमेरिकी विदेश मन्त्री मार्को रुबियोको निर्देशन उद्धृत गर्दै एक वरिष्ठ अमेरिकी अधिकारीले भने, ‘विदेश मन्त्री रुबियो आफ्नो कामप्रति निकै ...
आउँदो नोभेम्बर ३ मा हुने स्थानीय निर्वाचनले अमेरिकाका दुई ठूला सहरहरू न्युयोर्क र लस एन्जलसलाई एउटै ऐतिहासिक सूत्रमा बाँध्ने सम्भावना बढेको छ। यदि चुनावको नतिजा अपेक्षाअनुरूप आएमा दुवै सहरको नेतृत्व दक्षिण एसियाली मूलका ‘डेमोक्रेटिक सोसलिस्ट’ (प्रजातान्त्रिक समाजवादी) नेताहरूले गर्नेछन्। अमेरिकाको सबैभन्दा ठूलो सहर न्युयोर्कमा पहिले नै डेमोक्रेटिक सोसलिस्ट जोहरान ममदानी मेयरका रूपमा कार्यरत छन्। उता, दोस्रो ...
। इजरायलको रक्षा मन्त्रालयले सन् २०२३ अक्टोबर ७ मा सुरु भएको द्वन्द्वयता तीन वर्षको अवधिमा सैनिक, सुरक्षाकर्मी तथा उद्धार कार्यमा संलग्न गरी एक हजार ३१८ जनाको मृत्यु भएको जनाएको छ । मन्त्रालयले हमास नेतृत्वको आक्रमणको तेस्रो वार्षिकोत्सवअघि आइतबार सार्वजनिक गरेको तथ्याङ्कमा यस्तो विवरण उल्लेख गरेको हो । मन्त्रालयका अनुसार मृतकमा सैनिक, प्रहरी अधिकारी, सिन बेट आन्तरिक ...
: अमेरिकाले बेलायतस्थित 'आरएएफ फेयरफोर्ड' (RAF Fairford) सैन्य अखडामा तैनाथ आफ्ना सबै बमवर्षक विमानहरू फिर्ता बोलाएको छ। गत सेप्टेम्बर २७ मा उक्त एयरबेसनजिकै घटेको एक शंकास्पद घटनाबारे बेलायतको आतंकवाद विरोधी प्रहरीले अनुसन्धान तीव्र पारिरहेका बेला अमेरिकाले आफ्ना सबै बमवर्षक विमानहरू फिर्ता बोलाएको हो। अमेरिकी रक्षा मन्त्रालयका एक अधिकारीले आइतबार यस निर्णयको पुष्टि गर्दै फेयरफोर्डमा ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सन्दर्भमा एक महत्वपूर्ण निर्णय लिएको दाबी गरेका छन्। उनले उक्त निर्णय शीघ्र कार्यान्वयनमा ल्याइने समेत स्पष्ट पारेका छन्। शनिबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले भने, 'हामीले इरानको विषयमा एउटा निर्णय गरिसकेका छौँ, जसलाई म चाडै नै लागू गर्नेछु।' इरानको वर्तमान आर्थिक तथा राजनीतिक अवस्थाबारे टिप्पणी गर्दै उनले अगाडि थपे,' इरान आन्तरिक ...